बाजुरा— बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यहाँका नौं वटै स्थानीय तहले यो बर्षको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएका हुन् ।कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाको कृषि शाखाको आयोजनामा दिवस मनाइएको छ । दिवसमा अवसरमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, किसान र पत्रकारहरु किसानकै खेतबारीमा पुगेर हर्षोल्लासका साथ दिवस मनाएका हुन् । जमिनमा अर्गानिक मल, परम्परा, संस्कृति र प्रविधिलाई आत्मस
काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् । ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो।
काठमाडौं— दोस्रोपटक म्याद थपका लागि पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ । यसअघि विशेषले सात दिनको म्याद थप गरेको थियो ।सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए ।आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्।सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन उल्लेख गर्दै आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८८ अर्ब ९ करोड बेरुजु देखिएको र हालसम्मको अध्यावधिक बेरुजु रु. ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको तथ्य सार्वजनिक भएको बताए।उनले भने,‘बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय हुन सक्दैन। तथापि महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदन पल्टाउँदा २०८१/८२ मा मात्र रु
काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले साधारण भेषमा बारा–पर्सा सीमाक्षेत्रको आकस्मिक अनुगमन गरेका छन्। हाफ पाइन्ट र टिसर्ट लगाएर सीमामा पुगेका उनले स्थानीय बासिन्दा तथा व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै तस्करी, भन्सार छली र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।गृह मन्त्रालयका अनुसार अनुगमनको उद्देश्य सीमाक्षेत्रको वास्तविक अवस्था बुझ्नु, स्थानीयको गुनासो सुन्नु तथा सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनसँग स्थलगत अवस्थाको तुलना गर्नु रहेको थियो।अनुगमनपछि हालसम्म कुनै प्रहरी कर्मचारीमाथि कारबाही गरिएको वा जागिरबाट हटाइएको भन्ने आधिकारिक विवरण सार्वजनिक भएको छैन। त्यस्तै, तस्करीमा प्रहरीको संलग्नता व
काठमाडौं— काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकलको पछाडि बस्ने कैलाली धनगढी नगरपालिका घर भई नैकाप बस्ने २७ वर्षीया मुस्कान भट्ट घाइते भएकी छन्। उनको अवस्था सामान्य छ।
काठमाडौं— काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलाको सूर्यमुखी चोकमा रहेको एक गोदाममा आगलागी हुँदा करिब १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।प्रहरीका अनुसार माँ ट्रेडर्स र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिले सञ्चालन गर्दै आएको गोदाममा आगलागी भएको हो। आगलागीबाट गोदाममा रहेका सामग्री पूर्ण रूपमा नष्ट हुँदा ठूलो आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कैलाली— कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा गएराति बोलेरो जिप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार श्रीमान–श्रीमती घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ च १८६७ नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१–०११ प ३१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।दुर्घटनामा स्कुटर चालक जनक रिमालको टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। पछाडि सवार उनकी श्रीमती धना रिमालको भने टाउको, हात र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।घाइते दुवैलाई तत्काल उपचारका लागि लम्क
धनकुटा— प्रहरीले धनकुटामा मिनी ट्रकमा ओसारपसार भइरहेको ७७५ किलो गाँजा बरामद गरेको छ। प्रहरीले सोमबार बिहान साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर छन्। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ख ४६३५ नम्बरको मिनी ट्रकका चालक कुँवरलाई गाँजासहित पक्राउ गरको हो।उनले चलाएको मिनी ट्रकमा २५ वटा पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.