म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । “भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो”, उहाँले भन्नुभयो, “ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।” एक सयभन्द
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशक
काठमाडौँ। पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएक
काँक्रेविहार। भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ ।त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ । तल्लुदेखि त्रिपुराकोटसम्मको सडकमा दुईवटा ठेक्का लगाइएको छ । तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा रु ८८ करोड ६२ लाखमा सम्झौता गरेको थियो ।त्यस्तै त्रिवेणीदेखि–त्रिपुराकोट खण्डको रु ८५ करोड लागतमा मैनाचुली–सिस्ने जेभीले २०८२ साउनमा सम्झौता गरे पनि कामको सुरुआत नै गरेको छैन ।
ललितपुर। बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ ।विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ
काठमाडौं— एपिएफ स्कूलको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका लीलाबहादुर लामा तामाङको अर्को चकित पार्ने कर्तुत सार्वजनिक भएको छ। यसपटक उनीमाथि तीन दशकदेखि पर्यटन क्षेत्रमा प्रतिष्ठा कमाएको हिमाल रिजाइन प्रा.लि.लाई योजनाबद्ध रूपमा कब्जामा लिएर करोडौँ रुपैयाँको आर्थिक क्षति पुर्याएको आरोप लागेको छ।स्रोतका अनुसार लाजिम्पाटस्थित पालु रेष्टुरेन्ट तथा एमडी एडभेन्चर टुर एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका लामाले गत वर्ष कम्पनीको ७५ प्रतिशत शेयर किन्ने प्रस्ताव राख्दै सञ्चालक विष्णु अधिकारीको विश्वास जितेका थिए। सुरुमा लगातार हिमाल रिजाइनबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दै विश
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र एकसय अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्।मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले उद्योग, व्यापार, लगानी र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने गरी मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको बताइन्।उनले उद्योग तथा व्यवसायको विकास, लगानी प्रवद्र्धन, स्वदेशी उद्योगलाई छुट तथा सहुलियत, युवा उद्यमीलाई बिना
काठमाडौं / कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यान महासंघले स्वदेशी सफ्टवेयर उद्योगको विकास, रोजगारी सिर्जना र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले स्पष्ट सफ्टवेयर खरिद निर्देशिका लागू गर्नुका साथै अनुगमन, मूल्यांकन तथा अनुसन्धान एवं विकासका लागि छुट्टै संस्थागत इकाइ स्थापना गर्नुपर्ने माग गरेको छ ।क्यान महासंघको सफ्टवेयर तथा सेवा समितिले प्रेसिडेन्सियल कलेजको सहकार्यमा काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजना गरेको ‘केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार रु नेपाली प्रविधि र रोजगारीको भविष्य’ विषयक नीतिगत अन्तरक्रियामा सहभागीहरूले सरकार र निजी क्षेत्रबीच प्
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा।विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको पूर्णपाठ १– नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम यस बैंकले आफ्नो उद्देश्य हासिल गर्ने गरी आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस क्रममा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति पच्चिसौं हो ।२– मौद्रिक नीति सार्वजनिक गर्
काठमाडौं / सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रावधान, अपाङ्गता भएका व्यक्तिको अधिकार, भाषा प्रयोग तथा सामाजिक सोच निर्माणमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । समाचार, लेख तथा अन्य सञ्चार सामग्री तयार गर्दा अपाङ्गता भएका व्यक्तिलाई कमजोर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.