काठमाडौं — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन्।सिंहले विगत ३० वर्षदेखि देशमा सहकारी रकम हिनामिना गर्ने मुख्य दोषी नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको दाबी गर्दै, तीन वर्षअघि मात्रै राजनीतिमा आएका लामिछानेलाई फसाउन खोजिएको बताएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा समर्थन जनाउन पार्टी कार्यालय पुगेका सिंहले सञ्चारकर्मीहरूसँग भने, "राज्यले प्रतिशोध गरिरहेको छ, यो पूर्णरूपमा राजनीतिक प्रतिशोध हो।"उनले लामिछा
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कसलाई कहिले जेल जानुपर्छ वा जान्नुपर्ने होइन भनेर पूर्वानुमान लगाउन नसकिने बताएका छन्।आइतबार बालुवाटारमा आयोजित बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ कार्यक्रममा बोल्दै ओलीले नेताहरूलाई पूर्वाग्रह र प्रतिशोधका कारण जेलमा राखिने गरेको बताए।प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछिको समय सम्झिँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि नेताहरूलाई जेलमा राख्ने काम भएको स्मरण गराए। उनले भने, "सरकारी निकायहरूलाई छोडेर आफ्ना खुशीले अरु मानिसलाई मुद्दा लगाउने र फसाउने काम भएको थियो।"उनले थपे, "राजनीतिमा
काठमाडौं — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०८२ लाई संविधानविरोधी र सङ्घीयतामाथि प्रहार भएको बताएका छन्।आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै यादवले प्रदेश सभालाई परामर्श नगरिएको खण्डमा उक्त विधेयक संविधान उल्लङ्घन र सङ्घीयताको विरुद्ध हुने स्पष्ट पारेका छन्। उनले विधेयक ल्याउने उद्देश्य अस्पष्ट भएको भन्दै सुकुम्बासी समस्या समाधानका लागि हालको कानुन पर्याप्त रहेको दाबी गरे।उनले भने, "प्रदेश सभालाई सोधेर ल्याइएको हो त? यदि होइन भने यो संविधानको उल्लङ्घन हो र सङ्घीयताको प्रहार पनि। यो घोर आपत्
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कारबाहीको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई हस्तान्तरण गरेकी छन्।पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी रञ्जिता श्रेष्ठले आफैंलाई विवादमा परेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिएको जानकारी दिइन्।रञ्जिताले नेपालखबरसँग भनिन्, "मैले काबा दिएको छु। कुरा यही हो।" केही दिनअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि समेत पुगेकी थिइन्।सार्वजनिक अडियोमा पनि रञ्जिताले घुस माग्दै गरेको आवाज सुन्न सकिन्छ।नागरिक उन्मुक्ति पार्टीको विधान अनुसार अध्यक्षलाई कार्यवाहक तोक्न सक्ने अधिकार भए
काठमाडौं — नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले दिएको पूर्णपाठ निर्णयले राईको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै महाभियोग प्रक्रिया सुरु गर्नुपर्ने बताइन्।पन्तले भनिन्, "वाइडबडी जहाज खरिदबारे अदालतको फैसलामा चयनमुखी अभियोजन गरिएको देखिन्छ। अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरिए पनि राईप्रति किन नगरेको? विशेष अदालतले प्रश्न उठाएको छ। उहाँ अहिले अख्तियार प्रमुख हुनुहुन्छ। यस्तो अवस्थामा उहाँले
काठमाडौं – आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ ।आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले महासंघले ४२ हजार रहत शिक्षकहरुलाई अन्याय हुने गरेर सरकारसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । महासंघले आफूहरुप्रति दोहोरो भूमिका खेलिरहेको बताउँदै खत्रीले भने, ‘महासंघले राहत शिक्षकको व्यवस्थापन विधि पेशागत सुरक्षा गर्ने हुनुपर्नेमा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन् ।आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् ।उनले भने,‘बीपी कोइराला नेपालका लागि मात्रै होइनन् । भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए । त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक
काठमाडौं – सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् ।आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराललगायत सहसचिव, उपसचिव तथा प्रविधिकहरूसँग छलफल गर्दै मधेश प्रदेशका आठ जिल्लामा सिंचाई र खानेपानीको समस्या
काठमाडौँ — जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र पोखरामा गरी १६ जना पक्राउ परेका छन्।शनिबार दिउँसो, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ सिमलीगाउँस्थित श्याम तामाङको टहरामा जुवा खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। रामेछापको मन्थली नगरपालिका–६ स्थायी घर भई हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका ३९ वर्षीय श्याम तामाङ पनि पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले नगद ५० हजार ३३० रुपैयाँसहित पक्राउ गरेको हो।त्यसैदिन साँझ, पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल लेक टप एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रेष्टुरेन्टका सञ्चालक चिन्तामणि अधिकारीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिन्
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए । उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.