काठमाडौं— नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयमा आपत्ति जनाएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसकी सांसद बासना थापाले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बाहिरिएको दृष्यले संवैधानिक संस्कार र संसदीय परम्परामा प्रश्न उठाएको बताइन् ।यस विषयमा उनले प्रधानमन्त्रीसँग जवाफ माग समेत गरेकी छिन् ।उनले भनिन्,‘लोकतान्त्रि संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृष्य हिजो हामीले देख्यौं । राष्ट्रपतिज
काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन् ।मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा।कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने पनि उल्लेख गरेका छन् ।पार्टी सभापति गगन थापाले बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उनको निष्कर्ष छ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशनलाई
काठमाडौं— वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगंज पुग्ने भएको छ ।अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईलगायतको टिमले आजदेखि सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ ।फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’ का दर्शकका रुपमा पछिल्लो समय परिवार नै दर्शक बनेर आइरहेका छन् । वादी समुदायका अभियन्ताले समेत फिल्म हेरेर सामाजिक सञ्जालमार्फत तारिफ गरिरहेका छन् ।प्रदर्शनकै दिनदेखि काठमाडौं उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्
काठमाडौं— नेपाली कांग्रेस (बिपी)ले नेपाली कांग्रेसमा समाहित हुने सहमति भंग गरेको छ। कांग्रेस बीपीले आफूसँग भएको सहमति कार्यान्वयनमा उदासनिता देखाएको भन्दै एकीकरण सम्बन्धि प्रक्रिया स्थगित भएको निर्णय गरेको हो।कांग्रेस बिपीका मुख्यसचिव गणेशप्रसाद पाण्डेयका अनुसार पार्टीको वर्तमान कार्यसमिति भंगगरी सभापति सुशीलमान शेरचनको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ।गत फागुन १७ मा कांग्रेस सभापति गगन थापा र कांग्रेस (बीपी)का सभापति शेरचनद्वारा हस्ताक्षर गरिएको सहमतिपत्रमा कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी कांग्रेसमा एकीकृत हुने घोषणा गरिए
काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्जना गर्दै वित्तीय प्रणालीमाथि कब्जा जमाउने प्रयास गरेको दाबी गरे ।उनका अनुसार, यस्तो गतिविधिले आर्थिक मात्र नभई राजनीतिक संस्थाहरूमाथि समेत गम्भीर प्रभाव पारेको छ । उनले भने,‘विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थ स्वीकार गर्नुपर्छ । १५–१६ अर्ब रुपैयाँ जनताको प
काठमाडौं— विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आयोजना गरेको गीतामैत्री मिलन कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा करिब २ हजारभन्दा बढी प्रत्यक्ष सहभागी तथा देश–विदेशमा रहेका लाखौँ साधकहरूको अप्रत्यक्ष सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रम ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा गर्दै प्रज्ञा भवनसम्म पुगेको थियो ।कार्यक्रममा गीता परिवारका संस्थापक तथा श्रीरामजन्मभूमि तीर्थक्षेत्र
काठमाडौं— नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता तथा दूरदर्शी व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन जगतको सर्वोच्च सम्मान प्राप्त गरेका छन् ।प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा)इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न भव्य वार्षिक साधारण सभाका अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’बाट सम्मानित गरेको हो ।पाटाको सात दशक लामो गौरवशाली इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ । यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा अतुलनिय छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ ।यो सम्मान प्र
काठमाडौं— केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ ।अध्यक्ष बाँनियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका छन्।उनले ट्रक महासंघ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दै तटस्थ भूमिका अपनाएको बताएका छन् ।बानियाँले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चार माध्यम
मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको क
काठमाडौं— नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ ।आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.