राजनीति

    Showing ९११-९२० of १०,४६४ items.
  • २५ हजारले घर बन्दैन, बस्ने ठाउँ चाहिन्छ, विकल्प नदिए फेरि छाप्रोमै फर्किन्छौं : सुकुम्बासी

    काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी तथा भूमिहीन परिवार यतिबेला गम्भीर अन्योलमा परेका छन्। सरकारले पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले सुरक्षित बसोबासको सुनिश्चितता माग गरेका छन्।प्रति परिवार २५ हजार रुपैयाँ दिएर बाहिरिन भनिए पनि सुकुम्बासीहरूले  ‘त्यो पैसाले घर कहाँ बन्छ ?’ भन्दै प्रश्न गरेका छन् ।  राधास्वामी सत्संग परिवारले सरकारलाई अपिल गर्दै स्थायी व्यवस्थापन नभएसम्म वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेको छ। उनीहरूले विकल्प नदिई हटाइए फेरि पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।वर्षौंको संघर्षपछि

    • प्रकाशित मितिः असार ११, २०८३
    • १६७ पटक पढिएको
  • संघीयतामाथि रास्वपाको ‘प्रयोग’ महँगो पर्न सक्छ : बाबुराम भट्टराई

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज र संघीय संरचनामा व्यापक फेरबदलको प्रस्ताव अघि सारेपछि त्यसविरुद्ध राजनीतिक बहस चर्किएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो कदमले मुलुकलाई पुनः अस्थिरता र विश्वासको संकटतर्फ धकेल्न सक्ने भन्दै संघीयतामाथि रास्वपाको ‘प्रयोग’ रास्वपालाई नै महँगो पर्न सक्ने चेतावनी दिएका चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेश सभा हटाउने र स्थानीय तहको संख्या एकतिहाइसम्म घटाउने प्रस्ताव अघि सारेपछि विभिन्न दल र नेताहरूले असहमति जनाउन थालेका छन्। यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जा

    • प्रकाशित मितिः असार ११, २०८३
    • २०० पटक पढिएको
  • रास्वपा महाधिवेशनमा भद्रगोल, नेतृत्वमाथि प्रश्नै प्रश्न

    काठमाडौं। पुराना दलको विकल्प भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमै व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ । उम्मेदवारको नामावलीदेखि इलेक्ट्रोनिक मतदान प्रणालीसम्म विवादित बनेपछि प्रतिनिधि र उम्मेदवारहरूले खुलेर असन्तुष्टि पोख्न थालेका छन् । यति मात्र होइन, आफ्नै सांसदहरूले नेतृत्वको आलोचना गर्दै पार्टीको छवि अन्तर्राष्ट्रिय स्तरमै धुमिल भएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अहिले नेतृत्व चयनको प्रक्रियामा छ । तर चुनावी प्रतिस्पर्धाभन्दा बढी चर्चा मतदान व्यवस्थामाथि उठेका प्रश्नहरूको भइरहेको छ ।इलेक्ट्रोनिक मतदान प्रणाली प्रयोग

    • प्रकाशित मितिः असार ११, २०८३
    • २०२ पटक पढिएको
  • रास्वपालाई केही भयो भने देशलाई असर पर्छ: सुलभ खरेल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुलभ खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरे । उनले सबैले आफूलाई मतदान गर्ने बताएको उल्लेख गर्दै पार्टीभित्रको वातावरण राम्रो रहेको बताए । ‘सबैले भोट दिन्छु भनेका छन् । पार्टीभित्र माहोल राम्रै देखिरहेको छु ।’ खरेलले संसदीय व्यवस्थामा सरकार र राजनीतिक दलबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । उनले सरकार सञ्चालनको दिशा दलले तय गर्ने एजेन्डामा निर्भर रहने भन्दै रास्वपा अहिले एक विशाल राजनीति

    • प्रकाशित मितिः असार १०, २०८३
    • २०८ पटक पढिएको
  • रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएका हुन् । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम।टेक गरेका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नेछन् ।

