राजनीति

    Showing 9,191-9,200 of 10,447 items.
  • मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

    काठमाडौँ  / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आज (बुधवार)सम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताएका छन् ।मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उनले भने । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाक

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 92 पटक पढिएको
  • क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चाँडै हुन्छ : गृहमन्त्री खाण

    इलाम /  प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गरेका छन् । पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम पुगेका उनले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र क्षतिग्रस्त संरचना पुनर्निर्माणको के कस्तो काम गर्नुपर्छ, त्यसको अवलोकन गर्न आएको बताएका छन् । कात्तिकको पहिलो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्र धनकुटा, पाँचथर र इलामका विभिन्न स्थानको निरीक्षण गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेछि सम्बन्धित क्षेत्रका विभागलाई पुनर्निर्माणक

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 116 पटक पढिएको
  • पूर्व राज्यमन्त्री सञ्जय साहलाई ११ वर्ष कैद सजाय

    जनकपुर / बमकाण्डमा संलग्न रहेका पूर्व-राज्यमन्त्री सञ्जय साहलाई उच्च अदालत जनकपुरले ११ वर्षको कैद सजाय सुनाएको छ। बिक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो।यसअघि जिल्ला अदालत धनुषाले साहलाई मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय २०७५ सालमा सुनाएको थियो। यद्यपि उच्च अदालतले जनकपुरले उनलाई ११ वर्षको कैद सजाय सुनाएको हो।उनी धनुषा क्षेत्र ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 113 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री राई र मन्त्रीहरुले लिए शपथ

    विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आजै नियुक्त भएका उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 154 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री राईलाई मन्त्री छान्न सकस

    विराटनगर / प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज (मंलबार) उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।प्रदेश १ एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राईले प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।नवनियुक्त मुख्यमन्त्री

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 160 पटक पढिएको
  • ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग सेटीङ गर्दा सर्वोच्च ध्वस्त भयो’

    हेटौंडा / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले प्रधानन्यायाधीशसँग सेटिङ गर्दा सर्वोच्च अदालत ध्वस्त भइरहेको बताएका छन् । मंगलबार कांग्रेस मकवानपुरले आयोजना गरेको दीपावली तथा छठको शुभकामना आदानप्रदानमा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । देशको अन्य संवैधानिक निकायहरू ध्वस्त भएपनि अहिले जनतालाई न्याय दिन सर्वोच्च अदालत नै ध्वस्त भएको पौडेलले बताएका छन् । पौडेलले भने, –‘संविधानको आत्मामाथि प्रहार गरेको त साक्षी बसिदे भनेर प्रधान्यायाधीशसँग प्रधानमन्त्रीले सेटिङ गरेका हुन् ।  सेटीङको समस्याले आज सर्वोच्च अदालतको यो अवस्था आयो ।’ नैतिकताको अ

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 115 पटक पढिएको
  • प्रदेश १ मा आज ५ सदस्यीय मन्त्रिमण्डल गठन हुँदै ,सपथ आजै

    विराटनगर  / प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएको छ । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १र१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको राईले बताए ।स्रोतका अनुसार मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु र सरिता थापामध्येबाट मन्त्रीका रुपमा अघि सारिएको छ । त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाँई

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 128 पटक पढिएको
  • कर्णालीमा कांग्रेस नेता शाही मुख्यमन्त्री बन्ने पक्का

    कर्णाली / कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दा

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 110 पटक पढिएको
  • सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने  नेपालको लक्ष्य रहेको बताएका छन्।कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् ।  उनले देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने पनि बताएका छन् ।नेपाल पेरिस सम्झौता कार्यान्वयनप्रति पूर्णतः प्रतिबद्ध रहेको देउवाले बताए । उनले विकसित मुलुकहरूले अनुकूलन र उत्थानशील कार्यक्रमका लागि चाहिने सहयोग सहज तरिकाले उपलब्ध गराउनुपर्ने पनि बताएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 118 पटक पढिएको
  • सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा छः गृहमन्त्री खाँण

    काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताएका छन् । विश्व ॐकार महासङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उनले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।“हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ”, गृहमन्त्री खाँणले भने । सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उनले वर्गीय र जातीय रूपमा विभेद् भए सामाजिक सदभाव खल्बलिने बताए।महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेललगायतले आज गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका थिए

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.