समाचार

    Showing 1,541-1,550 of 16,872 items.
  • सरकारले गरेको भ्रष्टाचारविरुद्ध जेन जी पुस्ताले सोमबार विरोध प्रदर्शन गर्दै

    काठमाडौं— जेन जी पुस्ताले भोलि भदौ २३ गते काठमाडौंमा विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको छ । भ्रष्टाचार अन्त्यको माग गर्दै यो पुस्ताले विशाल प्रदर्शनको तयारी गर्ने घोषणा गरेको हो ।उक्त प्रदर्शन विभिन्न सामाजिक अभियान्ताहरुले सेप्टेम्बर ८ लाई विशेष दिनको रुपमा मानेर जेन जी पुस्ताले गर्न लागेको जनाएको छ । प्रदर्शनका लागि सामाजिक सञ्जालहरु फेसबुक, टिकटकमार्फत् गरिएको व्यापाक प्रचार प्रसार गर्दै जेन जी पुस्ताहरुले भोलि सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध, सुशासन स्थापना गर्न र भोलिको नयाँ नेपालको लागि सडकमा आउन बाध्य भएको भन्दै जेन जी पुस्ता

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 360 पटक पढिएको
  • चुली हिमाल आरोहरणका लागि खुला

    काठमाडौं— चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । नेपाल पर्वतारोहण सङ्घले आरोहणका लागि व्यवस्थापन गर्दै आएको सो हिमाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको हो । 

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 332 पटक पढिएको
  • रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह

    रामेछाप—  रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ । शनिबार रामेछापको टुँडिखेलमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले रामेछाप नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गरे । नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बानियाँले रामेछापलाई बालमैत्री नगर घोषणा गर्दै यसलाई कायम राख्न आग्रह गरे । कार्यक्रममा नगरप्रमुख न्यौपानेले रामेछाप नगरमा ७ हजार ८८ घरधुरी रहेका र त्यसमा ३६ हजार ६ सय २१ जनसङ्ख्या रहेको जानकारी दिए । १८ वर्ष मुनिका १० हजार २ सय ४१ जना बालबालिका रहेका उनले बताए ।&nbs

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 371 पटक पढिएको
  • मनाङ उपनिर्वाचनका लागि कांग्रेस दल दर्ता गर्ने तयारीमा

    काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा क्षेत्र (२) मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपनिर्वाचनलाई लिएर आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो।बैठकमा सहभागी कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायका अनुसार, 'आजको बैठकको मुख्य एजेण्डा नै मनाङको निर्वाचनमा दल दर्ता गर्ने विषय थियो।' उनका अनुसार पार्टी अब निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा छ।उपनिर्वाचन कहिले हुने भन्ने निर्वाचन आयोगले मिति त

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 323 पटक पढिएको
  • सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्ः योगेश भट्टराई

    काठमाडौं— सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन्ने कानुन अनुसार हुनुपर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले आफू संसदमा पुगेको सूचना प्रविधी लगायतका कानुन बनाएर मात्र नियमन गर्नु पर्छ भन्ने पक्षमा रहेको बताए ।‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने‘ यसका लागि संसदमा पुगेका विधेयकहरु पास हुनुपर्छ । त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो। तर निर्देशिकाबाटै काम शुरु भयो’ ।  उनले सरकारले निर्देशिकाको

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 410 पटक पढिएको
  • विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

    महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१२ का १३ वर्षीय गौतम पासवान चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट साइकल चढेर विद्यालय गएका बालक अहिलेसम्म नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीसमक्ष निवेदन दिएका छन्।गौतम जनता माध्यमिक विद्यालय, डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबार बिहान विद्यालय जान घरबाट निस्किएका थिए। त्यसपछि कुनै सम्पर्क नभएको उनका काका प्रमोद पासवानले जानकारी दिए।बेपत्ता भएपछि परिवारले हात्तीलेट प्रहरी चौकीमा निवेदन दिएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश बमले बालकको खोजीमा सक्रिय रहेको बताएका छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 328 पटक पढिएको
  • निजामती दिवसमा मार्तडी बजारको फोहर संकलन गरियो

    बाजुरा— बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो ।मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो ।२२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्र

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 363 पटक पढिएको
  • भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री बाँनिया

    रामेछाप— वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए । कार्यक्रममा भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले आयोगले जिल्लामा हालसम्म गरेका काम र काम गर्ने क्रममा आएका चुनौती बारे मुख्यमन्त्री बानियालाई जानकारी गराएका थिए ।सम

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 366 पटक पढिएको
  • सामाजिक सञ्जाल बन्दप्रति कांग्रेसको चासो, सरकारसँग जवाफ माग्ने

    काठमाडौं— नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।  सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् ।  आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक  सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘ केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो । बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द ग

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 323 पटक पढिएको
  • नीति सम्मेलनको तयारीमा चैतन्य एकेडेमीः पूर्वसचिव त्रिताललाई सम्मान गर्दै

    काठमाडौं— चैतन्य एकेडेमीले विगत १३ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औं श्रृङ्खला भदौ २७ र २८ गते धुलिखेलमा आयोजना गर्दैछ । सोही अवसरमा नेपाल सरकारका पूर्वसचिव समेत रहेका शारदा प्रसाद त्रिताललाई एकेडेमीले एक लाख राशिको सम्मान प्रदान गर्न लागेको चैतन्य ग्रुपका सीईओ गणेश प्रसाद जोशीले जानकारी दिए ।‘उत्कृष्ट सार्वजनिक सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता, नागरिकमैत्री सेवा तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न हामीले प्रत्येक वर्ष सम्मान प्रदान गर्दै आएका छौं । निजामती सेवाका उत्कृष्ट बहालवाला वा सेवा निवृत्त मध्ये एक कर्मचारीलाई प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएका छौं,’ उनले भने । 

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 252 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा