राजनीति

    Showing 6,601-6,610 of 7,775 items.
  • कोप–२६ : नेपालकातर्फबाट उच्चस्तरीय र प्रभावकारी सहभागिता हुने

    बिर्तामोड / जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) यही कात्तिक १४ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा हुने भएको छ ।     सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ । प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी हुने भएका हुन् । मुलुकको कार्यकारी प्रमुखको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएपछि सम्मेलनको सम्पर्क मन्त्रालयका रुपमा रहेको वन मन्त्रालयले तयारी चु

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 81 पटक पढिएको
  • राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं  / परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा ९एमाले० बीच पनि छलफल गरेर सहमति भए तत्का

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 69 पटक पढिएको
  • एमालेको १० औँ महाधिवेशन : उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा

    चितवन / नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ।आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको बताइन्। यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनको भनाइ छ।उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ। यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 157 पटक पढिएको
  • जिल्ला दौडाहामा ओली : आफ्ना पूर्व सहकर्मीमाथि लान्छना र आरोप

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह जिल्लामा उपस्थिति बढाउँदै लगेका छन् । सर्वोच्च अदालतको आदेशमा  सत्ताच्युत बनेपछि भावी निर्वाचनलाई लक्षित गर्दै ओलीले आफ्नो गृहजिल्लामा उपस्थिति बढाएका हुन् । झापाकै गिरीबन्धु टि स्टेट  जग्गा प्रकरण र सुपारी आयातमा आर्थिक लाभ लिएको आरोप लागेकाले पार्टीलाई कमजोर हुन नदिन ओलीले जिल्लामा गतिविधि बढाएको अड्कल काट्न थालिएको छ । नेकपा विभाजन र आफ्नै जिल्लाका दुई ठुला विषयमा भ्रष्टाचारको आरोप लागेका ओलीले विगतमा जसरी नै आइतबार आयोजित कार्यक्रममा पनि प्रष्टिकरण भने दिएनन् । ओलीका नातामा नाति  समेत  पर्न

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 145 पटक पढिएको
  • १४ जना न्यायाधीश प्रधानन्याधीश राणाले बोलाएको ‘फुलकोर्ट’ मा सहभागी नहुने

    बिर्तामोड / प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले बोलाएको ‘फुलकोर्ट’ को बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरू सहभागी नहुने भएका छन् । १४ न्यायाधीशको बैठकले यथास्थितिमा राणाले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको हो । प्रधानन्यायाधीश राणाले सोमबार फुलकोर्टको बैठक बोलाउने तयारी गरेका छन् ।राजनीतिक भागबन्डाको विषयमा जोडिएका प्रधानन्यायाधीश राणालाई पछिल्लो समय राजीनामा दिन दबाब बढ्दो छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 103 पटक पढिएको
  • बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गर्छौं : देउवा

    बिर्तामोड / सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाले बताएका छन् ।  बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको आज  निरीक्षण गर्न इटहरी आएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने बताएका हुन् । उनले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनिकरणमा रहेको बताए । यसले पारेको क्षति न्यूनीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनको भनाइ छ । उनले बेमौसमी प्रकोपको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेकाले सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 119 पटक पढिएको
  • प्रदेशसभा बैठक स्थगित भएसँगै मुख्यमन्त्री आचार्यको सत्ता एक साता लम्बियो

    बिर्तामोड / प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गते सम्म स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गरेर बैठक स्थगित भएको जनाएका हुन् ।आज बस्ने तय भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्ने कार्यसूची तयार भएको थियो । तर, अन्तिम समयमा कांग्रेस र एमालेले बैठक स्थगित गर्न सभामुसमक्ष लिखित माग गरेपछि बैठक स्थगित भएको हो ।कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने भन्दै आजको बैठक सार्न भनेको थियो भने एमालेले पार्टीको आन्तरिक अधिवेशन जारी रहेको

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 92 पटक पढिएको
  • फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ : मोहनप्रसाद

    बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीले फागुनपछि आफ्नो छोरो पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मोहनप्रसादले पत्रकारसँगको कुराकानीमा छोरालाई आफूले आशीर्वाद दिएको भन्दै फागुनपछि पुनः पाँच वर्ष एकलौटी सरकार चलाउनेगरी छोरो प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । मोहनप्रसादले भने, –‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउने गरी, हेरि राख्नुस् ।’ओलीलाई सत्ताबाट षड्यन्त्र गरेर हटाएपनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपट

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 221 पटक पढिएको
  • प्रधानमन्त्री देउवा प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकनमा

    बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आएका छन् । केही दिनअघि लगातार परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न उनी आज पूर्वी नेपालको अवलोकन भ्रमणमा आएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङसहितको टोली लिएर प्रधानमन्त्री आएका हुन् । स्वास्थ्य राज्य मन्त्री खापुङले आफूहरू हेलिकप्टरमार्फत बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकनमा हिँडेको बताए । प्रधा

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 102 पटक पढिएको
  • सांसद खातुन मुख्यमन्त्री आचार्यलाई भोट हाल्न आउने चर्चापछि प्रहरी अलर्ट

    विराटनगर / फरार सूचीमा रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चा चलेपछि प्रहरी अलर्ट बनेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी खातुन मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन प्रदेश सभाको बैठकमा आउने चर्चा चलेपछि प्रहरी ‘अलर्ट’ बनेको हो।सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिवाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छिन् । उनी मोरङबाट समानुपातिक सांसद हुन्।

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 145 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा