राजनीति

    Showing 7,021-7,030 of 7,777 items.
  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।बैठकमा प्रधानमन्त्रीको सचिवालयमा केही नियुक्ति गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिएका छन् । बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।  

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 75 पटक पढिएको
  • एमालेले चार सांसदमाथि गरेको कारवाहीलाई सर्वोच्चले दियो मान्यता

    बिर्तामोड / एमालेको केन्द्रिय कमिटीले कर्णालीका चार सांसदहरूमाथि गरेको कारवाहीलाई सर्वोच्च अदालतले मान्यता दिएको छ । केपी शर्मा ओलीको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुङ्गानाकाे इजलासले एमालेले सांसद माथि गरेको कारवाहीलाई मान्यता दिएको हो । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई  ह्वीप उल्लंघन गरेको भन्दै एमालेको केन्द्रिय कमिटीले कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरि

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 177 पटक पढिएको
  • लुम्बिनीमा विपक्षी गठबन्धनको स्पष्ट बहुमत

    पोखरा  / लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले ४१ सांसदको हस्ताक्षर पुनः प्रदेश प्रमुखसमक्ष बुझाएका छन्। मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै सांसदहरुले हस्ताक्षर बुझाएका हुन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जना सांसदको हस्ताक्षर बुझाएको नेपाली कांग्रेसका नेता प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए । चौधरीले भने – ‘ हामीले ६८ (२) को प्रक्रिया थालनी तत्काल गर्न माग गरेका छौं।’ मुख्यमन्त्री पोखरेल अल्पमतमा रहे पनि उनले एकल बह

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 96 पटक पढिएको
  • चार महिनापछि पाइन् राज्यमन्त्री घलेले जिम्मेवारी

    बिर्तामोड / राज्यमन्त्रीमा नियुक्त भएको चार महिना पछि कला घलेले कार्य जिम्मेवारी पाएकी छिन् । आइतबार मन्त्रालयमा गरिएको औपचारिक कार्यक्रममा मन्त्री घलेले कार्य जिम्मेवारी पाएकी हुन् । लामो समय जिम्मेवारी विहीन बनाइएकी घलेले राज्यमन्त्री भएको चार महिना पछि सहकारी सम्बन्धी सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्न सक्ने गरी जिम्मेबारी पाएकी हुन् ।  राज्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रीले अधिकार प्रत्यायोजन नगर्दा राज्यमन्त्री कामविहीन झैं थिइन् । नीतिगत तहमा सहयोगी भूमिका बाहेक घलेले हेर्ने गरी मन्त्रालयले कुनै ठोस जिम्मेवारी दिएको थिएन । भूमिव्यवस्था, कृषि तथा सहकारी मन

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 193 पटक पढिएको
  • ओलीको भ्याकेट निवेदन माथि सर्वोच्चमा आज सुनुवाइ हुँदै

    काठमाडौँ  / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका चार सांसदमाथि हालेको भ्याकेट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज हुने भएको छ । एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पार्टीका चार सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि अध्यक्ष ओलीले सर्वोच्चमा भ्याकेट निवेदन दिएका थिए ।सर्वोच्चको अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवम् पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने बताएको थियो ।असार ८ गते न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले म्याद जारी गरेको थियो। त्यसपछि

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 106 पटक पढिएको
  • सहमति पछि बिर्तामोड नगरपालिकाको ताला खोलियो

    बिर्तामोड / खोप दुरुपयोगमा संलग्न बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकामा लगाएको ताला सहमतिमा आज खोलिएको छ ।बिर्तामोडको होटल टाइमलेसमा आफू निकटलाई बोलाएर खोप लगाउने तयारी गर्दै गरेका विवादास्पद पृष्ठभूमिका खड्कालाई नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले रंगेहात समातेपछि उनीमाथि कारवाहीको माग गर्दै विद्यार्थी सङ्गठनले नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए ।तालाबन्दी खुलाउनका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेलामा ७ बुँदे सहमति भएपछि नगरपालिकाको तालाबन्दी सहमतिमा खोलिएको हो ।खोप दुरुपयोगको विषयमा छानविन गर्न ख

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 1,137 पटक पढिएको
  • सांसदहरूले तलब भत्ता अब सरकारी बैंकबाट पाउने

    काठमाडौँ / प्रतिनिधिसभा सांसदहरुले तलब भत्ता अव सरकारी बैंकबाट पाउने भएका छन् । संसद् सचिवालयको पहलमा सांसदहरूको तलब भत्ता सरकारी स्वामित्वको राष्ट्र वाणिज्य बैङ्कबाट पाउने भएका हुन् । यस अधि सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंक मार्फत उपलब्ध गराउँदै आएको थियो । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रण कार्यालयमार्फत सिंहदरबारस्थित सबै सरकारी कार्यालयका खाता १ साउनदेखि राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्न स्वीकृत दिएसँगै सांसदको तलब भ

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 88 पटक पढिएको
  • दार्चुला घटना : दोषीलाई कारबाही नभए सडक संघर्ष गर्ने २२ दलको चेतावनी

    बिर्तामोड / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने सरकारलाई चेतावनी दिएको छ ।आइतबार गठबन्धनका तर्फबाट सीपी गजुरेलले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारले दोषीलाई कारवाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने  चेतावनी दिएको  हो ।विज्ञप्ति जारी गर्नेमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी र नेकपा (माओवादी मोर्चा) रह

    • प्रकाशित मितिः साउन १७, २०७८
    • 77 पटक पढिएको
  • कलाकार ‘राता मकै’को ४० बिघा जग्गा कब्जा

     चितवन//मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कलाकार किरण केसी ‘राता मकै’को  ४० बिघा जग्गा कब्जा गरेको घोषणा गरेको छ।  चितवनको माडी नगरपालिका–२ पौबारीमा रहेको ‘राता मकै’ को जग्गामा शनिबार दिउँसो १ बजे झण्डा गाडेर माओवादीले कब्जा गरेको हो। ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले  गैरकानुनी रुपमा जमिन खण्डीकरण गरेको भन्दै सो जग्गा कब्जा गरेको बताइएको छ। जग्गा  खण्डीकरणमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको सो पार्टीले आरोप लगाएको छ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 149 पटक पढिएको
  • महाकाली नदीको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा प्रदर्शन

     काकरभिट्टा //भारतीय सिमा सुरक्षा बल एसएसबीले महाकाली नदीमा रहेको तुइन काट्दा बेपत्ता भएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन भएको छ।  तुइनमा सवार रहेकै बेला एसएसबीले तुइन काट्दा धामी बेपत्ता भएको  भन्दै नेपाल कम्युनिष्ट पार्टी ( विप्लब ) झापाले एसएसबीको ज्यादती विरुद्धमा प्रदर्शन गरेको हो ।प्रदर्शनमा भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद र  राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।स्थानिय बसपार्कबाट शुरू गरिएको प्रदर्शन भट्टराईचोक हुँदै बजार परिक्रमा पछि  हन

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 79 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा