गुल्मी— गुल्मीको रेसुंगा नगरपालिका–४ मा एक यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट चिप्लिएर दुर्घटना भएको हो।

प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले दुर्घटनामा घाइते भएकाहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार गुल्मी अस्पतालमा भइरहेको जानकारी दिए।

बस बुटवलबाट दशैं मनाउनका लागि अर्जै जाँदै गरेका यात्रुहरू बोकेर गइरहेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।