समाचार

    Showing 16,881-16,890 of 26,712 items.
  • पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने

    काठमाण्डौ  ।   विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो। यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ।विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरूको सम्बन्

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 402 पटक पढिएको
  • पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा परम्परागत ‘कार्तिक नाच’सुरू

    काठमांडू   ।    भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर देखाइँदै आएको ‘कार्तिक नाच’ सुरु भएको छ। बुधबारदेखि पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा ‘कार्तिक नाच’ सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । ‘भगवान् विष्णुका विभिन्न १७ वटा कथामा आधारित रहेर बुधबारदेखि हरेक दिन फरकफरक नाच देखाइने छ’, उनले भने , ‘आगामी नवंबर १५ सम्म सञ्चालन हुने नाच धार्मिक र तान्त्रिक महत्वसंग पनि जोडिएको छ। यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि लिइन्छ, जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ।’ नेपाल संवत् ७६१ अर्थात् विसं

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 299 पटक पढिएको
  • नेपालक़ो ऐतिहासिक प्रेस अब अबलोकनका लागि राखिने

    बिराटनगर   ।   नेपालको पहिलो आमनिर्वाचन १९५९ को प्रचारप्रसार सामग्री छाप्नका तत्कालीन कम्युनिष्ट नेता राधाप्रसाद घिमिरेले विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) त्रिभुवन विश्वविद्यालयले अवलोकनका लागि राखिने भएको छ ।स्वर्गीय घिमिरेको परिवारले उपलब्ध गराएपछि विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा मुद्रण यन्त्र प्रदर्शनका लागि राख्ने भएको हो । सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस  १९५७ मा घिमिरले विराटनगर ल्याएका थिए ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 396 पटक पढिएको
  • दुई अन्तरदेशिय बिद्युत प्रशारण लाइन नेपाल भारत बिच सहमतिक़ो तयारी

    इनरुवा  ।   दुई अन्तरदेशीय प्रसारण लाइन लगानी मोडालिटीमा नेपाल र भारतका अधिकारीहरू सहमति नजिक पुगेका छन् ।नेपालको इनरुवा र भारतको पूर्णिया जोड्ने ४०० केभी प्रसारण लाइन र सो क्षमताको लम्की–बरेली प्रसारण लाइनको लगानी मोडालिटीमा दुवै देशका अधिकारीहरूबीच समान धारणा बनेको हो ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 353 पटक पढिएको
  • मोरङ प्रहरीद्वारा दुईवटा तास खालमा छापा, २० जना पक्राउ

    विराटनगर  ।  मोरङ प्रहरीले तासका दुईवटा खालमा बुधबार मध्यराति छापा हानेको छ । त्यस क्रममा अलगअलग खालबाट २० जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–६ भट्टी मोडका विशाल देवान राईको घरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको संयुक्त टोलीले राति ११ः३० बजेतिर तासको खालमा छापा हानेको थियो ।प्रहरीले छापा हानेर तास खेलिरहेका विराटनगर–२ का ३६ वर्षीय विशाल मण्डल, विराटनगर–६ का ५५ वर्षीय गंगाराम मण्डल, २८ वर्षीय शम्भु सहनी, ५५ वर्षीय मनबहादुर कार्की, ३२ वर्षीय भोला सहनी, रव

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 285 पटक पढिएको
  • सत्रकिलो दुर्घटना (अपडेट) : पाँच जनाको मृत्यु, पाँच घाइते

    काठमाडौं–नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजे बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। माइक्रोबस चालकको नाम थर खुल्न नसकेको भए पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।गोरखाको आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्, जसमा एक जनाको अवस्था गम्भीर छ। दुर्घटनामा ज्यान गुमाउने र घाइते सबै माइक्रोबसका यात्रु हुन्। बसमा सवार यात्रुहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच घाइते

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 369 पटक पढिएको
  • बालिकाको मृत्युपछि उपचारमा संलग्न तीन चिकित्सक पक्राउ

    काठमाडौं–डोटीमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएपछि तीन जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। खेल्दै गर्दा लडेर हात भाँच्चिएकी बालिकालाई उपचारका लागि सुजङ अस्पताल लगिएको थियो। शल्यक्रिया गर्दा औषधीले रियाक्सन भएको भन्दै आफन्तले उजुरी दिएपछि चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी, र अभिषेक यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक बालिकाको शव अस्पतालमै रहेको पनि प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 265 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकमा दुर्घटना, चारको मृत्यु, छ घाइते

    काठमाडौं–नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस ठोक्किँदा यो दुर्घटना भएको हो।दुर्घटनामा विद्युतीय सवारीमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, ४० वर्षीया अज्ञात महिला, ३२ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। घाइते भएका अन्य छ जनामध्ये दुईको भरतपुर अस्पताल र चारको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 308 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू‍भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्या

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 488 पटक पढिएको
  • पोखरा विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

    काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।बिहीबार सिचुवान एयरलाइन्सको विमानले दोस्रो पटक पोखरा विमानस्थलमा उडान भरेको हो । यसअघि सोही एयरलाइन्सले ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको थियो । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । सिचुवानले एयरबस ३१९ जहाजबाट १२० जना यात्रु बोकेर पोखरामा उडान गरेको हो ।नियमित र व्यावसायिक अन्तरराष्ट्

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.