राजनीति

    Showing ६०१-६१० of १०,४६४ items.
  • मन्त्रिपरिषद् बैठकले ग-र्यो ५ निर्णय

    काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ।बैठकले बीउबिजन (पहिलो संशोधन)  नियमावली–२०८३ स्वीकृत गरेको छ। साथै सशस्त्र प्रहरी बलका खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ।त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने भएको छ। सरकारले महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी पनि दिएको छ।यस्तै, मिटरब्याजसम्बन्धी विगतमा गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २१५ पटक पढिएको
  • मिटरब्याज मुद्दामा मन्त्रिपरिषद्को निर्णायक निर्णय

    काठमाडौं । मिटरब्याज पीडितको आन्दोलन चर्किरहेका बेला सरकारले विगतमा गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई प्रतिवेदन कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।यो निर्णय गृहमन्त्री सुधन गुरुङले बारामा मिटरब्याज पीडितसँग वार्ता गरेको केही घण्टामै आएको हो। जनकपुरबाट काठमाडौंतर्फ न्याय मार्च गरिरहेका पीडितहरूले भने लिखित प्रतिबद्धता र ठोस कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने अडान दोहोर्‍याएका छन्।

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २३९ पटक पढिएको
  • नेपाल वायुसेवा निगममा नयाँ नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

    काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको नेतृत्वमा ठूलो फेरबदल गर्दै महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारी समेत दिएको छ।मंगलबारको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै श्रेष्ठलाई निगमको सञ्चालक समिति अध्यक्ष र महाप्रबन्धक दुवै पदको कार्यभार सम्हाल्ने निर्णय गरेको हो।सरकारको यो निर्णयसँगै अब निगमको व्यवस्थापन र नीतिगत नेतृत्व एकै व्यक्तिको जिम्मामा रहने भएको छ। सरकारले यसबाट संस्थाको निर्णय प्रक्रिया छिटो हुने र सुधारका काम प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरेको छ। 

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १८८ पटक पढिएको
  • गाडि पार्किङ विवादः आफ्नै कार्यकर्ता भए पनि नछाड्ने रवि लामिछानेकोको चेतावनी

    काठमाडौं । मिडियाको गेट अवरुद्ध हुने गरी पार्किङ गरिएका गाडीको घटनालाई ुशंकास्पदु भन्दै रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष छानबिन र दोषीमाथि कारबाही अनिवार्य हुने बताएका छन्।सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दोषी जो भए पनि उन्मुक्ति हुँदैन, आफ्नै पार्टीका कार्यकर्ता संलग्न भए पनि कानुनी कारबाही हुन्छ भन्ने स्पष्ट सन्देश दिएका हुन्।रास्वपाले यसअघि नै घटनालाई गलत भन्दै विज्ञप्ति जारी गरिसकेको स्मरण गराउँदै लामिछानेले पार्टी आफ्नो अडानबाट पछि नहट्ने बताए। उनले रास्वपाले विगतमा आफ्नै सांसदमाथि पनि ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै ूपार्टीभन्दा माथि कानुनू भन्ने नीति दोहोर्‍याए।

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ८९ पटक पढिएको
  • नगर प्रहरीलाई मन्त्री लम्सालको सन्देश– ‘मनोबल नहार्नुहोस्, सरकार तपाईंहरूको साथमा छ’

    काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह घटनापछि काठमाडौं महानगरका नगर प्रहरीमाथि प्रश्न उठिरहेका बेला पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उनीहरूको पक्षमा खुलेर बोलेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गर्दै सरकार उनीहरूको साथमा रहेको बताएका हुन्।मन्त्री लम्सालले नगर प्रहरीकै सक्रियताले विगतमा धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेको र धेरैको ज्यान जोगिएको उल्लेख गरे। उनले नगर प्रहरीको मनोबल कमजोर हुँदा त्यसको असर नागरिकको सुरक्षामै पर्ने भन्दै आफ्नो जिम्मेवारीबाट पछि नहट्न आग्रह गरे। ‘परिवर्तनमा समय लाग्छ, आशावादी भएर काम गर्नुहोस्, सरकार तपाईंहरू

