देशबन्धु बिश्वामित्र । नेपाल–भारत खुला सीमाले दुई देशबीचको ऐतिहासिक, सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको छ। तर यही खुला सीमाको दुरुपयोग गर्दै हुने तस्करी, अवैध ओसारपसार, सीमा अपराध, कमजोर प्रशासनिक निगरानी तथा सेवा प्रवाहमा देखिने सुस्तताले लामो समयदेखि राज्यका लागि चुनौती सिर्जना गर्दै आएको छ। यस्तो परिस्थितिमा वर्तमान गृहमन्त्री सुधन गुरुङले असारको तेस्रो साता कोशी प्रदेशका संवेदनशील पूर्वी सीमावर्ती जिल्लाहरूमा पूर्वसूचनाबिनै गरेको स्थलगत निरीक्षण औपचारिक सरकारी भ्रमण होइन, सुरक्षा प्रशासनलाई परिणाममुखी बनाउन खोजिएको सशक्त सन्देशका रूपमा हेरिएको छ।मोरङ, सुनसरी र झ
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन व्यापक कारबाही चलाएको छ। पछिल्लो २४ घण्टामा २ हजार ६६ जना सवारी चालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।कारबाहीबाट १८ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।सबैभन्दा बढी कारबाही अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २ सय ३७ चालकलाई गरिएको छ। त्यसपछि लेन मिच्ने, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने, ट्राफिक बत्ती नमान्ने, तीव्र गतिमा सवारी चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक पनि कारबाहीको सूचीमा परेका छन्।
काठमाडौँ / आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति फिल्म ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् । सोही शीर्षक र भावमा रहेर डा. रिजालकै छोरा डा. कपिल रिजालले ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका छन् । निर्देशक डा।रिजालको यो दोस्रो फिल्म हो, यसअघि उनले ‘ह्यारीकी प्यारी’ नामक फिल्म निर्देशन गरिसकेका छन् ।बेलायतमा दन्त चिकित्सकका रुपमा प्रसिद्ध डा।रिजाल पछिल्लो समय फिल्मको
काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं / फिफा विश्वकप २०२६ मा इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ ।इजिप्ट फुटबल संघ ईएफएले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् । यस विश्वकपमा मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्टले अन्तिम–१६ राउन्ड अफ १६ सम्मको यात्रा तय गर्दै नयाँ इतिहास रचेको थियो । सन् २०१८ पछि पहिलो पटक विश्वकप खेलेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै उत
काठमाडौं / सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक इश्यु म्यानेजर नियुक्तिसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत सीईओले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ ।प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसायी
काठमाडौं / प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई समेत प्रस्तुत गर्ने र कार्यसूची छ । ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ
मान्म। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन् । कालीकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् । विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२/ ८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना एक बिरामी भेटिएका छन् । जिल्लाका नौ
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।विभागका अनुसार दिउँसो देशका पहाडी र हिमालीभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.