समाचार

    Showing 13,521-13,530 of 26,701 items.
  • भारतको तेलंगानामा औषधि कारखानामा विष्फोट, ३४ जनाको मृत्यु

    भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लास्थित एक औषधि उद्योगमा सोमबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमै ३१ जनाको ज्यान गएको हो भने उपचारको क्रममा थप ३ जनाले अस्पतालमा ज्यान गुमाएका छन्। घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्।विष्फोट तेलंगानाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान भएको हो। विष्फोटको कारण उद्योगको मुख्य भवन ध्वस्त भएको छ। भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा घटनास्थलमा आगलागी भएको देखिन्छ।विष्फोटको कारणबारे अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले

    • प्रकाशित मितिः असार १७, २०८२
    • 322 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा डीपी अर्यालको संलग्नता रहेको आरोप, उजुरी प्रधानमन्त्री कार्यालयमा पुग्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी अर्याल) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका युवराज सफलले पूर्वमन्त्री समेत रहेका अर्यालमाथि छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् । सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रालिको सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद

    • प्रकाशित मितिः असार १७, २०८२
    • 729 पटक पढिएको
  • गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं— गुडविल फाइनान्सको १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिदका लागि निवेदन दिन सक्नेगरी बिक्रीमा राखिएको हो । सेयर खरिदका लागि निवेदन काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    • प्रकाशित मितिः असार १७, २०८२
    • 530 पटक पढिएको
  • बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको काम सुरु

    बाँके— राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी रुपमा तटबन्धको काम सुरु गरिएको छ । राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने जनाउँदै जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक सातादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा. नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 590 पटक पढिएको
  • शेखर कोइराला भन्छन निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो

    काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।सोमबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरेका छन् । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गरेका छन् । उनले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताएका छन् ।

    • प्रकाशित मितिः असार १७, २०८२
    • 493 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक आज बस्दै, ११ मन्त्रालयको छलफलमा उठेका प्रश्नको जवाफ मन्त्रीले दिने

    काठमाडौं— संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।आजको बैठकमा विनियोजन विधेयक– २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।त्यस्तै, प्रतिनि

    • प्रकाशित मितिः असार १७, २०८२
    • 519 पटक पढिएको
  • मेडिकल कार्यक्रम भन्दै तोसिमा अमेरिका जादै, रास्वपा नेताको राजनीतिक मिसन पर्दा पछाडि

    काठमाडौं— प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आइरहेको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको हो । शुरुवातमा रास्वपाको यो विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि पूर्णरुपमा साथ दिएको थियो । पछिल्लो समय रास्वपाले कुनै पनि सर्तमा गृहमन्त्रीको राजीनामालाई अल्टिमेटम सर्त बनाउन थालेपछि अनि माओवादी र नेकपा एसले भिजिट भिसाका नाममा गणतन्त्रसमेतको मानमर्दन हुँदैछ भन्ने सोच बनाएपछि दुवै दलले यो मुद्धालाई छाडेको देखिन्छ ।&n

    • प्रकाशित मितिः असार १७, २०८२
    • 583 पटक पढिएको
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।वृद्धि भएको मूल्य सोमबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

    • प्रकाशित मितिः असार १७, २०८२
    • 295 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४६  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असार १७, २०८२
    • 352 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। क

    • प्रकाशित मितिः असार १७, २०८२
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.