समाचार

    Showing 2,041-2,050 of 26,479 items.
  • प्राविधिक समस्याले कम्पनी रजिष्ट्रार कार्यालयका सबै अनलाइन सेवा अनिश्चितकालका लागि बन्द

    काठमाडौं— कम्पनी रजिष्ट्रार कार्यालयका सम्पूर्ण अनलाइन सेवा अनिश्चितकालका लागि अवरुद्ध भएका छन्। सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा आएको प्राविधिक समस्याका कारण इन्टरनेट सेवा प्रभावित भएपछि कार्यालयको सर्भर सञ्चालन हुन नसकेको कार्यालयले जनाएको छ।कार्यालयले जारी गरेको सूचनाअनुसार असार २ गते मध्यान्हदेखि समस्या देखिन थालेपछि कम्पनी दर्ता, नवीकरण तथा अन्य सबै अनलाइन सेवा प्रभावित भएका हुन्।प्राविधिक अवरोधका कारण सेवाग्राहीले अनलाइनमार्फत प्राप्त गर्दै आएका सम्पूर्ण सेवा हालका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ। समस्या समाधान भएपछि सेवा पुनः सञ्चालन गरिने भए पनि कहिलेदेखि निय

    • प्रकाशित मितिः असार ४, २०८३
    • 410 पटक पढिएको
  • लिङ्देनमाथि नेतृत्व असफल भएको आरोप लगाउँदै चम्पा अधिकारीद्वारा राप्रपा परित्याग

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेकी छन्।बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र एजेन्डाबाट विचलित भएको आरोप लगाएकी छन्। पार्टीले उठाउँदै आएको सनातन हिन्दु धर्म, राजसंस्था लगायतका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको उनको निष्कर्ष छ।‘नेपालका बहुसंख्यक नागरिक सनातन हिन्दु परम्परामा आबद्ध हुँदाहुँदै पनि सडक, सदन र सरकार कुनै पनि तहमा ती मुद्दा सशक्त रूपमा उठाउन स

    • प्रकाशित मितिः असार ४, २०८३
    • 385 पटक पढिएको
  • जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ पदीय कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।प्रहरी निरीक्षक न्यौपानेले मोरङमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रभावकारी अभियान सञ्चालन गरेका थिए। उनले चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध सेवन तथा मादक पदार्थ सेवन (ला.प.से./मा.प

    • प्रकाशित मितिः असार ४, २०८३
    • 395 पटक पढिएको
  • नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा शेखरनाथ अधिकारी मनोनित

    विर्तामोड—  नेपाल प्रजातन्त्र सेनानी संघ झापाको रिक्त उपाध्यक्ष पदमा शेखरनाथ अधिकारी मनोनित भएका छन्। स्वास्थ्य समस्याका कारण निर्वाचित उपाध्यक्ष उत्तम सुवेदीले राजीनामा दिएपछि रिक्त रहेको पदमा संघको विधानअनुसार अधिकारीलाई जिम्मेवारी दिइएको हो।संघका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको सचिव पङ्कज घिमिरेले जानकारी दिएका छन्। सोही बैठकले विधानबमोजिम केदार खड्का, नारायण पौडेल र दिपेन पाठकलाई संघको सदस्यमा पनि मनोनित गरेको छ।बैठकले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा झापाको धुलाबारी निवासी याम भण्डारीको असामयिक निधनप्रति गहिरो

    • प्रकाशित मितिः असार ४, २०८३
    • 402 पटक पढिएको
  • हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

    झापा। जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो । “प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ”, उहाँले भन्नुभयो, “अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ ।”गतहप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 241 पटक पढिएको
  • रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र

    नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ ।भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ । डोमको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार गरिनेछ, जसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने जनाइएको छ ।मिडिया स्पेस सोलुसन काठमाडौँले सो काम गरिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक स

    • प्रकाशित मितिः असार ४, २०८३
    • 247 पटक पढिएको
  • पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

    बागमती। बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ ।सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ ।तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुुभयो । सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उहाँले यसको

    • प्रकाशित मितिः असार ४, २०८३
    • 250 पटक पढिएको
  • गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’

    धरान। साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन ।  गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरु सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी रोज्दै छन् । कतिपयले त किबी, आलु, सिमी र बोडीका झोला गाडीको डिक्कीमा हालिसकेका छन् । पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक चित्रलाई बयान गरिरहेको छ । एकातिर गर्मीबाट राहत खोज्दै पहाड उक्लिने पर्यटक छन् भने अर्कोतिर उनीहरूकै आगमनले जीव

    • प्रकाशित मितिः असार ४, २०८३
    • 264 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

    मुग्लिन। नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५  तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध  भएको थियो । सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

    • प्रकाशित मितिः असार ४, २०८३
    • 208 पटक पढिएको
  • नेपाल–चीन सम्बन्धको नयाँ चरण: विकास, कूटनीति र रणनीतिक सन्तुलन

    देवेन्द्र किशोर: परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चार दिने चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई पुनः एकपटक उच्च कूटनीतिक प्राथमिकतामा ल्याएको छ। बेइजिङमा भएको उच्चस्तरीय भेटवार्ता, चिनियाँ नेतृत्वसँगको संवाद तथा विभिन्न आर्थिक–सांस्कृतिक कार्यक्रमहरूमा सहभागिताले दुई देशबीचको सम्बन्धलाई  औपचारिकता होइन, व्यावहारिक सहयोग र रणनीतिक समझदारीतर्फ उन्मुख गराएको संकेत गर्दछ। यस भ्रमणपछि जारी विस्तृत प्रेस नोटले नेपाल–चीन सम्बन्धको वर्तमान अवस्था, विकासको दिशा र यसको औचित्यबारे बहुआयामिक सन्देश दिएको छ।नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा मित्रता, पारस्परिक सम्मान र भौगोलिक संवेदनशीलतामा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.