राजनीति

    Showing 6,981-6,990 of 9,647 items.
  • राष्ट्रियसभाका विभिन्न विषयगत समितिमा सदस्य मनोनयन

    बिर्तामोड / राष्ट्रियसभाको बिहीबार बसेको बैठकले राष्ट्रियसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गरेको छ ।बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई मनोनयनका लागि प्रस्ताव प्रस्तुत गरेपछि सदस्यहरूको नाम मनोनयन गरिएको हो । मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा सांसदहरू कमलादेवी पन्त, कृष्णप्रसाद पौडेल, नारायणप्रसाद दाहाल, तुलप्रसाद विश्वकर्मा र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।विधायन व्यवस्थापन समितिमा सांसदहरू नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर र उदयबहादुर बोहरा रहेका छन् ।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 100 पटक पढिएको
  • ‘एमाले फुटाउन सभामुखले पदीय जिम्मेवारी बिर्सनुभयो’

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा बिर्सेको आरोप लगाएका छन् ।बिहीबार बसेको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै ओलीले सभामुख माथि यस्तो आरोप लगाएका हुन् ।उनले भनेका छन्, – ‘साउन २५ गते हामीले निष्कासन गरेको सांसदहरूको भदौ १ गते सम्माननीय सभामुख कहाँ हामीले प्रस्तुत गरिएको कुरालाई १० दिन पर्खिएर ‘अरुको चाहिँ ढोकाबाटै लिएर सूचना जारी गर्नुपर्ने । एमाले फुटाउन पदीय मर्यादा सबै बिर्सिएर एमाले फुटाउन जे पनि गर्न हुने ? कुनै मर्यादा राख्न नपर्ने ?’

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 99 पटक पढिएको
  • झापाका चार पालिकाका प्रमुखले लिए सपथ

    बिर्तामोड / स्थानीय तह निर्वाचनमा निर्वाचित झापाका चार पालिकाका प्रमुखले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले कमल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र मेचीनगर, गौरादहका प्रमुखलाई आज सपथग्रहण गराएका हुन् । सपथ ग्रहण गर्नेमा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, कमलका अध्यक्ष हुकुमसिंह राई, गौरादहका प्रमुख छत्रपति सुवेदी र मेचीनगरका प्रमुख गोपाल बुढाथोकी रहेका छन् । १५ वटा स्थानीय तह रहेको झापामा ११ पालिकाका प्रमुखले यसअघि नै सपथ लिइ सकेका छन् । यी चार पालिकामा भने ढिलो मत गणना सकिएकाले आज सपथ लिएका हुन् । सपथ ग्रहण गरिसकेपछि उनीहरूले आफ्नो पालिकाका

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 109 पटक पढिएको
  • अनेरास्ववियु झापाका विद्यार्थीले सडक मै रोके मन्त्रीको गाडी

    झापा / प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी अनेरास्ववियु झापाका विद्यार्थीले सडकमै रोकेर मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियु झापाका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राख्दै नेपाल आयल निगम, चारआली डिपो घेराउ गर्ने क्रममा मन्त्री सवार गाडी रोकेर विरोध प्रदर्शन गरेका हुन् । बिहीबार बिहान चारआली डिपोसम्म र्‍याली सहित विरोध प्रदर्शन गर्दै गएका विद्यार्थीले मन्त्री सवार प्रदेश १–०४–००१ झ ००३२ नम्बरको सेतो रङ्गको गाडी २० मिनेटसम्म रोकेका थिए । विद्यार्थीले गाडी रोकेपछि प्रह

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 133 पटक पढिएको
  • आज सकिँदै काठमाडौँ महानगरको मतगणना

    काठमाडौँ / गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । ३२ वडा रहेको कामपामा हालसम्म ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र वडा नम्बर १४ र १५ मा पनि गणना अन्तिम चरणमा पुगेकाले आजै साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजयी हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।त्यसैगरी हालसम्मको मतपरिणा अनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहे

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 100 पटक पढिएको
  • सरकारको नीति तथा कार्यक्रम तेलमा तारेर चास्नीमा नडुबाएको जेरीजस्तो : अध्यक्ष ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो रहेको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ ओलीले भने, प्रस्थान विन्दु के हो ? आदि के हो, मध्य के हो ? थाहा छैन ।’

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 95 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

    काठमाडौँ / प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा आज बिहीबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । विहीबार बिहान ११ बजे बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रममाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु हुने कार्यसूची संघीय संसद् सचिवालयले जनाएको छ ।जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने भएका छन् ।  

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 90 पटक पढिएको
  • सम्पत्ति विवरण बुझाउन एसका अध्यक्ष नेपालको निर्देशन

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्तिको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीको तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वास प्रति सधैँ इमानदार रहन समेत बताएका छन् ।पहिलो पटक निर्वाचनमा सहभागी भएको एकीकृत समाजवादीबाट देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 140 पटक पढिएको
  • स्थानीय तह निर्वाचन –२०७९ : सात सय ४५ पालिकाको मतगणना सम्पन्न

    काठमाडौं / देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ ।मतगणना सम्पन्न भएका पालिकाहरु मध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् ।कांग्रेस पछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् ।निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार कांग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।हाल मतगणना भइरहेका स

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 99 पटक पढिएको
  • माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । माओवादीले नवनिर्वाचित जनप्रतिनिधि सबैलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिने भएको हो ।आज (बुधबार) बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते नवनिर्वाचित जनप्रतिनिधिलाई पार्टीको तर्फबाट काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले उनीहरूलाई प्रशिक्षण दिने पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ७५३ पालिका मध्ये १२१ पालिकामा विजयी हासिल गरे

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • 96 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.