समाचार

    Showing 1,401-1,410 of 26,464 items.
  • मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन

    जनकपुर / मधेश प्रदेश सभामा बजेट पुनर्लेखन लगायतका मागहरु राख्दै विपक्षी दलहरुले निरन्तर अवरोध गरे पछि समस्या सामाधान गर्नका निम्ति सर्वदलीय कार्यदल गठन गरिएको छ ।आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरु रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्। कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोली सोमबार विहान कार्

    • प्रकाशित मितिः असार २८, २०८३
    • 77 पटक पढिएको
  • गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

    टोरन्टो / सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेको छ।सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलित समुदायका युवा गणेश नेपालीको बिहीबार दिउँसो काठमाडौंस्थित एक सरकारी कार्यालय बाहिर आफ्नै शरीरमा आगो लगाएका कारण मृत्यु भएको थियो। उनी राहदानी बनाउन सम्बन्धित कार्यालय पुगेका बेला कार्यालय परिसरमा मोटरसाइकल निषेधित स्थानमा पार्क गरेको आरोपमा महानगरीय प्रहरीका कर्मचारीहरूले रु। १० हजार जरिवाना गरेपछि विवाद भएको बताइएको छ।सञ्चारमाध्यमका अनुसार उ

    • प्रकाशित मितिः असार २८, २०८३
    • 195 पटक पढिएको
  • प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति:‘यो सरकार नेपालीहरूको होइन’

    काठमाडौं / राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पु¥याएर

    • प्रकाशित मितिः असार २८, २०८३
    • 287 पटक पढिएको
  • मालबहाक ढुवानीमा सरकारको कडाइ, जीपीएस जडान अनिवार्य हुनेपर्ने

    काठमाडौं। सरकारले मालसामान ढुवानी प्रणालीलाई डिजिटल र पारदर्शी बनाउन नयाँ कानुनी व्यवस्था अघि सारेको छ। प्रस्तावित विधेयकअनुसार अब जिपिएस जडान नगरी व्यावसायिक ढुवानी गर्ने सवारीसाधनलाई कडा जरिवाना गरिनेछ।प्रतिनिधिसभामा दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक’ मार्फत सरकारले ट्रक, लरी, कन्टेनर, मिनी ट्रक, ट्याङ्कर, पिकअप, भ्यान, ट्याक्टर तथा कानुनले समेटेका अन्य ढुवानी प्रयोजनका सवारीसाधनमा जीपीएस ९भू–अवस्थिति देखाउने यन्त्र० अनिवार्य गर्ने प्रस्ताव गरेको छ।प्रस्तावअनुसार ढुवानी सुरु गर्नुअघि सवारीसाधनको विवरण वेब–आधारित अनलाइन प्रणालीमा अनिवार्य रूपमा प्

    • प्रकाशित मितिः असार २८, २०८३
    • 221 पटक पढिएको
  • मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र

    काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै निकायसँग समन्वय गरेर तयारी अघि बढाएको जनाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मनसुन अवधिमा हुन सक्ने विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गरी तयारीको अवस्था अद्यावधिक गरिएको जानकारी दिए ।उनका अनुसार असार ४ गते मन्त्रीको संयोजकत्वमा बसेको बैठकले दिएको निर्देशनअनुसार प्राधिकरणले सम्बन्धित सबै निकायसँग समन्वय गर्दै कामको प्रगति विवरण

    • प्रकाशित मितिः असार २८, २०८३
    • 170 पटक पढिएको
  • ‘मिति तोक्दिनँ, तर पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने गरी लालपुर्जा दिन्छौं : मन्त्री रावल

    काठमाडौं। कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि सरकारमाथि चर्को आलोचना भइरहेका बेला भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई कानुनी रूपमा बलियो र भविष्यमा विवाद नउठ्ने गरी लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएकी छन्।खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेर मन्त्री रावलले सुकुम्बासीको जग्गा व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले हतारमा निर्णय गरेर भविष्यमा विवाद सिर्जना हुने अवस्था नआओस् भन्ने उद्देश्यले सबै कानुनी प्रक्रिया पूरा गरेर मात्रै लालपुर्जा वितरण गरिने स्पष्ट पारिन्।उनका अनुसार सरकारले सुकुम्बासीको पहिचानसँगै उपलब्ध गराइने जग्गाको कानुनी अवस्था, सीमाङ्कन र स्वामित्

