समाचार

    Showing 1,861-1,870 of 26,479 items.
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।शक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।  बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • 128 पटक पढिएको
  • साइबर अपराधको आरोपमा पत्रकार विनोद ढकाल पक्राउ

    काठमाडौं— पत्रकार विनोद ढकाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार ढकालविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा दर्ता भएको उजुरीका आधारमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही पुर्जी कार्यान्वयन गर्दै उनलाई पक्राउ गरिएको हो।ढकालले आफ्नो फेसबुकमार्फत प्रहरी महानिरीक्षक दानबहादुर कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललगायत व्यक्तिहरूविरुद्ध विभिन्न टिप्पणी गरेको आरोप छ।क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहेका ढकाललाई थप अनुसन्धानका लागि सुनसरी पठ

    • प्रकाशित मितिः असार १२, २०८३
    • 570 पटक पढिएको
  • लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ: महानिरीक्षक कार्की

    काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए। उनले भने, ‘लागू औषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्यांकले पनि स्पष्ट गरिसकेको छ। यसको रोकथाम, न्यूनीकरण र निय

    • प्रकाशित मितिः असार १२, २०८३
    • 156 पटक पढिएको
  • रास्वपा महाधिवेशनका कारण संसद बैठक फेरि स्थगित

    काठमाडौं—  प्रतिनिधिसभाको बैठक लगातार दोस्रो दिन पनि प्रभावित भएको छ। आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।संसद सचिवालयका अनुसार सभामुख डीपी अर्यालले बैठक भोलि बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन्।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले संसदको नियमित कार्यसूची प्रभावित भएको बताइएको छ। यसअघि हिजोका लागि बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो। अहिले भने आजको बैठकसमेत स्थगित गर्दै भोलिसम्मका लागि सारिएको छ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • 468 पटक पढिएको
  • होल्डिङ सेन्टर खाली गर्न सरकारको ‘ब्याक गियर’, सुकुमवासीलाई थप ७ दिनको समय

    काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई तत्काल बाहिरिन दिएको निर्देशनमा पछि हट्दै थप एक साताको समय दिएको छ। यसअघि असार १२ भित्र सेन्टर खाली गर्न भनिएकोमा अब असार १९ गतेसम्म बस्न पाउने व्यवस्था गरिएको हो।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै घरभाडा व्यवस्थापनका लागि दिइएको समय पर्याप्त नभएको गुनासो आएपछि म्याद थप गरिएको जनाएको छ।सरकारले नदी किनारका बस्ती हटाएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। अहिले भने उनीहरूलाई प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएर सेन्टरबाट विदा गर्ने तयारी भइरहेको छ। उक्त रकम

    • प्रकाशित मितिः असार १२, २०८३
    • 85 पटक पढिएको
  • कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

    हेटौंडा— जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौं उत्कृष्ट प्रशासन कार्यालयको रूपमा स्थापित भएको छ ।गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार मकवानपुर पाँचौं स्थान हासिल गर्न सफल भएको हो। मूल्याङ्कनमा मनाङ पहिलो, म्याग्दी दोस्रो, भक्तपुर तेस्रो तथा रसुवा चौथो स्थानमा रहेका छन् । यसैगरी काठमाडौं ७६औँ तथा धनुषा ७७औँ स्थानमा रहेका छन् ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा फछ्र्यौट लगायतका सूचकहरूको आधारमा गृह मन्त्रालयले कार्यसम्पादन

    • प्रकाशित मितिः असार १२, २०८३
    • 402 पटक पढिएको
  • प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्नुहुने छ ।त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।अर्थमन्त्री स्वर्णिम

    • प्रकाशित मितिः असार १२, २०८३
    • 185 पटक पढिएको
  • खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    काठमाडौं— खर्च अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ । व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ । आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको हो ।महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • 397 पटक पढिएको
  • सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

    काठमाडौं— विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्।विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका ला

    • प्रकाशित मितिः असार १२, २०८३
    • 446 पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२२, निषेधित क्षेत्रमा हर्न बजाउने ८८, लागुपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन २७ अन्य सवारी नियम पालना नगरेका एक हजार ७०० जनालाई कारब

    • प्रकाशित मितिः असार १२, २०८३
    • 218 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.