समाचार

    Showing 16,901-16,910 of 24,983 items.
  • लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

    बिराटनगर  ।   मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔष

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 719 पटक पढिएको
  • पसुपतीनगरको दुइमाइलबाट लाखैको तस्करिको चुरोट पक्राउ

    फिक्कल ।  नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीकाे प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले चुरोट बरामद गरेको हो ।इलामको सुर्योदय नगरपालिका २ स्थित दुईमाईल सीमा इलाकाबाट १४ गते आइतबार करिव ६ लाख ७५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको ९ कार्टुन शिखर चुरोट बरामद  गरेको छ ।चुरोट लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीकाे सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएकाे  सशस्त्र प्रहरीले भनेको छ । बरामद चुरोट पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 282 पटक पढिएको
  • क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा डम्बर साहलाई पक्राउ

    काठमाडौं   ।    क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका १० डुम्री का ३२ वर्षीय डम्बर साहलाई पक्राउ गरेको छ। साहलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरेको हो।क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको प्रहरीको अनुमान छ। साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जस्ता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 384 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु

    काठमाडौँ । उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा बसमा ३७ जना सवारमा १९ जनाको मृत्यु भएको छ भने दुर्घटनामा १८ जना घाइते भएका छन् । राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताए । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुवै गाडी जलेको देखिएको छ ।घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ । तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा  देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घ

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 243 पटक पढिएको
  • नेपालकी पृथ्वीया थापाले जितिन् मिसेस वल्र्डमा ‘ह्युमनिटेरियन अवार्ड’

    काठमाडौँ । अमेरिकाको लसभेगासमा भएको विवाहित महिलाहरुबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड-२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । शीर्ष उपाधिबाहेक सात विधागत उपाधि रहेको प्रतियोगितामा सेमीफाइनलसम्मको यात्रा तय गरेकी पृथ्वीयाले यो अवार्ड जितेकी हुन् ।अवार्ड जितेपछि पृथ्वीयाले आफूले अझ बढी तयारी गरेर प्रतिष्पर्धामा सहभागिता जनाउन सकेको भए शीर्ष उपाधि जित्न सक्ने दाबी गरिन् । उनी उपाधि सहित यसै साता नेपाल फर्कँदै छिन् । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वल्र्ड’मा नेपालले सहभागिता जनाएक

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 225 पटक पढिएको
  • इमरान खानलाई निर्वाचनअघि १० वर्षको कारागार सजाय

    एजेन्शी । पाकिस्तानको अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै अहिलेसम्मको १० वर्षको सबैभन्दा कठोर कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदमा परेका राजनीतिज्ञलाई किनारा लगाएको बताएका छन् ।सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित भए । उनिविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् । तैपनि पूर्वक्रिकेट स्टार आफ्नो तल्लो तहमाथि पकड र सत्ताविरोधी वयानबाजीका कारण शक्तिशाली राजनीतिक शक्ति बनेका छन ।गत वर्ष खानक

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 220 पटक पढिएको
  • ह्याकरको नियन्त्रणमा पर्यो त्रिविको रिजल्ट हेर्ने वेबसाइट

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खुकाे वेबसाइट (tuexam.edu.np) ह्याकरको नियन्त्रणमा पुगेको पाइएको छ । मंगलबार बेलुकीदेखि उक्त वेबसाइट ह्याकरको नियन्त्रणमा गएको र साइट खोल्दा 'रोहित रोकाया' नामको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएको पाइएको हो ।वेबसाइट खोल्दा असम्बन्धित व्यक्तिको फेसबुक प्रोफाइलमा रिडाइरेक्ट भएकाे खबर फैलिएपछि अहिले उक्त वेबसाइट खोल्दा 'मेन्टेनेन्स' भइरहेको सन्देश राखिएको छ ।पनिकाले सोमबारदेखि ट्रान्सक्रिप्टसहित विभिन्न प्रमाणपत्र सम्बन्धी सेवा अनलाइनमा आधारित बनाएको थियो । वेबसाइट ह्याक घटनाबाट केके क्षति भयो भन्नेबा

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 306 पटक पढिएको
  • भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा दोषी ठहर

    काठमाडौँ  ।   सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ ।न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।उक्त प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 393 पटक पढिएको
  • आज नेपाल टेलिभिजनको ३९औं बार्षिकोत्सव मनाईंदै

    काठमाडौं  ।  मुलुकलाई टेलिभिजनको दुनियाँमा प्रवेश गराउने नेपाल टेलिभिजन स्थापनाको ३९ बर्ष पूरा भएको छ । पाँचवटा च्यालनमार्फत प्रसारण भइरहेको नेपाल टेलिभिजन, डिजिटल प्लेटफर्मको प्रयोग गरी भूगोल र कार्यक्षेत्रका आधारमा अझ फराकिलो बन्दै गएको छ ।विश्वमा टेलिभिजन प्रसारण प्रारम्भ भएको करिब पाँच दशकपछि नेपालमा पहिलो पटक नेपाल टेलिभिजनको स्थापना भयो । २०४१ साल माघ १७ गते परियोजनाका रुपमा स्थापित नेपाल टेलिभिजनले २०४२ साल साउन २९ गते पहिलोपटक परीक्षण प्रसारण सुरु गरेको हो ।२०४२ साल पुष १४ गतेदेखि दैनिक दुइ घण्टाबाट प्रसारण प्रारम्भ गरेको नेपाल टेलिभिजनका पाँचवटा च्यानलहरु नेपाल टेलिभिजन

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 267 पटक पढिएको
  • बिपी प्रतिष्ठानका उपकुलपति माथि मोबिल प्रहार, तीन जना पक्राउ

    इटहरि । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  कायममुकायम उपकुलपति डा प्रल्हाद कार्की माथि मोबिल प्रहार भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञानमा रहेको उनको कार्यकक्षमा भेट्न गएको क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले उनलाई कार्यकक्षमै मोबिलले हानेका थिए । तीन जनाको समूहमा रहेका क्रान्तिकारीका कार्यकर्ताहरूले मोबिल हाने पनि सँगै रहेका सुरक्षाकर्मीहरूले छेकेपछि उनलाई मोबिल भने लागेन ।मोबिल हानेपछि उनीहरूले उपकुलपति विरुद्ध नाराबाजी समेत गरेका थिए । उनले प्रतिष्ठानलाई बन्धक बनाएको र हजारौँ कर्मचारीलाई बन्धक बनाएको मोबिल हान्नेहरूले बताएका छन् ।कार्कीमाथि मोबिल प्रहार गर्ने तीन जन

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 366 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.