राजनीति

    Showing 601-610 of 7,630 items.
  • आज आईजी कार्कीसहित तीन जनाको बयान हुँदै

    काठमाडौं— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो । घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।कार्कीलाई पनि शुक्रबार उपस्थित हुन भनेसँगै शुक्र

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 361 पटक पढिएको
  • केपी ओलीको बयान लिनका लागि उपाय खोज्दै जाँचबुझ आयोग

    काठमाडौं— सरकारले गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको जाँचबुझ आयोगको म्याद थप भएको छ ।आयोगले पूर्व प्रधानमन्त्री केपी ओलीलाई के कसरी बयान लिने भन्ने सम्बन्धमा उपायको खोजी गरेको बताइएको छ ।सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमतिअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।गृह मन्त्रालयका अनुसार पूर्व प्रधानमन्त्री ओलीले बयान नै दिन्न भन्ने अडान त्याग्नु पर्ने हुन्छ । आयोगका पदाधिकारीले ओलीको बयान के कसरी लिने र बय

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 336 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।अनुसन्धानका क्रममा भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलिएको आरोप पुष्टि भएको थियो। भट्टराईलाई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी त्यसबेला विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए।विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, घुस र रिसवतको मामिलामा ६ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।आयोगले भट्टराईविरु

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 410 पटक पढिएको
  • प्रकाण्ड भन्छन जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन्

    काठमाडौं—  नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेनजी विद्रोहलाई साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् ।त्यस्तै उनले आन्दोलन जेनजीले गरेकोभएतापनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरुले गरिरहेको आरोप लगाए ।उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरुले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 390 पटक पढिएको
  • सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

    काठमाडौं— सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा पुस्ताका मतदाता बढी थपिएका जानकारी दिए।“निर्वाचन सामग्री व्यवस्थापन र मतदाता नामावली अद्यावधिक कार्य हुँदैछ”, प्रमुख भट्टले भने, “मतदाता दाबी विरोध, त्रुटी सच्याउनेलगायत कार्यका लागि शुक्रबारसम्मको समयावधि दिइएको छ ।”गत असोज १० देखि मङ्सिर ५ गतेसम्म अद्यावधिक लागि खोलिएको समयमा सबैभन्दा बढी कैलालीमा १८ हजार २१३ र सबैभन्दा कम बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका उनले जानकारी दिए। औँठाछाप र फोटोसहित

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 394 पटक पढिएको
  • डडेल्धुराबाट प्रतिनिधिसभा चुनाव लड्न देउवाको नाम एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल रूपमा सिफारिस गरिएको छ।डडेल्धुरा कांग्रेसको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिएका छन्।देउवाले यसअघि पनि पार्टी नेताहरूसँग अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने योजना पुष्टि गरिसकेका थिए। उनी डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा छन्। यसअघि उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा डडेल्धुराबाटै विजयी भएका थिए।सम

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 388 पटक पढिएको
  • काठमाडौं महानगरद्वारा रानीवारीका कवाडी केन्द्रमा डोजर सञ्चालन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा बिहीबार डोजर चलाएको छ।महानगर प्रहरी बलले टाउनप्लानिङ क्षेत्रभित्र अवस्थित दुई वटा कवाडी संकलन केन्द्र हटाएको हो। बस्तीको बीचमा यी केन्द्र रहँदा जोखिम हुने भन्दै महानगरले यस्तो कदम चालिएको जनाएको छ।महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान अघि बढाइरहेको छ। कवाडी व्यवसायीहरूले यस अभियानको विरोध गर्दै आएका छन्। यसअघि पनि महानगरले विभिन्न स्थानमा रहेको कवाडी संकलन केन्द्रमा डोजर चलाउने काम गरिसकेको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 405 पटक पढिएको
  • वर्तमान व्यवस्था र संविधानमा चुनावले समस्या टार्न सक्दैन: अध्यक्ष लिङदेन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए ।उनले भने, ‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन । निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ । जेनजीहरुका मागला

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 391 पटक पढिएको
  • विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन

    काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् ।उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 394 पटक पढिएको
  • आज समानुपातिकतर्फ आवेदन दिएका दलले नाम फिर्ता लिन सक्ने

    काठमाडौं— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् ।प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 366 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा