राजनीति

    Showing 9,111-9,120 of 9,673 items.
  • आइन्दा यस्तो गल्ती गर्दिनँ : मन्त्री श्रेष्ठ

    काठमाडौं / जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटाइ विवादित बनेका  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग समक्ष माफी मागेका छन् । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका मन्त्री श्रेष्ठले आयोग पदाधिकारीहरूसँगको छलफलमा गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।जातीय विभेदको आरोपमा पक्राउ परेकी घरधनीलाई छुटाई आफ्नै गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी

    • प्रकाशित मितिः असार १६, २०७८
    • 141 पटक पढिएको
  • एमालेको कमिटी बैठक बालुवाटारमा शुरु

    काठमाडौं  / नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा केही प्रस्ताव पेश र अनुमोदन बाहेक अन्य छलफल नहुने एमाले नेताहरूको भनाइ छ ।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरू भने गएका छैनन् ।माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

    • प्रकाशित मितिः असार १६, २०७८
    • 94 पटक पढिएको
  • रुपा सुनार प्रकरण: प्रधानमन्त्रीको उपस्थितीमा मन्त्री परिषदमा छलफल

    काठमाडौं / कोठा भाडाको विषयलाई लिएर सुरु भएको जातीय विभेदको विषयले मन्त्रीपरिषदमा समेत प्रवेश पाएको छ । जातीय विभेदका आरोपी छुटाउन संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै पुगेपछि उनीमाथि कारवाहीको माग भईरहेका वेला सो विषयले मन्त्री परिषदमा प्रवेश पाएको हो ।आफ्नै दल सम्वद्ध दलित समुदायका नेताले विरोध थालेर सरकार विरोधी आन्दोलन चर्काउन सहयोग पुगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री श्रेष्ठलाई सो विषयमा सचेत गराएका छन् ।वैठकमा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई संवेदनशिल विषयमा भावना र आवेगमा आएर कुनै पनि काम नगर्न भन्दै श्रेष्ठलाई सचेत गराएका हुन् । वैठकमा

    • प्रकाशित मितिः असार १५, २०७८
    • 149 पटक पढिएको
  • समस्यामा परेकालाई खाद्यान्न वितरण गर्दै माओवादी

    बिर्तामोड / नेकपा माओवादी केन्द्र भद्रपुरको कोभिड तथा विपद व्यवस्थापन समितिले आर्थिक समस्यामा परेका र संक्रमण भएकाको परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।समितिले निषेधाज्ञाका कारण समस्यामा परेका ५ सय १० परिवार र कोरोना संक्रमित १ सय ३० परिवारलाई खाद्यान्न र पौष्टिक खानेकुरा वितरण गरेको हो । गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो दाल , १ प्याकेट नुन र आधा लिटर तेल र संक्रमितलाई घरमा नै पुगेर पौष्टिक खानेकुरा सहयोग गरेको माओवादी नेता हिक्मत घिमिरेले जानकारी गराएका छन्। कोरोना संक्रमण भएका र समस्यामा परेकालाई सहयोग गर्न माओवादीले बनाएको समितिमा घिमिरे , एनपी सुब्बा, खगेन्द्र प

    • प्रकाशित मितिः असार १५, २०७८
    • 227 पटक पढिएको
  • मन्त्री गुरुङलाई माग्न भन्दै प्रदेशसभा अवरुद्ध

    विराटनगर / प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादीले आज पनि सदन अवरुद्ध गरेको हो ।मन्त्रीले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने र माफि माग्नु पर्ने माग राख्दै माओवादीले सदन अवरुद्ध गर्दै आएको छ । मंगलबार बैठक सुरु भए लगत्तै सांंसदले विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले स्थगित गरेका छन् ।मन्त्री कै अमर्यादित र अशोभनीय अभिव

    • प्रकाशित मितिः असार १५, २०७८
    • 120 पटक पढिएको
  • प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई : महान्यायाधीवक्ता बडाल