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ११२ पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सकिएसँगै अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगनको घोषणा गरेका हुन्।आजको बैठकमा तीन संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन सदनमा पेस गरिएका छन्। साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले समसामयिक विषयमा सदनलाई सम्बोधन गरेका थिए। संसद्का नियमित विधायी र सरकारी कार्यसूची अघि बढाउँदै बैठक बुधबारका लागि सारिएको हो।

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १८८ पटक पढिएको
  • करार कर्मचारी हटाउने सरकारी तयारीका विरुद्ध अर्थमन्त्रालयको गेटमा धर्ना

    काठमाडौं । करार कर्मचारी हटाएर आउटसोर्सिङ प्रणालीमार्फत नयाँ जनशक्ति भित्र्याउने सरकारी तयारीविरुद्ध देशभरका १८ मन्त्रालयमा कार्यरत करार कर्मचारी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उनीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य गेटमै धर्ना दिँदै प्रस्तावित निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।आन्दोलनरत कर्मचारीले सरकारले आउटसोर्सिङ लागू गरे हजारौं करार कर्मचारीको रोजगारी संकटमा पर्ने दाबी गरेका छन्। वर्षौंदेखि सेवा दिँदै आएका कर्मचारीलाई विस्थापित गर्ने निर्णय अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ।उनीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न, करार कर्मचारीको भविष्य सुरक्षित बनाउन तथा आउटसोर्सिङमा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २४८ पटक पढिएको
  • गोली हान्ने धम्की आएको भन्दै संसदबाटै ऐन महरले मागे सुरक्षाको गुहार

     काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने तथा गोली हान्ने धम्की आइरहेको भन्दै प्रतिनिधिसभामै गम्भीर ध्यानाकर्षण गराएका छन्।मंगलबार संसद बैठकमा बोल्दै महरले आफूले सरकारका कामकारबाहीमाथि रचनात्मक आलोचना गरेकै कारण केही व्यक्तिबाट निरन्तर धम्की आएको दाबी गरे। उनले जनताले दिएको जिम्मेवारीअनुसार संसदमा गुण–दोषका आधारमा सरकारको समर्थन वा विरोध गर्ने अधिकार आफूलाई रहेको उल्लेख गरे।महरका अनुसार फेसबुकमा गरिएको एक पोस्टको टिप्पणीमै आफूलाई ‘गोली हानेर मार्ने’ चेतावनी दिइएको छ। धम्की दिने व्यक्तिले आफ्नो नाम र ठेगाना समेत उल्लेख गरेको उनले संसदलाई

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २०८ पटक पढिएको
  • रातो पासपोर्ट दुरुपयोग प्रकरण : संविधानसभाका तीन पूर्वसदस्यलाई जेल संगै जरिवाना

    काठमाडौं । बहुचर्चित रातो पासपोर्ट दुरुपयोग प्रकरणमा उच्च अदालत पाटनले संविधानसभाका तीन पूर्वसदस्यविरुद्ध जिल्ला अदालतले सुनाएको कैद र जरिबानाको फैसला सदर गरेको छ।उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीत कसुरमा दोषी ठहर गर्दै जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबाना हुने जिल्ला अदालतको फैसला यथावत् राखेको हो।प्रहरी अनुसन्धानअनुसार उनीहरूले संविधानसभा सदस्यका रूपमा प्राप्त विशिष्ट कूटनीतिक ९रातो० पासपोर्ट आर्थिक लाभका लागि बिचौलियालाई उपलब्ध गराएका थिए। त्यसपछि पासपोर्टमा रहेका वास्तव

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १६७ पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नियमित प्रशासनिक एजेन्डासँगै संसद्को जारी बजेट अधिवेशन अन्त्य गर्ने विषय पनि बैठकको मुख्य कार्यसूचीमा पर्ने सम्भावना रहेको छ।सरकार स्रोतका अनुसार बैठकमा मन्त्रालयगत नियमित निर्णय, समसामयिक प्रशासनिक विषय तथा आगामी सरकारी कार्ययोजनाबारे पनि छलफल हुनेछ। साथै, संसद्को बजेट अधिवेशन समापन गर्ने प्रस्तावमाथि समेत मन्त्रिपरिषद्ले निर्णय गर्न सक्ने बताइएको छ।पछिल्लो राजनीतिक गतिविधि र संसद्को विकसित परिस्थितिबीच बस्न लागेको यो मन्त्रिपरिषद् बैठकलाई सरकारका आगामी कदम तय गर्ने महत्वपूर्ण बैठकका

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १८२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.