काठमाडौं। नेपालको निजी शिक्षा क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उभिएको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण–२०८१’ अनुसार निजी, सामुदायिक तथा गुठीअन्तर्गत सञ्चालित शिक्षण संस्थामा कुल ३ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ।सर्वेक्षणले निजी शिक्षण संस्थाले वार्षिक १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको शैक्षिक सेवा उत्पादन गरेको र अर्थतन्त्रमा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको योगदान पुर्याएको देखाएको छ।देशभर १० हजार ४११ निजी शिक्षण संस्थामा ३७ लाख ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यिनै संस्थाबाट ३ लाख ११ हजारभन्दा बढी व्यक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् ।मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिक र बाँकि आठ जनालाई पक्राउ गरिएको थियो। यस्तै खैरो हेरोइन ३१० मिलिग्रामसहित २५ वर्षीय सुरेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित कैलारी गाउँपालिका–७ हौसलपुरबाट भारतको लखिमपुर खिरी बेलापर्शुवाका ४७ वर्षका हरिचन्द्र कठरिया पक्राउ परेका छन् ।साथै टिकापुर नगरपालिका–२ राजीपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चारलाई टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हिरोइन र ५७० मिलिग्राम चरेशसहि
एजेन्सी। अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले विशेष योजना अघि बढाएको छ।उद्धार अभियान अमेरिका, इरान, खाडी राष्ट्रहरू र शिपिङ कम्पनीहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। साथै, विश्व व्यापारका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने तयारीसमेत गरिएको छ।द्वन्द्व कम गर्न अमेरिका र इरानबीच अन्तरिम सम्झौता भए पनि आणविक कार्यक्रमलगायत केही विषयमा विवाद अझै कायम रहेको छ।खाडी क्षेत्रमा बढ्दो तनावबीच हजारौँ नाविकको सुरक्ष
भोजपुर। किसानले लगाएको बाली जोगाउन भोजपुरमा अब नयाँ अभियान सुरु हुने भएको छ। बाँदरको बढ्दो आतंक नियन्त्रण गर्न स्थानीय सरकारले बन्ध्याकरण कार्यक्रम ल्याएको छ।भोजपुरको पौवादुङमा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।बाँदरका कारण मकै, कोदो, आलुलगायतका बालीमा ठूलो क्षति हुन थालेपछि गाउँपालिकाले यो योजना अघि सारेको हो। स्थानीय सरकारका अनुसार बाँदर मार्ने होइन, उनीहरूको प्रजनन दर नियन्त्रण गरेर दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ।कार्यक्रमका लागि पहिलो चरणमा पाँच लाख रुपैयाँ बजेट छुट्याइएको छ भने संघीय
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने भएका छन्। विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका सदस्यहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ। विदेशबाट १६३ प्रतिनिधि रहेकामा महाधिवेशनमा उपस्थित हुन नसक्नेहरूले अनलाइन माध्यमबाट नेतृत्व चयनमा सहभागिता जनाउनेछन्। यता, महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरूका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइँदै छ।९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निकै चर्किएको छ। निर्वाचन आयोगल
सुनसरी । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक वरिष्ठ सई लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन
काठमाडौं— नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको म
काठमाडौं— संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकहरूलाई उद्धार गर्ने तयारी गरिरहेको छ ।यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देश र शिपिङ कम्पनीको सहयोगमा सञ्चालन गरिनेछ । यस क्रममा जहाजहरू स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिनेछ ।द्वन्द्व अन्त्य गर्न गत हप्ता एक अन्तरिम सम्झौता ९एमओयू० मा हस्ताक्षर भएको थियो, तर अमेरिका र इरानबीच अझै पनि केही मुद्दाहरू समाधान हुन बाँकी छन् ।अमेरिकाले भनेको छ कि यो एमओयूमा इरानको आणविक का
काठमाडौं— बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७४
चितवन— चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा अतिथि व्यवस्थापनलाई लिएर विवाद उत्पन्न भएको छ। कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिहरूप्रति उचित सम्मान नदेखाइएको भन्दै पार्टी सभापति रवि लामिछाने असन्तुष्ट बनेका छन्।स्रोतका अनुसार, कार्यक्रममा आमन्त्रित केही अतिथिहरूले अपेक्षित सम्मान र व्यवस्थापन नपाएको गुनासो गरेपछि लामिछानेले यस विषयमा चासो व्यक्त गरेका थिए। घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सम्बन्धित पक्षसँग स्पष्टीकरणसमेत मागेको बताइएको छ।महाधिवेशनको व्यवस्थापनमा संलग्न रहेका खगेन्द्र सुनारसँग यस विषयमा लामिछानेको असन्तुष्टि देखिएको बताइए पनि पार्टीले औपचारिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.