राजनीति

    Showing 971-980 of 10,427 items.
  • रास्वपामा चुनावी महाभिडन्त : ९९ सिटका लागि सयौं नेताको शक्ति परीक्षण

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भरतपुरमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन, प्रभाव समूहको हैसियत र ‘नयाँ राजनीतिक संस्कार’को वास्तविक परीक्षणका रूपमा हेरिएको छ।एकातिर रास्वपाले आफूलाई पुराना दलभन्दा फरक दाबी गर्दै आएको छ भने अर्कोतिर पहिलो महाधिवेशनमै ९९ केन्द्रीय सदस्यका लागि सयौं आकांक्षी मैदानमा उत्रिन तयार देखिनु पार्टीभित्र प्रतिस्पर्धा तीव्र बनेको मान्न सकिन्छ । ४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिताबीच हुने निर्वाचनले पार्टीभित्र कसको प्रभाव कति

    • प्रकाशित मितिः असार ७, २०८३
    • 62 पटक पढिएको
  • गगन थापा रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन जाँदै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।रास्वपाले उद्घाटन समारोहमा शुभकामना मन्तव्यका लागि विपक्षी दलका नेताहरूलाई निमन्त्रणा दिएको छ ।थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार उनी आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा हुने उद्घाटन सत्रमा सहभागी हुनेछन् ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • 415 पटक पढिएको
  • रास्वपाका लागि प्रथम राष्ट्रिय महाधिवेशन दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना १ पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई

    • प्रकाशित मितिः असार ७, २०८३
    • 155 पटक पढिएको
  • रास्वपा महाधिवेशनका निम्ति चितवन गए एमाले नेता ज्ञवाली

    काठमाडौं— सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा नेकपा (एमाले)का तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।आइतबार बिहान उनी चितवन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भरतपुरमा हुने रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थितिका निम्ति पार्टीबाट ज्ञवालीलाई पठाइएको हो ।रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष/सभापतिलाई निम्ता पठाएको थियो ।तर, नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट दोस्रो तहका नेता सहभागी हुन लागेका छन् ।रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधि

    • प्रकाशित मितिः असार ७, २०८३
    • 378 पटक पढिएको
  • रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि

    चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति  चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना,  विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने  छन् । मह

    • प्रकाशित मितिः असार ७, २०८३
    • 389 पटक पढिएको
  • नेकपाले विशाल आइटी फौज तयार गर्दैछ स्संयोजक प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए । उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा

    • प्रकाशित मितिः असार ५, २०८३
    • 144 पटक पढिएको
  • बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ ।शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।कउनका अनुसार उक्त अवधिमा भएका बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ । 

    • प्रकाशित मितिः असार ५, २०८३
    • 364 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

    काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा छलफलका लागि ल्याइएको आर्थिक विधेयकलाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

    • प्रकाशित मितिः असार ५, २०८३
    • 297 पटक पढिएको
  • व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याएका छन् । उनका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।उनले भने, ‘शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा होइन। निजी स्कुलहरूमा अहिलेलाई तीन प्रतिशत लगाइएको छ । तर आफ्ना बालबालिकाहरूको लागि नीजि स्कुलमा गरिएको २५ हजार रु

    • प्रकाशित मितिः असार ५, २०८३
    • 289 पटक पढिएको
  • ‘ट्रान्समिसन ग्रिडको स्वर्ण युग सुरु गर्न खोजिरहेका छौँ, तर चुनौतीहरू यथावत छन्’

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि मन्त्रालयको बजेट तथा वार्षिक कार्यक्रमबारे छलफलका क्रममा उनले ट्रान्समिसन लाइनमा पनि निजी क्षेत्रले लगानी गर्न पाउने भयो भने प्रसारण लाइन अझ विस्तार हुने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठका अनुसार हाल पीपीपी सार्वजनिक–निजी साझेदारी मोडलमा करिब २० अर्ब रुपैयाँको एउटा प्रसारण लाइन परियोजना अघि बढिरहेको छ। उनका अनुसार एकातिर उपभोक्ताले विद

    • प्रकाशित मितिः असार ५, २०८३
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.