समाचार

    Showing 10,631-10,640 of 26,676 items.
  • वेष्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ ।सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा  गएराति भएको खेलमा  नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो ।वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 509 पटक पढिएको
  • बडादशैं एवं नवरात्रको आठौँ दिन, आज महागौरीको पूजाआजा गरिँदै

    काठमाण्डौ । बडादशैं एवं नवरात्रको नवौं दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौं दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौं दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन्।

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 614 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।दिउसो  कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना छ।राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही बाँक

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 328 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७२ पै

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 478 पटक पढिएको
  • जेनजी आन्दोलनमा घाइते भएका लक्ष्मण राईको निधन, मृतकको संख्या ७६ पुग्यो

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा निधन भएको छ। भदौ २४ गते आन्दोलनका क्रममा टाउकोमा गोली लागेर घाइते भएका राईको काठमाडौंस्थित ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनको अवस्था गम्भीर बन्दै गएपछि आइतबार मृत्यु भएको प्रहरीको भनाइ छ।जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।गोली लागेर घाइते भएका राईको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। घटनापछि उनी निरन्तर चिकित्सकीय निगरानीमा रहेका थिए।सरकार र आन्दोलनकारीबीच ज

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 650 पटक पढिएको
  • इटहरीमा सर्फको पैसा नदिँदा कुटपिट, तीन जना घाइते

    इटहरी— इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सर्फ बिक्रीको पैसा नदिएको विवादले कुटपिट भएपछि तीन जना घाइते भएका छन्।इटहरी–७ का दिलीप चौधरीले सर्फ र फिनेल बिक्री गरिरहेका बेला एक व्यक्तिले सर्फको रकम नतिर्दा विवाद सुरु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । कुटपिटमा व्यापारी दिलीप चौधरीसहित तीन जना घाइते भएका छन्। अन्य दुई घाइतेको नाम हालसम्म खुलाइएको छैन । उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 782 पटक पढिएको
  • गुल्मीमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते

    गुल्मी— गुल्मीको रेसुंगा नगरपालिका–४ मा एक यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट चिप्लिएर दुर्घटना भएको हो।प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार गुल्मी अस्पतालमा भइरहेको जानकारी दिए।बस बुटवलबाट दशैं मनाउनका लागि अर्जै जाँदै गरेका यात्रुहरू बोकेर गइरहेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 552 पटक पढिएको
  • कर्मचारी कटौतीप्रति आजपाका प्रवक्ता साहको तीव्र आपत्ति

    सर्लाही— अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको जागिर कटौतीको विषयमा आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहले सरकारप्रति कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता साहले चाडपर्वको मुखमा गरिब जनताको छोराछोरीलाई जागिरबाट निकाल्नु अमानवीय भएको टिप्पणी गर्दै प्रधानमन्त्री सुशील कार्कीलाई सिधा प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'सरकारी घरमा मासुभात, जनताको घरमा आँसुभात — यो विभेदपूर्ण अवस्था कहिलेसम्म?'प्रवक्ता साहले मितव्ययीताको नाममा गरिएका यी कटौतीलाई आलोचना गर्दै सोधे, “प्रधानमन्त्री, मन्त्री, तथा अन्य वरिष्ठ शासक–प्रशासकहरूले आठ महिना मात्रै काम गरेर दशैं भत्ता सह

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 723 पटक पढिएको
  • मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले २३ गते ‘जेन जी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेन जी’ को माग अनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुको साथै, आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्ने पनि बताए । उनले भने, ‘२३ गते ‘जेन जी’ ले समेत उठाएको एउटा मुख्य माग अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनु पर्छ, त्यसले दलहरुभित्र

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 727 पटक पढिएको
  • अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौं— अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 739 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.