समाचार

    Showing 1,771-1,780 of 26,479 items.
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले मङलबार राती १२:०० बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रतिलिटर पेट्रोल २० रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँले घटाइएको जानकारी गराएको हो । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको निगमले जनाएको छ । साथै, खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेको छ ।पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटसँगै इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन

    • प्रकाशित मितिः असार १७, २०८३
    • 517 पटक पढिएको
  • वाम एकताको नयाँ रोइलो कि पुरानै सत्ताको प्रतिध्वनि?

    देबेन्द्र किशोर  ।   नेपाली राजनीतिमा फेरि एकपटक 'वाम सहकार्य', 'वाम एकता' र 'देशभक्त शक्तिको ध्रुवीकरण' का नाराहरू गुञ्जिन थालेका छन्। लामो समयपछि एउटै मञ्चमा उभिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितका शीर्ष नेताहरूले सरकारविरुद्ध संयुक्त प्रतिरोध र वाम सहकार्यको आवश्यकता औँल्याए। तर यो घोषणाले राजनीतिक वृत्तमा जति तरंग पैदा गर्‍यो, त्योभन्दा धेरै प्रश्न आम जनतामा जन्मायो—के यो वास्तवमै विचारको एकता हो, वा राजनीतिक अस्तित्व जोगाउने अन्तिम अस्त्र ?वास्तवमा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा एकता र विभाजन कुनै नयाँ विषय हो

    • प्रकाशित मितिः असार १७, २०८३
    • 444 पटक पढिएको
  • कान्ति लोकपथमा राति यात्रा गर्न रोक

    काठमाडौं— भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले असार १६ र १७ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडक) मा रात्रिकालीन यात्रा पूर्ण रूपमा रोक लगाएको छ।प्रशासनले पहिरो, बाढी र सडक अवरुद्ध हुने जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलामा जोखिमपूर्ण गतिविधि नगर्न र मौसम तथा सुरक्षा निकायको आधिकारिक सूचना पालना गर्न सबैलाई आग्रह गरेको छ। आपत्कालीन अवस्थामा निःशुल्क नम्बर ११४९ मा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 419 पटक पढिएको
  • सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा दुई नेपाली चीनमा पक्राउ

    काठमाडौं— चीन–नेपाल सीमावर्ती लप्ची क्षेत्रमा घुम्न गएका दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।सुरक्षा स्रोतका अनुसार काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा असार १२ गते पक्राउ गरी स्थानीय प्रहरीको जिम्मा लगाइएको हो।उनीहरू हाल चीनको न्यालम काउन्टीमा रहेका छन्। उनीहरूको रिहाइका लागि नेपाली सुरक्षा निकाय र अध्यागमन कार्यालयले चिनियाँ पक्षसँग समन्वय गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 485 पटक पढिएको
  • नेप्से २५ अंकको गिरावट

    काठमाडौं— धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक २४.६३ अंकले ओरालो लागेर २६०८.३३ विन्दुमा कायम भएको छ ।मंगलबार बजारमा कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ७९ हजार २८६ पटक खरिदबिक्री भएका छन्। जसबाट कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।मंगलबार कारोबार भएका समग्र उपसूचकहरूमा गिरावट आउँदा बजार राताम्मे बनेको छ। समूहगत रूपमा ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.७४ प्रतिशतको गिरावट देखिएको छ ।आज कारोबारमा आएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्यमा वृद्

    • प्रकाशित मितिः असार १६, २०८३
    • 446 पटक पढिएको
  • कोसीमा लागुऔषधसहित पाँचजना पक्राउ

    विराटनगर— कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको अभियानअन्तर्गत मंगलबार पाँचजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार धनकुटामा आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ७७५ किलो गाँजासहित एक मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। यस्तै, साँगुरीगढीबाट २० किलो गाँजासहित एक जना तथा मोरङका छुट्टाछुट्टै स्थानबाट तीनजनालाई ६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।घटनामा संलग्न सबैमाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 486 पटक पढिएको
  • नागरिकता र भूमि अधिकारको माग गर्दै सुस्ताबासीको माइतीघरमा धर्ना

    काठमाडौं— नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै सुस्ताका बासिन्दाले माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुस्ताको माटो बोकेर सरकारको ध्यानाकर्षण गराउँदै भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्न माग गरेका छन्।प्रदर्शनकारीले आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा र तत्काल नेपाली नागरिकता उपलब्ध गराउन पनि माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सीमासम्बन्धी अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको आरोप छ।‘सुस्ता बचाउ अभियान’को आह्वानमा सुरु गरिएको आन्दोलनका क्रममा प्रधानमन्त्रीको सचिवालयमा पटक–पटक स

    • प्रकाशित मितिः असार १६, २०८३
    • 458 पटक पढिएको
  • भाषा र पहिरनमा मर्यादा अपनाउन सांसदलाई कानुनमन्त्रीको आग्रह

    काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा कायम राख्न सांसदहरूले भाषा, व्यवहार र पहिरनमा मर्यादा अपनाउनुपर्ने बताएकी छन्।६८औँ संसद दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रक्रियागत विवादभन्दा जनताका शिक्षा, स्वास्थ्य, सेवा प्रवाह र जनजीविकाका मुद्दामा केन्द्रित भएर बहस गर्न सांसदहरूलाई आग्रह गरिन्। संसदको गुणस्तर र जनविश्वास सांसदहरूको आचरणबाटै बलियो हुने भन्दै उनले संसदको मर्यादा जोगाउन आफू पनि प्रतिबद्ध रहेको बताइन्।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 440 पटक पढिएको
  • रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

    रसुवा— चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद गरिएको छ।रसुवा भन्सार कार्यालयका अनुसार भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा चकलेट, अचार, कपडा, कफी, खेलौना, थर्मस, भेप, चुरोटलगायतका सामग्री नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य वस्तु रहेका छन्।भन्सार कार्यालयले बिक्रीयोग्य सामान लिलाम तथा उपभोग अयोग्य सामग्री नष्ट गर्ने जनाएको छ। राजस्व चुहावट र अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायसँगको संयुक्त अनुगमनलाई अझ प्रभावकारी बनाइने पनि कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 450 पटक पढिएको
  • भक्तपुरको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन

    काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी  फेला परेको छ।कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाका अनुसार किसान सीता रेग्मीले उत्पादन गरेको उक्त रायोको सागमा ८०.०१६ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी भेटिएकाले नष्ट गर्ने निर्णय गरिएको हो।प्रयोगशालाले परीक्षण गरेका १२ नमुनामध्ये बाँकी ११ वटा तरकारी भने सुरक्षित रहेको जनाएको छ। ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्ने व्यवस्था छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • 466 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.