    • प्रकाशित मितिः असार २८, २०८३
    • 78 पटक पढिएको
  • सुन्दरीघाट होल्डिङ सेन्टरका ८९ सुकुम्बासी खरिपाटी स्थानान्तरण

    काठमाडौं । कीर्तिपुरको सुन्दरीघाटस्थित डुबानमा परेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरबाट ३१ घरपरिवारका ८९ जना सुकुम्बासीलाई भक्तपुरको खरिपाटी स्थानान्तरण गरिएको छ। केही परिवारलाई भने बोडे होल्डिङ सेन्टरमा सारिएको छ।बाढीले होल्डिङ सेन्टर जलमग्न भएपछि सुकुम्बासीका लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोगका अधिकांश सामग्री नष्ट भएका छन्। मध्यराति आएको बाढीका कारण धेरैले आफ्नो सामानसमेत जोगाउन पाएनन्।सुरक्षाकर्मीले डुबानमा परेका बासिन्दाको उद्धार गरी केहीलाई त्रिभुवन विश्वविद्यालय परिसरमा अस्थायी रूपमा राखेका थिए। त्यसपछि सरकारले चरणबद्ध रूपमा उनीहरूलाई खरिपाटी र बोडेतर्फ स्थानान्तरण गरेको हो।बागमती

    • प्रकाशित मितिः असार २८, २०८३
    • 151 पटक पढिएको
  • सरकारको ‘ब्लु बस’ योजना अन्योलमा

    काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि भन्दै सरकारले घोषणा गरेको ‘ब्लु बस’ सेवा सुरु हुनुअघि नै अन्योलमा परेको छ। साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने सरकारी घोषणा भए पनि बजेट, कार्यविधि र सम्झौता टुंगो नलाग्दा योजना तत्काल कार्यान्वयन नहुने देखिएको छ। सरकारले साझा यातायातमार्फत महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरेको थियो। तर, साझा यातायातले आवश्यक तयारी पूरा नभएकाले साउन १ गतेदेखि सेवा सुरु हुने सम्भावना नरहेको स्पष्ट पारेको छ।सामाजिक सञ्जालमा फैलिएको चर्चा विपरीत साझाका हरिया बसलाई निलो रंगले नपोतिने पनि कम्पनीले जनाएको छ। बसको पहिचानका लागि स्टिकर, लोगो वा अन्य दृश्यात्मक

    • प्रकाशित मितिः असार २८, २०८३
    • 223 पटक पढिएको
  • विमानस्थलबाट नियन्त्रणमा लिइएका दुर्गा प्रसाईँ पक्राउ परेका होइनन्: प्रहरी प्रवक्ता

    काठमाडौं / राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए ।तर उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधनमार्फत भक्तपुरस्थित

    • प्रकाशित मितिः असार २८, २०८३
    • 349 पटक पढिएको
  • सेलिब्रेटी क्रिकेट उत्सवद्वारा आयोजित 'इन्डोर सेलिब्रेटी क्रिकेट लिग' को अक्सन कार्यक्रम सम्पन्न

    काठमाडौं / सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको 'इन्डोर सेलिब्रेटी क्रिकेट लिग' को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा सहभागी हुने चार टोलीहरू टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडीहरू अनुबन्धित गर्दै टोलीलाई पूर्णता दिएका छन्। अक्सन कार्यक्रममा इन्टरनेशनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतीक, टिम रेन्जर्सका कप्तान एवं चर्चित लोकदोहोरी कलाकार बद्री पंगेनी, र टिम च्याम्पियन्सका कप्तान एवं चर्चित हास्य कलाकार सन्दीप क्षेत्री लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा

    • प्रकाशित मितिः असार २८, २०८३
    • 168 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.