बिर्तामोड / राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उक्त पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर –१ मा ओमनाथ भण्डारी, झापा –२ मा रुद्र प्रसाद गिरी, झापा –३ मा प्रकाश पाठक, झापा –४ मा शम्भु प्रसाद ढकाल र झापा –५ मा सुरेश कुमार पोखरेलले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने सबै उम्मेदवार ५५ वर्ष भन्दा मुनिका रहेका छन् । राष्ट्रिय स्वतन्त्र पाटीबाट कति जना संसद् भवन पुग्न सफल हुन्छन् त्य
काठमाडौं / सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर
झापा / निर्वाचन आयोगले आज (मंगलवार) उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।हिजो (सोमबार) परेका उजुरी र मनोनयन पत्र जाँचबुझ गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगले यसअघि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । यस्तै सोमवार उम्मेदवारविरुद्ध परेका उजुरी लिएको थियो । आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने जिम्मा भने सम्बन्धित निर्वाचन अधिकृतलाई नै दिएको छ ।उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि
झापा / प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ।२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसीमा तोकिएको हो।प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध उजुरी परेको छ। देशैभरीका उम्मेदवारमाथि परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना टाँस गरी सम्बन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ। उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारले ना
झापा / डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ । देउवाविरुद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो । उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु,’ उजुरीमा उल्लेख छ । डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले उजुरीमाथि आवश्यक छानबिन तथा आगामी प्रक्रिया थालिने
झापा / मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आइतबार मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाले उम्मेदवारी दिएका छन् ।दर्ता भएका उम्मेद्वारहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । जसमा महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन् ।कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट प्रतिनिधिसभामा २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव लड्ने मौ
झापा / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा ५ जना मात्रै महिलालाई टिकट दिएको एमालेले यस पटक ११ जनालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । एमालेले कमलरीदेखि संसद्सम्मको संघर्ष गरेकी शान्ता चौधरीलाई दाङ –१ मा प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।त्यस्तै ०७४ मा झिनो मतान्तरले पराजित भएकी भगवती चौधरीले यस पटक पनि सुनसरी –३ मै उम्मेदवारी दिएकी छन् । यस क्षेत्रमा उनले कांग्रेसका विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गर्नेछिन् ।यता पद्माकुमारी अर्यालले स्याङ्जा –२ र विद्या भट्टराईले कास्की –२ मै उम्
झापा / पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ आठ जना महिलालाई उम्मेदवार बनाएको छ ।मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा आठ जना महिलालाई समेटेको हो । तर, प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा भने माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ । बागमती प्रदेशमा माओवादीले पाँच जनालाई उम्मेदवार बनाएको छ । सबैभन्दा धेरै काठमाडौँबाट चार जना र ललितपुरबाट एक जना महिलाले माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।माओवादी नेतृ ओनसरी घर्तीले गठबन्धनको साझा उम्मेदवारका रूपमा काठमाडौँ –२ बाट उम
बिर्तामोड / मङ्सिर ४ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवारी दर्ता गराएका छन्।लिङ्देनले नेकपा एमालेको समर्थनमा आइतबार चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । लिङ्देनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन्। झापाको क्षेत्र नम्बर ३ र ५ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ । झापा ३ मा एमालेले लिङदेनलाई सघाउने छ भने झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई
बिर्तामोड / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् । आइतबार दिउँसो उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।शर्मा संसदीय चुनावमा झापा १ बाट यस अघि दुई पटक उम्मेदवार बनिसकेका छन् । तर, उनले दुबै पटक पराजय भोगेका थिए । उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए ।यो क्षेत्रमा यस अघि एमालेका रविन काेइरालाकाे नाम चर्चामा रहे पनि अन्तिम समयमा एमालेले अग्नि खरेललाई अघि सारेको छ । यस निर्वाचन क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकाको वड
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.