हेटौंडा— भारततर्फ तस्करी गर्न लागिएको ४ किलो ४२० ग्राम अफिमसहित दुई जनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार हेटौंडा–४ बाट मकवानपुरका ५४ वर्षीय राजकुमार लामा र ४० वर्षीय राजकुमार तितुङलाई नियन्त्रणमा लिएको हो।बरामद अफिमसहित दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं— भारतले नेपाली चियाको निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारबाट समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता आएपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन्।प्रधानमन्त्रीको सचिवालयले चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिने जानकारी दिएपछि उद्योगीहरू सकारात्मक बनेका छन्। उद्योगीहरूले सरकारले समस्या समाधानतर्फ ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याएका हुन्। हाल झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्।भारतको चिया बोर्डले गुणस्तर परीक्षणका लागि नया
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार (आज) साँझ हुने भएको छ।चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण हुन लागेको हो।सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा हुने महाधिवेशन आयोजक समितिल जनाएको छ।महाधिवेशन आयोजक समितिले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। आइतबारदेखि सुरू भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार सम्पन
काठमाडौं— उचित पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको माग गर्दै सुकुम्वासीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट वैकल्पिक व्यवस्था नगरी बाहिरिन निर्देशन दिइएको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न दिइएको समय असार १९ गतेसम्म थप गरेको छ। उपत्यकाका नदी किनारका बस्तीहरू गत वैशाखमा हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।समितिले घरभाडाको व्यवस्था गरिने जानकारीसहित होल्डिङ सेन्टर खाली गर्न भन
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा यही असार २७ र २८ गते ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको मार्गदर्शनमा काठमाडौं उपत्यका विशेष समिति तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा च्याम्पियनसिप हुने लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजकका अनुसार प्रतियोगिता २०२६ जुलाई ११ र १२ ९असार २७ र २८० मा गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा आयोजना हुनेछ । प्रतियोगिताको उद्घाटन समारोह जुल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक
काठमाडौं— धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई अंकले ओरालो लागेर दुई हजार ६४९ दशमलव ५१ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५५ अंकले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको छ।कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता शेयर तीन अर्ब ९४ करोड ५८ लाख चार हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ।कारोबारका आधारमा ग्लोबल आईएमई बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ। यस्तै, ग्लोबल आईएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल
एजेन्सी । शक्तिशाली दुईवटा भूकम्पले भेनेजुएलामा ठूलो क्षति पुर्याएको छ । भवनहरू भत्किएका छन्, विद्युत् आपूर्ति अवरुद्ध भएको छ, सञ्चार सञ्जाल प्रभावित भएको छ, र हजारौं मानिसहरू सुरक्षित आश्रयस्थलतर्फ जान बाध्य भएका छन् । बुधबार ४० सेकेन्डको अन्तरमा आएका ७।२ र ७।५ रेक्टर स्केलका यी दुई भूकम्प पछिल्लो एक शताब्दीभन्दा बढी अवधिमा दक्षिण अमेरिकी देश भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्प हुन्। साथै, यी भूकम्प दशकौँयताकै सबैभन्दा धेरै मानवीय क्षति पुर्याउने भूकम्पका रूपमा दर्ज भएका छन्।तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँको पूर्वाधार व्यापक रूपमा ध्वस्त भएको छ भने राजधा
काठमाडौं— विगत २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८७ जना घाइते भएका छन्। यस अवधिमा मधेस प्रदेशमा सबैभन्दा बढी ३ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ। त्यसैगरी कोसीमा २, बागमती र लुम्बिनीमा १ १ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअवधिमा मधेसमा २९, कोसीमा १८, बागमतीमा ७, काठमाडौँ उपत्यकामा २०, कर्णालीमा ४, सुदूरपश्चिममा २, लुम्बीनीमा ७ र मधेसमा २९ जना घाइत भएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु भएको हो । प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो । यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा।स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।यस्तै, महामन्त्री
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.