समाचार

    Showing 10,351-10,360 of 26,673 items.
  • ओली र अन्य चार जना 'ब्ल्याकलिस्ट' मा, कारण यस्तो

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।जाँचबुझ आयोगले गरेको सिफारिस बमोजिम गृह मन्त्रालयले विदेश भ्रमणमा रोक तथा राह

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 690 पटक पढिएको
  • रामेछाप–काठमाडौं हवाई रुटमा नियमित उडान पुनः सुरु

    काठमाडौं— केही समय रोकिएको रामेछाप–काठमाडौं हवाई सेवा पुनः सुरु गरिएको छ। यात्रुहरू रामेछापबाट काठमाडौंसम्म नियमित रूपमा हवाई यात्राको सुविधा लिन सक्ने भएका छन्।संघीय विमान प्राधिकरणका अनुसार मौसम, प्राविधिक समस्या र मागको उतारचढावका कारण रोकिएको सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको हो। मुख्य रूपमा बुद्ध एयर, सुमिट एयर लगायतका आन्तरिक वायुसेवा कम्पनीहरूले सेवा दिनेछन्।स्थानीय यात्रुहरूका लागि यो सेवा विशेष राहत बनेको छ। लामो सडक यात्रा गर्नुपर्ने झन्झटबाट बच्न पाउने हुँदा रामेछाप क्षेत्रका नागरिक खुसी भएका छन्।पर्यटन प्रबर्द्धनका लागि समेत यो उडान महत्वपूर्ण मानिएको छ। प्राधिकरणका अनुसार मागअ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 541 पटक पढिएको
  • सुन प्रतितोला २६ सयले बढ्यो

    काठमाडौं— स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तुलनामा प्रतितोला दुई हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलाको दुई लाख ३८ हजार रूपैयाँ कारोबार भइरहेको छ। मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रूपैयाँ कारोबार भइरहेको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले घटेको छ।  मंगलबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २९ सय ५५ रूपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४० सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 511 पटक पढिएको
  • महेश बस्नेतसँग सोधपुछ

    काठमाडौँ –  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । उनीविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । जेनजी प्रदर्शनपछि बस्नेले पीडितलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकार

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 510 पटक पढिएको
  • भारतमा ट्रकको ठक्करबाट तीन नेपालीको मृत्यु, एक गम्भीर

    काठमाडौँ – भारतको उत्तर प्रदेशको पीलीभीत बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिकै सवारी दुर्घटना हुँदा तीन जना नेपालीले ज्यान गुमाएका छन् ।मृत्यु हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ७ छ्यालका कार चालक गणेश सुनार, नरेन्द्रनाथ रोकाय र निखिल रोकाय छन् ।सोही दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जली रोकायाको अस्पतालमा उपचाररत जारी रहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।उनीहरु सवार कार बग्रिएपछि सडक छेउमा रोकेर मर्मत गर्नेक्रममा तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो । यो घटना शनिबार बिहान करिब ४ः४५ बजेको हो ।मृतक सुनारले लक्ष्मी टूर एण्ड ट्राभल्स नामक सेवामार्फत भारतबाट नेपाल र नेपालबाट भारतसम्म य

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 420 पटक पढिएको
  • आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

    काठमाडौं— तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदैछ ।ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र  कुवेतबीचको खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ । यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इष्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ छ । यो समूहमा  कुवेत र जापान छन् । प्रतियोगितामा नौ  टोली सहभागी हुँदैछन् ।  । सहभागी टोलीलाई तीन समूहमा व

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 688 पटक पढिएको
  • भारतमा खोकीको सिरपले बालबालिकाको ज्यान गएपछि नेपालमा सतर्कता

    काठमाडौं— भारतका केही ठाउँमा ‘कोल्ड्रीफ कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले गम्भीर ध्यान दिएको छ।औषधि व्यवस्था विभागले नेपालमा उक्त औषधि दर्ता नभएको जानकारी गराउँदै यस्ता घटना दोहोरिन नदिन सावधानी अपनाउन सबै पक्षलाई सचेत गराएको छ।विभागका अनुसार झोल (सिरप) प्रकारका औषधिहरू बनाउन प्रयोग हुने केही कच्चा पदार्थहरूमा विषालु रसायन मिसिन सक्ने जोखिम हुने भएकाले यसअघि नै यस्तो विषयमा सूचना दिइसकिएको थियो। सन् २०७९ सालमै औषधिमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, ग्लिसरिन लगायतका पदार्थहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलजस्ता विषाक्त रसायन मिसिएको

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 738 पटक पढिएको
  • घरेलु विवादपछि श्रीमानले गरे श्रीमतीको हत्या

    नुवाकोट— नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरेलु विवादका कारण एक महिलाको मृत्यु भएको छ। जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सबिना तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार मंगलबार साँझ घरेलु विवादपछि तामाङले आक्रोशमा आएर श्रीमतीमाथि प्रहार गरेका थिए। सबिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनापछि तामाङलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको डीएसपी लामाले जानकारी दिए। प्रारम्भिक बयानमा जीतमानले घरेलु विवादकै कारण हत्या गरेको स्वीकार गरेका छन्।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 682 पटक पढिएको
  • रातो नदीको बाढीले तटबन्ध भत्किँदा व्यापक क्षति, १५ करोडभन्दा बढीको क्षति

    जनकपुर— रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो ।करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो ।बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका,

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 582 पटक पढिएको
  • आज रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ।रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।ती यसप्रकार छन:१. विस्तारित बैठकको एजेण्डा तथा व्यवस्थाबारे ।२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।३. सद्भाव यात्राको कार्यसूचीबारे।४. विविध।

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 647 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.