 
    गुलरिया— बर्दिया जिल्लामा युरिया मलको चरम अभाव भएपछि किसानहरू गम्भीर संकटमा परेका छन्। धानमा आवश्यक समयमा मल हाल्न नपाएका किसानका खेतमा बाली पहेँलिँदै जान थालेको छ।गुलरिया नगरपालिका वडा नं. ३ का किसान बाबुराम यादव युरिया मल खोज्दै दिनभर भौतारिए। उनी कुनै पनि सहकारीको सदस्य नभएकाले मल पाउनबाट बञ्चित भए। “सहकारीको सदस्य नभइकन मल दिँदैनन्, पहिले त सजिलै पाइन्थ्यो, अहिले त भात खान पनि नपाइने जस्तो भयो,” यादवले गुनासो गरे।सरकारले अनुदानमा दिइने मल सहकारीमार्फत मात्रै वितरण गर्ने नीति अपनाएपछि सदस्यता नभएका किसानहरूलाई मल प्राप्त हुन सकेको छैन। सहकारी संस्थामा समेत मलको मात्रा अत्यन्त कम भएको जनाइएक
 
    काठमाडौं— नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।यसका लागि बैंकले भदौ ९ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोज मितिअनुसार भदौ ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर असोज २२ गतेसम्म निष्कासनमा रहनेछ ।बैंकले निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर सी प्लस’ प्रदान गर्दै समयमा वित्तीय दायित्व बहन गर्ने क्षमताम
 
    काठमाडौं— अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे । मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए । उनले भने,‘अहिलेको सरकार जुन छ । अहिलेको संसदीय अंक गणित भित्र यो भन्दा बलियो र स्थिर सरकार अर्को कुनै हुनै सक्दैन् । हामीले यसबीचमा र
 
    रामेछाप— मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सशस्त्र द्वन्द्वको बेलामा बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ । आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सञ्जालले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्ने र उनीहरूको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट ३० का दिन बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गरिँदै आएको स्मरण गराएको छ । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने उल्लेख भएको स्मरण गराउँदै सञ्जालले उन
 
    काठमाडौं— गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिए। आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए। “राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न
 
    पर्सा— पर्सामा फैलिएको झाडापखाला तथा हैजाको प्रकोप दैनिक रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार गत २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९ जना उपचारपछि घर फर्किका छन् भने १ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इडिसिडीले जनाएको छ । गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका केश देखिन थालेपछि जाँच गर्दा भदौ ५ गते हैजा पुष्टि भएको थियो । त्यसपछि संक्रमितकहरु दैनिक रूपमा थपिँदै गएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । प्रकोप नियन्त्रणका लागि हाल संघिय सरकारदेखि प्रदेश
 
    जनकपुर— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नु भन्दा लडाई लडेर लिनुपर्ने बताएका छन् ।जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवशनको उद्घाटन सक्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन् । उनले जसपा नेपाल पार्टी दलितको हकहितका लागि संघर्षरत्त रहेको र अगाडि पनि संघर्ष जारी राख्ने बताए । उनले आफूहरुको लडाईमा दलित समुदायलाई साथ दिन आग्रह गरे । उनले अहिलेको परिस्थितीमा रोएर बसे भने अधिकार प्राप्त नहुने बताउँदै सबैले लडेर अधिकार प्राप्ति गर्नुपर्ने ज
 
    काठमाडौं— शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले यो प्रतिनिधिमुलक धर्ना भएको समेत बताए ।नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासंघको आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत छौं । भाद्र ११ गते बाट हामीले धर्नाको
 
    काठमाडौं— सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् । आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरांै । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो
 
    काठमाडौं— काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ ।यस वर्ष भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिदैछ । बिहिबार (भाद्र १९ गते) विशेष साइतमा यसिं थनेगु (इन्द्र ध्वजोत्थान) अर्थात् ध्वजोत्थान विधि सम्पन्न गरिन्छ । इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.