    • प्रकाशित मितिः असार १०, २०८३
    • २१३ पटक पढिएको
  • विष्णु पौडेलको थुनाविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

    काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको भनिएको बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।गत सोमबार सुर्खेतमा एक स

    • प्रकाशित मितिः असार १०, २०८३
    • ५१३ पटक पढिएको
  • सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

    काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका थिए । सोही विषयलाई लिएर नेता शाहीले लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् । शाहीले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्

    • प्रकाशित मितिः असार १०, २०८३
    • २०१ पटक पढिएको
  • सूचना टाँसेर संसद् बन्द ! प्रतिनिधिसभा बैठक शुक्रबारसम्म सर्‍यो

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको भोलि ९बिहीबार० बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो।बैठक स्थगित भएसँगै पछिल्ला दिनहरूमा संसद्को नियमित कार्यसूची प्रभावित भइरहेका बेला राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। सरकार र प्रमुख दलहरूबीच विभिन्न विषयमा जारी परामर्श, सदनको कार्यसूची तथा राजनीतिक सहमतिका प्रयासहरूबीच बैठक सारिएको हुनसक्ने अनुमानसमेत गरिएको छ, यद्यपि सचिवालयले स्थगनको स्पष्ट कारण खुलाएको छैन।संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार अब प

    • प्रकाशित मितिः असार १०, २०८३
    • ११९ पटक पढिएको
  • कांग्रेसको ‘युथ मिशन’ ३५ वर्षमुनिकालाई पार्टीमा भित्र्याउने महाअभियान

    काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर संगठन विस्तारको अभियान सुरु गरेको छ। पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै नयाँ क्रियाशील सदस्यता वितरणलाई तीव्र बनाएको हो।यसपटक कांग्रेसको मुख्य ध्यान ३५ वर्षमुनिका युवामा केन्द्रित छ। युवा पुस्तालाई पार्टीभित्र आकर्षित गर्दै आगामी नेतृत्व निर्माणको आधार तयार गर्ने रणनीतिअनुसार प्रतिनिधिहरूलाई जिल्लामा पठाइएको छ।असार ७ देखि २० गतेसम्म चल्ने अभियानमा प्रतिनिधिहरूले सदस्यता वितरण, समन्वय र संगठन सुदृढीकरणको जिम्मेवारी सम्हाल्नेछन्। कांग्रेसभित्र यसलाई केवल सदस्यता अभियान नभई आगामी महाधिवेशन र नेतृत्व प्रतिस्पर्धाको

    • प्रकाशित मितिः असार १०, २०८३
    • ११८ पटक पढिएको
  • रास्वपा महाधिवेशनमा भोट हाल्न ११ घण्टा, नतिजा डेढ घण्टामै

    काठमाडौं। चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया अपेक्षाभन्दा धेरै लम्बिने भएको छ। उम्मेदवारहरूको अन्तिम नामावली ढिलो आउँदा मतदान सुरु हुन नसकेको अवस्थामा अब भोटिङ सक्न मात्रै करिब ११ घण्टा लाग्ने अनुमान गरिएको छ।करिब ४ सय उम्मेदवारमध्ये ९९ केन्द्रीय सदस्य छान्न प्रत्येक प्रतिनिधिले ९९ जनालाई मत दिनुपर्ने भएकाले एक व्यक्तिलाई मतदान गर्न १५–१८ मिनेट लाग्ने बताइएको छ। ८० वटा ई–भोटिङ मेसिन तयारी अवस्थामा भए पनि उम्मेदवारको फोटोसहितको अन्तिम सूची प्राप्त भएपछि मात्र प्रणालीमा अपलोड गर्न सकिनेछ।रोचक कुरा के छ भने हजारौं प्रतिनिधिले मतदान गर्न ११ घण्टा लाग्ने अनुमान गरिए पनि मतग

    • प्रकाशित मितिः असार १०, २०८३
    • १०४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.