काठमाडौं— स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकारलाई प्राथमिकता दिन आग्रह गरेको छ। समाजले समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र समावेशिताका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्न पनि सरकार, संघीय संसद् र राजनीतिक दलसँग आग्रह गरेको छ।काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा समाजका संयोजक कर्णबहादुर नेपालीले संविधान संशोधनलाई दलित अधिकार थप सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।उनले दलित समुदायको अर्थपूर्ण सहभागिताबिना संविधान संशोधनले सामाजिक न्यायको उद्देश्य पूरा गर्न नसक्ने उल्लेख गरे। उनले संशोधन प्रक्रिया सहभागितामूलक
काठमाडौं / सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने निर्णय भएको छ ।’ उनको अनुसार शैक्षिक परामर्ष भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली २०८३ स्वीकृत गर्ने पनि निर्णय भएको छ ।
काठमाडौं / काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ। बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गरेकी हुन्। महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले महत्वपूर्ण सहयोग पु¥याउने जनाएको छ। प्रयोगशालाले उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोग न्यूनीकरण तथा खाद्य व्यवसायमा गुणस्तर कायम गर्न सहयोग गर्ने महानगरको भनाइ छ। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डङ्गोलले खाद्य अनुगमनका क्रममा
विराटनगर / सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ । बजेट पारित गराउन सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गर्नुपरेको हो । मुख्यमन्त्री तथा मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाएका थिए। केही सांसदले हस्ताक्षर अभियानसमेत चलाएपछि प्रदेशसभा बैठक पटक–पटक स्थगित भएको थियो । सांसदहरूको असन्तुष्टि बढेपछि सरकारले विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ बजेट कटौती सरेन्डर गरेर
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने बताएका छन् ।‘प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ के यसले शैक्षिक परामर्श क्षेत्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छ रु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले नेपाली शैक्षिक परामर्श व्यवसायीहरू विदेशमा विद्यार्थी पठाउन मात्र नभई भविष्यमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि ल्याउनसमेत सक्षम रहेको बताए ।उनले भने, ‘आजका शैक्षिक परामर्श व्यवसायीहरू देशबाट विदेशमा विद्यार्थी पठाउन मात्
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन् ।सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले पर्यटन क्षेत्रको व्यवस्थापन तथा विकाससँग सम्बन्धित प्रावधान समेटिएको विधेयकमाथि समितिमा दफावार छलफल गर्न प्रस्ताव गरेका थिए । प्रस्तावमाथि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठ
काठमाडौं / सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेड पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने भएको छ । यसका लागि कम्पनीले प्रारम्भीक सार्वजनिक निष्कासन आईपीओको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन ९इश्यु म्यानेजमेन्ट० सम्बन्धी सम्झौता गरेको छ । सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईजी सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियाअन्तर्गत आफ्नो संस्थाले निष्कासन व्यवस्थापनको जिम्मेवारी लिएको बताए ।उनले नेश्नल क्यापिटल नेपाल नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर भएको उल्लेख गर्दै पोर्टफो
काठमाडौं / एमालेका प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेको थप करिब ५० वटा घाइते भएको बताएका हुन् । उनले किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।उनले भने, ‘मेरो गृह जिल्ला बझाङको सुर्म गाउपालिका वडा नम्वर २ मा २२ गते राति ठुलो चट्याङ परेर रण बहादुर बोहोरा र लाल चन्द्र बोहोराको करिब १०० ओटा भोडा मरे र ५० वटा जति घाइते भएका छन् ।’ उनले उक्त घटनाबाट
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनाको काम अघि बढाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बोहराले कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि भारतसँगको कूटनीतिक पहल अभावमा महाकाली नदीको पानी प्रयोग हुन नसकेको बताए ।उनले भने, ‘महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना बनेको छ । जुन मेरो निर्वाचन क्षेत्र कञ्चनपुरमा पर्छ । यो आयोजना शारदा ब्यारेज हुँदै महाकाली नदीको पानी दुवै देशले प्रयोग गर्ने भनिएको छ । तर भारतसँग कूटनीतिक पहल नहुँदा यहाँ प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.