समाचार

    Showing 1,391-1,400 of 26,464 items.
  • गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् ।गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।गृहमन्त्री गुरुङले नागरिकता हस्तान्तरण गर्दै पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताएका छन् । 

    • प्रकाशित मितिः असार २९, २०८३
    • 520 पटक पढिएको
  • बाघको आक्रमणबाट एक महिला घाइते, उपचार हुँदै

    कञ्चनपुर— जिल्लाको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्।आइतबार बेलुकातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा घाँस काट्ने क्रममा उपाध्यायमाथि बाघले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथमा रहेका अन्य स्थानीयले होहल्ला गरेपछि बाघ उनलाई छाडेर भागेको बताइएको छ।बाघको आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेकी घाइते उपाध्यायलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। हाल उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः असार २९, २०८३
    • 426 पटक पढिएको
  • थाइल्याण्डको एक बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु, ६० बढी घाइते

    काठमाडौं— थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।आगलागीमा परी ६० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको हो । केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोक

    • प्रकाशित मितिः असार २९, २०८३
    • 530 पटक पढिएको
  • संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

    काठमाडौं— संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची रहे

    • प्रकाशित मितिः असार २९, २०८३
    • 411 पटक पढिएको
  • स्वतन्त्र चालक फाउण्डेशनद्वारा राइडरको हकहित संरक्षण गर्न सरकारसँग माग

    काठमाडौं— स्वतन्त्र चालक फाउण्डेशनले पाथाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। फाउण्डेशनले घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उनको परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिने उच्चस्तरीय स्वतन्त्र छानबिन स

    • प्रकाशित मितिः असार २९, २०८३
    • 418 पटक पढिएको
  • आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं— नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।नेपाली साहित्यका प्रथम कविका रूपमा सम्मानित भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको भगवान् रामको जीवनमा आधारित महाकाव्य ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजलाई अमूल्य साहित्यिक उपहार दिएका थिए । उनले नेपाली भाषामा सरल र सहज शैलीमा प्रस्तुत गरेको रामायण आज पनि नेपाली जनजीवनमा उत्तिकै लोकप्रिय छ । नेपालीका घरघरमा धार्मिक तथा सांस्कृतिक अवसरमा रामायण सस्वर लय हालेर पाठ गर्ने परम्परा अझै कायम छ ।विसं १८७१ अ

    • प्रकाशित मितिः असार २९, २०८३
    • 434 पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ

    • प्रकाशित मितिः असार २९, २०८३
    • 388 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ।जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।यस्तै,कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

    • प्रकाशित मितिः असार २९, २०८३
    • 420 पटक पढिएको
  • सेउलीबजारमा मोदी खोलाको कटान, घान्द्रुक जाने सडक पूर्ण रूपमा अवरुद्ध

    पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सिमाना पर्ने सेउलीबजार क्षेत्रमा मोदी खोलाले सडक कटान गरेपछि घान्द्रुक जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।स्थानीयका अनुसार खोलाको तीव्र कटानका कारण सडक बग्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो। घटनामा स्थानीय दीपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा समेत उल्लेखनीय क्षति पुगेको छ।यसका साथै आसपासका अन्य घरहरू पनि उच्च जोखिममा रहेका छन्। निरन्तर कटान भइरहेकाले थप भौतिक क्षति हुन सक्ने भन्दै स्थानीयवासी त्रसित बनेका छन्।प्रभावित क्षेत्रमा स्थानीयवासी तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा जोखिम मूल्य

    • प्रकाशित मितिः असार २८, २०८३
    • 73 पटक पढिएको
  • सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति: गणेश नेपाली मृत्यु प्रकरण

    काठमाण्डौ । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार तथा स्थानीय तह र पीडित पक्षबिच ९ बुँदे सहमति भएको छ।आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। 

    • प्रकाशित मितिः असार २८, २०८३
    • 347 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.