    काठमाडौँ / महान्यायाधीवक्ता रमेश बडालले अहिलेको संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई नै भएको दावि गरेका छन् ।  संसद् विघटन सम्बन्धी मुद्दाको सुवाई गर्ने क्रममा सोमबारदेखि सर्वौच्च अदालतमा सुरु भएको बहसको क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको बचाउ समेत गरेका छन् । बहसमा महान्यायाधीवक्ता बडालले संविधानको आधारभूत संरचना नै बहुलवाद र बहुदलीय व्यवस्था रहेकाले निर्दलीय व्यवस्थाको कल्पना गर्नै नसकिने बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित १४६ सांसदको तर्फबाट दायर रिटमा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताले संविधानको धारा ७६ (५) अ

    • प्रकाशित मितिः असार १४, २०७८
    • 978 पटक पढिएको
  • तराई हिंसा : ९२ वर्षीय गोइत पक्राउ गर्न अदालतको आदेश

    लहान / जिल्ला अदालत सिराहाले स्वतन्त्र तराईको माग सहित हिंसात्मक आन्दोलनमा सकृय तराई जनतान्त्रिक मुक्ति मोर्चा (अक्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ ।अदालतले ९२ वर्षीय गोइत सहित सोही सङ्गठनका अर्का नेता रामविलास यादवलाई पक्राउ गर्न आदेश दिएको हो । विकास कुमार सारडाको जाहेरीका आधारमा प्रहरीले चलाएको मुद्दामा अदालतले त्यस्तो आदेश दिएको हो । अदालतले ३५ दिनभित्र अदालतमा आफैं उपस्थित हुन र उनीहरु दुवैलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।गोइत र यादवलाई नेपाल प्रहरीले मष्ट वान्टेडको सुचीमा राखेर लामो समय देखि  खोजी गरिरहेको छ । भारतमा

    • प्रकाशित मितिः असार १४, २०७८
    • 366 पटक पढिएको
  • बजेटका लागि भनसुन गर्न सांसदलाई मन्त्रीको सुझाव

    विराटनगर / प्रदेश एकका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बजेटका लागि भनसुन गर्न र भेटघाट गर्न सुझाव दिएका छन् ।प्रदेश सभामा बोल्दै उनले बजेट नपाएको भनेर भन्ने सांसद प्रति लक्षित गर्दै त्यस्तो धारणा राखेका हुन् । उनले बजेट नपाएको भनेर भन्ने सांसदले आफ्नो मन्त्रालयका सचिव , आफू र मुख्यमन्त्रीसँग समन्वय नगरेको समेत जिकिर गरेका छन् ।आफूले आफ्नो क्षेत्रमा भनसुन , भेटघाट र प्रभावित पारेर बजेट र योजना पारेको जिकिर गर्दै त्यसै गर्न सांसदहरूलाई सांकेतिक रुपमा सुझाव समेत दिएका छन् ।प्रदेशसभामा बोल्ने क्रममा उनले आफ्नै गृहजिल्लाका अर्का सांसद मोहन कुमार खड्कालाई व्यक्तिगत रुपमा लान्छना लगा

    • प्रकाशित मितिः असार १३, २०७८
    • 165 पटक पढिएको
  • एमाले बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव

    काठमाडौं / नेकपा एमालेको ओली समुहको आइतबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेश भएको छ ।बैठकमा सहभागि बहुसंख्यक नेताले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउन सुझाव दिएका छन् । नेता गुरुङले केही समय यता नेपाललाई प्रधानमन्त्री र अध्यक्ष मध्ये एक दिएर पार्टी एकता जोगाउनु पर्ने बताउँदै आएका छन् ।बैठकमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  माधव नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टीलाई विभाजनबाट जोगाउन सुझाव दिएका थिए । उनले भने – ‘एकताकै लागि तपाईंले प्रचण्डलाई अध्यक्ष बनाएको होइन, वामदेव

    • प्रकाशित मितिः असार १३, २०७८
    • 1,060 पटक पढिएको
  • गण्डकीमा अस्थायी कार्यविभाजन : चार मन्त्रालयको लाग्यो टुंगो

    काठमाडौं  / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अस्थायी रुपमा मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री पोखरेलले चार मन्त्री नियुक्त गरेका थिए । पोखरेलले मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय भने तोकेका थिएनन् । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी, मधुमायाँ अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकी मधुमाया अधिकारी गुरुङले भने आइतबार पदभार ग्रहण गरेकी छिन् ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.