समाचार

    Showing 1,591-1,600 of 16,893 items.
  • सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामा वा त्यस्तै महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ । साथै छलफल र अन्तरक्रिया आयोजना गरेर जस

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 145 पटक पढिएको
  • जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहो¥याएका छन् ।शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम आप्रवासन नीतिमा समेत जलवायु परिवर्तनको विषय समेटिएकोले जानकारी दिएका थिए । मन्त्री भण्डारीले नेपाल सरकारले जलवायु परिवर्तनलाई प्राथमिकताका साथ हेरेको स्मरण गर्दै सगरमाथा संवाद र २५ बुँदे घोषणापत्रलाई उदाहरणको रुपमा प्रस्तुत गरे । नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 107 पटक पढिएको
  • कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

    कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 205 पटक पढिएको
  • काष्ठमण्डप कप मंगलबारदेखि हुँदै

    काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् । बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 162 पटक पढिएको
  • मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट

    मकवानपुर  । मकवानपुरको पूर्वी  बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो।पसल सञ्चालक गम्भीर घाइते:आगलागीमा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा उनको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ।हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 110 पटक पढिएको
  • बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जस अन्तरगत नेपाल र बंगलादेशबीचको पहिलो खेल शनिबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुन लागेको छ । साथै दोस्रो खेल मंगलबार हुने तय भएको छ । विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ । यदि दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 116 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैगरी, मधेस र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा पनि वर्षाले जनजीवन प्रभावित पारेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थो

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 290 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२  पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुप

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 234 पटक पढिएको
  • ‘जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा पर्यो’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको बताएका छन् । माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनका असरहरुले संकटमा परेको भन्दै त्यसको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका हुन् । उनले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 242 पटक पढिएको
  • ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

    काठमाडौं । ‘विद्यालय’ फिल्मका निर्देशक अन्तरिक्ष अधिकारीले ‘विद्यालय’ चलचित्रले अभिभावकलाई सुसुचित गर्ने बताएका छन् । शुक्रबार ‘विद्यालय’ नामक शैक्षिक चेतनामूलक भिडियो प्रदर्शन गर्दै उनले विद्यार्थीका हक हितमा फिल्म बनाएको दाबी गरे । उनले फिल्म प्रदर्शनबाट उठेको पैसाले केही विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने पनि बताए । ‘फिल्मको कथावस्तु भन्नाले विद्यालय नै पहिलो घर हो, बाबुआमा पहिलो शिक्षक शिक्षिका हुन् । संस्कार हामीले घरबाट नै दिनुपर्छ ।  फिल्मको मुलभूत उद्देश्य भनेको नै अभिभावकलाई सुसुचित गर्ने हो,’ उनले भने । त्यस्तै उक्त चलचित्र हेर्न आएका विद्यार्थी प्रविन ढुंगान

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 203 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा