काठमाडौं— प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आइरहेको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आइरहेको हो । 

शुरुवातमा रास्वपाको यो विरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले पनि पूर्णरुपमा साथ दिएको थियो । 

पछिल्लो समय रास्वपाले कुनै पनि सर्तमा गृहमन्त्रीको राजीनामालाई अल्टिमेटम सर्त बनाउन थालेपछि अनि माओवादी र नेकपा एसले भिजिट भिसाका नाममा गणतन्त्रसमेतको मानमर्दन हुँदैछ भन्ने सोच बनाएपछि दुवै दलले यो मुद्धालाई छाडेको देखिन्छ । 

संसद निरन्तर अवरुद्ध गरेर सरकारले ल्याएको बजेटसमेत पारित गर्न नदिने खेलमा रास्वपा लाग्यो । साथमा यो तन्त्रलाई ढालेर राजतन्त्र ढोकैमा आएको जसरी उफ्रिने दल राप्रपा पनि छँदैछ । 

समयक्रमसँगै रास्वपामा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालको म्यानपावर कम्पनी पनि भिजिट भिसामा जोडियो । संसदमै यसबारे चर्काचर्की परिसकेको छ । 

पछिल्लो समय रास्वपाकी संसद डा तोसिमा कार्की त झन् भिजिट भिसालाई दुरुपयोग गर्ने सांसदमा गनिएकी छिन् । 

भिजिट भिसाको पाठ पढाउने विद्वान चिकित्सक कार्की यतिबेला अमेरिकामा छिन् । उनी अमेरिका जान जुन प्रयोजनको लागि भिजिट भिसा लगाएकी थिइन् त्यो प्रयोजनमा नगइ आफ्नो र पार्टीको स्वार्थ बोकेर अर्कै कार्यक्रममा गएकी छिन्  

खासमा उनले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको वार्षिक साधारण सभामा जानका लागि भिसा लगाएकी थिइन् । त्यो कार्यक्रममा डा भगवान कोइराला पनि गएका थिए । 

डा कार्की भने उक्त कार्यक्रममा गइनन् । उनी उक्त कार्यक्रम सकिएपछि कार्यकर्ता भेट्न र भ्रातृ संगठन खोल्न अमेरिका गइन् । 

भिजिट भिजाको दुरुपयोग भनेको घुम्न गएर काम गर्नुमात्र होइन । यसरी एउटा कार्यक्रमको लागि भनेर भिसा लिने र सो कार्यक्रममा सहभागी नभइ भ्रातृ संगठन खोल्दै हिँड्नु पनि दुरुपयोग हो । 

रास्वपाले अन्य पार्टीहरुलाई असफल देखाएर आफूले भोट त बढाउला तर उसकै चुनाव चिन्ह घण्टीको त्यो आवाज उसले कहिले सुन्ला भनी सामाजिक सञ्जालमा उसको व्यापक आलोचना हुन थालेको छ । 

तोसिमाले गत २१ जुनदेखि निरन्तर अमेरिकाका विभिन्न सहरमा पार्टीको कार्यक्रममा सहभागीता जनाएको आफ्नै सामाजिक सञ्जालमा जानकारी दिइरहेकी छिन् ।