राजनीति

    Showing 6,841-6,850 of 10,441 items.
  • राप्रपाद्वारा संसद बैठक स्थगनको प्रस्ताव

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेश गरेको छ। अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका तर्फबाट प्रस्ताव पेश गरिएको हो ।राष्ट्रपतिले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न शाहीले माग गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 371 पटक पढिएको
  • एमालेले कालापानी संबन्धी प्रधानमन्त्रीको अभिब्यक्तिको जवाफ माग्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री दाहालले दिएको अभिब्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले शनिवार बसेको संसदीय दलको बैठकको निर्णायानुसार सो जवाफ माग्न लागेको जानकारी दिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहित बिपरित बंगलादेशको सिमासम्म पहुँच पुरयाउनका लागि नेपालले कालापानीको भु–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 320 पटक पढिएको
  • बजेटदेखि नागरिक विधेयक प्रमाणीकरणबारे एमालेले संसदमा विरोध गर्ने

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै आलोचना गरेको छ ।आज बसेको पार्टीको बैठकले नागरिकता विधेयक प्रमाणीकरणले संविधानको उल्लंघन भएको टिप्पणी गरेको छ । साथै यसको सशक्त विरोध गर्ने पार्टीले जनाएको छ । शुक्रबार बसेको बैठकले गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आम माफी दिएको भन्दै आपत्ति जनाएको छ ।बजेटले मुलुकको समस्या समाधान नगर्ने र हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८०
    • 268 पटक पढिएको
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिनेछ।आजको बैठकमा वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची पनि रहेको छ । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन समेत गर्ने जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 203 पटक पढिएको
  • इमरान खानको पार्टीका अध्यक्ष परवेज पक्राउ

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष परवेज इलाही पक्राउ परेका छन् ।परवेजलाई उनको घर बाहिरबाट पक्राउ गरिएको हो । पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन् ।इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताएका छन् । उनी आतंकवादसँग सम्बन्धित मुद्दामा फरार सूचीमा रहेका थिए ।

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 246 पटक पढिएको
  • कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का

    काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी कार्यबाहक तोकिएको हो।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकेका हुन्।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 383 पटक पढिएको
  • विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन सरकार प्रतिबद्ध छ; प्रम प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँ दिल्लीमा नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनले आग्रह गरे ।यस्तै प्रधानमन्त्री दाहालले दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताए ।नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै दाहा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 344 पटक पढिएको
  • राज्यमन्त्री मीनाक्षी द्वारा दिल्लीमा प्रधानमन्त्री दाहाललाइ स्वागत

    काठमाण्डौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यहाँ आइपुगेका हुन्।प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिती थियो।प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृति

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 250 पटक पढिएको
  • प्रधानमन्त्रीसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भेटवार्ता

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भेटवार्ता भएको छ ।आजै ४ दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डसँग उनी बसेको होटल मौर्यमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले सामुहिक भेट गरेका हुन् ।भेटमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गगा दाहाल पनि सहभागी थिइन् ।उनी यो भेटवार्ता पछि नेपाली दूतावासले प्रधानमन्त्री प्रचण्डको स्वागतमा आयोजना गरेको रात्री भोजमा सहभागी हुनेछन् ।प्रधानमन्त्रीले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने क

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 226 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड पछिपछी भारतको दिल्ली पुगे रवि लामिछाने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारत पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेका छन् ।लामिछाने पत्नी निकिता पौडेलसँगै भारत भ्रमणमा निस्केका हुन् । उनको भ्रमण के विषयमा केन्द्रीत रहेर भएको भन्ने बारेमा भने केही खुलाइएको छैन । तर उनी भारत गएको रास्वपाका प्रवक्ता डा मुकुल ढकालले पुष्टि गरेका छन् । ढकालले सभापति लामिछाने व्यक्तिगत कामले भारत गएको जानकारी मिलेको बताए।भ्रमणका बारेमा खास नबताइएपनि उनको भ्रम्णलाई अर्थपूर्ण रुपमा लिइएको छ ।स्रोतका अनुसार रविले रास्वपाका नेताह

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.