काठमाडौं— काठमाडौं मेडिकल कलेज (केएमसी)ले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा अस्पतालले मानवीय सहानुभूति र चिकित्सकीय जिम्मेवारीका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, 'हाल देशमा उत्पन्न मानवीय संकटलाई दृष्टिगत गर्दै हाम्रो अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ।'काठमाडौं उपत्यकामा जारी आन्दोलनमा गोली लागेर र लाठीचार्जबाट घाइते भएका धेरैजसो प्रदर्शनकारीहरूलाई अहिले सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा राखिएको छ। तर ती अ
काठमाण्डौ । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र १ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ ।झापामा भईरहेको जेनजीहरुको प्रदर्शनमा ११ जना भन्द बढी प्रदर्शनकारीलाई गोली लागेर घाईते भएका छन् । गोली लागेर घईते हुनेमा प्रकाश भट्टराई,अबिनास राई, साएम चामलिङ्ग, ३,अबुसेक लिम्बू,प्रयुस चौहान, युनिस दाहाल, सागर हेमरमसहितका दर्जन भन्दा बढी घईते भएका हुन् ।नेपालभरी जेनजीहरुले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन
काठमाडौं— जेन्जी आन्दोलन तिव्र बन्दै गइरहेका बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग हुने भेटघाटमा प्रतिबन्ध लगाएको छ।प्रशासनले लामिछानेमाथि विशेष निगरानी राख्दै उनको राजनीतिक सक्रियता र आन्दोलनबीचको सम्वन्धलाई ध्यानमा राखेर भेटघाट नियन्त्रणमा लिएको बताइएको छ। प्रदर्शन झन् चर्किँदै जाँदा, नेताहरूको भौतिक उपस्थिति वा सक्रियता झनै उत्तेजनाको कारण बन्न सक्ने भन्दै प्रशासन सतर्क देखिएको हो।प्रशासनले औपचारिक रूपमा उक्त प्रतिबन्धको विस्तृत कारण भने खुलाएको छैन। लामिछाने र उनको पार्टीले यसबारे तत्काल प्रतिक्रिया जनाएका भने छैनन्।जेन्जी आन्द
काठमाण्डौ । जेन जी आन्दोलनको क्रममा प्रहरीको दमनबाट मृत्यु हिनेको संख्या ५ पुगेको छ ।आन्दोलनमा घाइते भएर उपचारका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु भएको हो ।बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको छ । सयौं घाइतेको उपचार भइरहेको छ ।
काठमाडौं— काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् ।ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ ।घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
काठमाडौं— सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कफ्र्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह १ः१५ बजे बस्ने गरी सारिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु जारी गरिसकेको छ ।
काठमाडौं— नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् । उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्न
काठमाडौं— जेनजी पुस्ताको प्रदर्शनका क्रममा निषेधित क्षेत्र बानेश्वरमा रहेको संसद भवन अगाडी प्रदर्शन हिंसात्मक बन्दै गएको छ। सो क्रममा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि सो क्षेत्रको अवस्था अझ तनावपूर्ण बनेको हो।सरकारले स्थिति नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरे पनि, बानेश्वरमा भने त्यसको खासै प्रभाव देखिएन । प्रदर्शनकारीहरू अझ आक्रोशित हुनुका साथै सडकबाटै सरकार विरुद्ध नाराबाजी गरेका छन् । आक्रोषित भएका उनीहरुले संंसद भवनमा लगाएको वालसमेत तोडफोड गरेका छन्।संसद भवन आसपासको क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी गरिएको छ।
काठमाडौं— नयाँबानेश्वरमा भएको प्रदर्शन कभरेजका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। प्रदर्शनस्थलमा भिडको गतिविधि क्यामेरामा कैद गरिरहेका बेला उनलाई प्रहरीले प्रहार गरेको रबरको गोली पाखुरामा लागेको हो।घाइते श्रेष्ठलाई तत्काल सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् । नायव समाचार प्रमुख श्रेष्ठका अनुसार प्रदर्शन कभर गर्न गएका पत्रकारमाथि भएको घटनाले मिडिया सुरक्षा सम्बन्धी चिन्ता थपिएको छ।माइतीघर मण्डलाबाट सुरु भएको जेनजीको प्रदर्शन बिस्तारै आक्रोशित हुँदै संसद भवनसम्म पुगेको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले प
काठमाडौं— नयाँ बानेश्वरमा जारी विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटो पत्रकार पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की रबरको गोली लागेर घाइते भएका छन्।नयाँ पत्रिकाका ढुंगाना र नेपाल प्रेसका कार्की प्रदर्शनको दृश्य कैद गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेको हो।गोली लागेका उनीहरुको उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.