समाचार

    Showing 1,521-1,530 of 16,872 items.
  • संसद भवन अगाडि पुगेर जेनजीले गर्दै गरेको प्रदर्शनमा प्रहरीको अश्रुग्याँस

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अगाडि बढेको प्रदर्शनलाई प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो ।तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 380 पटक पढिएको
  • माइतीघर–बानेश्वर सडकमा जेन–जी पुस्ताको प्रदर्शन

    काठमाडौं— भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावाद , केपी चोर देश छोड जस्ता नाराहरु लगाईरहेका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 278 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

    काठमाडौं— सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन् ।जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 251 पटक पढिएको
  • भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

    बर्दिया— बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । भारतीय केराको आयात बढेपछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन् । केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन् ।केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडेपछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिनासम्म पूर्ण

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 333 पटक पढिएको
  • सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

    काठमाडौं— सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा १ः०.८० अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद शेयर जारी गरेको हो ।यसअघि कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गरेको थियो । त्यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी मात्र हकप्रद खरिदका लागि योग्य हुनेछन् ।हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेडमार्फत तथा प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खे

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 327 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देशः ‘आजको दिन इतिहासको नयाँ सुरुवात हुन सक्छ’

    काठमाडौं— सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन् । हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान गरेका हुन् ।निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’ उनले शासकहरूले न त विधिको शासन दिन सकेको र न नै सामाजिक सञ्जालमा आफ्ना भावना बाँड्ने स्वतन्त्रता दिएको आरोप लगाउँदै भनेका

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 138 पटक पढिएको
  • आजदेखि सोह्र श्राद्ध सुरु, दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिदै

    काठमाडौं—आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ । यसै अवसरमा काठमाडौंको पशुपतिनाथ, गोकर्ण लगायतका पवित्र स्थलमा सोह्र श्राद्ध गर्नेको भीड लाग्ने गर्दछ । श्राद्धको पहिलो दिन सोमबार बिहानैदेखि काठमाडौंको प्रमुख तीर्थस्थल पशुपतिनाथ क्षेत्रमा आफन्त गुमाएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। बागमती नदी किनारमा पुजारीको सहायता लिँदै दिवङ्गत आत्माहरूको शान्तिका लागि तर्पण र पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 99 पटक पढिएको
  • ‘एक घर, एक धारा’ अभियान अन्तरगत ८८ धारा निमार्ण

    बाजुरा— बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ मा ‘एक घर,एक धारा ’ अभियान अन्तरर्गत ८८ धारा निमार्ण गरिएका छन् । वडाको गुलढुङ्ग्रा–सिराडी, माथिल्लो–तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका हुन् । अन्य ठाउँमा खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको छ । स्थानीय जनताको आधारभूत आवश्यकता,खानेपानीलाई उच्च प्राथमिकता राख्दै सबै गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण कार्य गतिशील रूपमा अघि बढाइएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।वडाको गुलढुङ्ग्रा,सिराडी, माथिल्लो तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतक

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 141 पटक पढिएको
  • भौतिक मन्त्री दाहाल मनिला प्रस्थान

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आईतबार राती उनी त्यस तर्फ प्रस्थान गरेका हुन् । एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधी मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् । सम्मेलनमा नेपाल सहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्र

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 261 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 240 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा