राजनीति

    Showing 6,961-6,970 of 10,441 items.
  • ८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

    काठमाडौं : राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न ८ दलीय गठबन्धनमा सामेल राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति छ।

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 196 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदलाई प्रचण्डकाे निर्देशन

    झापा । सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन  दिएका छन्।सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि भनेका छन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • 307 पटक पढिएको
  • दुर्गा प्रसाईले बानेस्वरमा देखाए प्रचण्ड र ओलीकै अगाडी हजारौ भिड

    काठमाडौं ।  राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले  पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने बताए। राजालाइ पनि आन्दोलनमा आउनकोलागि अपिल गर्दै   आन्दोलनलाई साथ दिनुपर्‍यो, भिडनुपर्‍यो भनेका छन। उनले भने राजा देखाएर रोटी साट्ने मान्छे होइन  राजा देखाएर सांसद बन्दिन ।पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन पोखरा,भैरहवा लगायत देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो।हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • 378 पटक पढिएको
  • स्ववियु निर्वाचन नजिकिँदै, गठबन्धन बनाउन भ्याइनभ्याइ

    झापा-  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिती नजिकिएसँगै विभिन्न विद्यार्थी सङ्गठनका नेता आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । त्रिभुवन विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसमा आफ्नो अस्तित्व जोगाउन विद्यार्थी सङ्गठनहरू आफू अनुकूलका गठबन्धन बनाउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित ६२ आङ्गिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ गते र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव हुने कार्यतालिका सार्वजनिक भएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 176 पटक पढिएको
  • पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

    झापा - पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे । बज्राचार्य २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका छन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 270 पटक पढिएको
  • राप्रपाद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

    झापा-  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बिहीबार कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताए।शाहीले प्रदेश प्रमुख तिलक परियारसामु नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको बताए। केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 146 पटक पढिएको
  • एमाले र विप्लवका विद्यार्थीबीच स्ववियु चुनावमा सहकार्यबारे छलफल

    झापा- नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते स्ववियु चुनाव हुँदैछ । बिहीबार काठमाडौँमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू बसेर चुनावमा सहकार्य गर्ने विषयमा छलफल गरेका हुन् । स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए । यस्तै अनेरास्ववियु समिक बडाल र महासचिव नरेश रोकाया लगायत विद्यार्थी नेताहरू छलफलमा सहभागी भएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 170 पटक पढिएको
  • १ नम्बर प्रदेशको नाम कोशी

    झापा । प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेश १ को नाम कोशी राखेको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ र विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित भएका थिए ।नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 670 पटक पढिएको
  • २०७९ फागुन १८ गते बिहिबार , तपाईको राशिफल

    मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज चन्द्रमा गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहने भएकाले समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । अध्ययन तथा अध्यापनको क्षेत्र आज राम्रो रहन सक्छ। शेयर बजारबाट आज लाभ प्राप्त गर्न सकिन्छ। बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज चन्द्रम

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 259 पटक पढिएको
  • प्रदेश १ को नाम कोशी राख्नबाट पछि हट्यो नेपाली कांग्रेस

    झापा । प्रदेश १ को नाम कोशी राख्नेमा सहमत रहेको नेपाली कांग्रेस केही घन्टामै आफ्नो निर्णयबाट पछि हटेको छ । बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो ।तर, प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । उनले किन प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएका छैनन् ।उता प्रदेश सभामा प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव पनि दर्ता भएको छ ।नेकपा (एकीकृत समाजवादी)

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.