समाचार

    Showing 10,651-10,660 of 26,677 items.
  • दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामनाः ‘संविधानमै सबै समाधान सम्भव’

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत उनले दसैंले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना झन् मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।सभापति देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् । ‘हरेक बडा दसैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 561 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देशः समृद्धि, एकता र सहकार्यको अपिल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।राष्ट्रपतिले दशैं

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 586 पटक पढिएको
  • भारतले उचाल्यो एसिया कपको उपाधि

    काठमाडौं— एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो ।टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् । 

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 518 पटक पढिएको
  • आगजनी र तोडफोड भएका संरचना हेरेर मेयर कोइराला भक्कानिए

    विराटनगर— विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका छन् । तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेका हुन् । प्रजातान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला भावुक हुनुका साथै भक्कानिएका थिए । उनले निवासलाई पहिलाकै अवस्थामा

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 473 पटक पढिएको
  • पूर्वतर्फ जाने यात्रुहरूको भीडका कारण सूर्यविनायकस्थित अरनिको राजमार्गमा सवारी जाम

    भक्तपुर— चाडपर्व दशैं नजिकिँदै गर्दा राजधानी उपत्यका छोड्ने यात्रुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी पूर्वतर्फ गइरहेका यात्रुहरूको अत्यधिक चापका कारण भक्तपुरको सूर्यविनायकस्थित अरनिको राजमार्गमा आज बिहानदेखि सवारी जामको समस्या देखिएको छ।पूर्वका विभिन्न जिल्लातर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनहरूको संख्या एक्कासी बढेसँगै राजमार्गमा ट्राफिक अवरोध भएको हो। राजधानी छाडेर घर फर्किन लागेका नागरिकहरू बिहानैदेखि विभिन्न गन्तव्यका लागि बाटो लाग्दा सूर्यविनायक क्षेत्र आसपासको सडक जाम हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार यात्रुको चाप र सवारी

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 668 पटक पढिएको
  • सामाजिक ऐक्यबद्धता कायम गरि चाडबाड मनाउन प्रशासन बाजुराको आग्रह

    बाजुरा— जिल्ला प्रशासन कार्यालय बाजुराले नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावली जस्ता चाडबाडहरुमा सामाजिक ऐक्यबद्धता कायम गरि मनाउन आग्रह गरेको छ । प्रशासनले एक सूचना मार्फत सम्पूर्ण जिल्लाबासीहरुलाई शुभकामना व्यक्त गर्दै कुनै पनि सामाजिक खलल नपुग्ने गरि चाडबाड मनाउन आग्रह गरेको हो ।चाडपर्व साँस्कृतिक परम्परा,आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएकोले यिनलाई सभ्य र सौहार्दपुर्ण तरिकाले जिल्लाबासीहरुको मनाउन आवश्यक रहेको प्रशासन बाजुराले जनाएको छ । साथै व्यापारीहरुलाई दैनिक उपभोग्य अनावश्यक वस्तुमा कृतिम अभाव सिर्जना गर्ने,कालोबजारी,मूल्यबृद्धि,म्याद नाघेका वस्तु बिक्रीवितर

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 718 पटक पढिएको
  • नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ ।नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ ।वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 709 पटक पढिएको
  • सुनसरी–मोरङबाट ठूलो परिमाणमा लागूऔषध बरामद

    विराटनगर – सुनसरी र मोरङ जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा लागू औषध बरामद भएको छ भने दुई जना पक्राउ परेका छन् ।सुनसरीको धरान–४ मा बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर एक्ष्त्, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो ।त्यसैगरी, कोशी गाउँपालिका–५ मा अस्थायी प्रहरी चौकी कटानले बेवारिसे अवस्थामा राखिएको ४७ किलोग्राम गाँजा बरामद गरेको छ ।यसैबीच, भोक्राहानरसिंह ग

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 500 पटक पढिएको
  • टुँडिखेलमा सेनाद्वारा फूलपाती बढाइँ गरिँदै

    काठमाडौं –  नेपाली सेनाले बडादशैँको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ ।समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिने छ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत ज

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 661 पटक पढिएको
  • राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

    काठमाडौं –  भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ ।एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेको छ । दशैंको मौका छोपेर र गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर आयोगले सिफारिस गरेको भन्दै सचिवालयले गंभीर आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’यससँगै पार्टीले गृह मन्त्रालयद्वारा नेपाल प्रहर

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 601 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.