समाचार

    Showing 2,151-2,160 of 26,479 items.
  • टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

    कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ ।भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् । वनका कर्मचारीले टेम्पो काम नलाग्ने थोत्रो अवस्थामा रहेको दावी गरेपनि पीडित परिवार भने सो टेम्पो चल्ने अवस्थामा रहेको बताउँछन् । पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए ।‘टेम्पो राम्रो कण्डिसनमा थियो, हरेक दिन विहान–वेलुका स

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 210 पटक पढिएको
  • कैलाली घटना : टेम्पो फालेर ‘अस्थिपञ्जर’को कथा, वन कार्यालयको स्पष्टीकरणमाथि प्रश्नैप्रश्न

    कैलाली। कैलालीको गोदावरीमा वन कर्मचारीले एक महिलाको जीविकाको आधार बनेको टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको छ। भिडियोमा कर्मचारीहरू मिलेर टेम्पो धकेलिरहेको दृश्य देखिए पनि वन कार्यालयले भने त्यसलाई ‘दुर्घटनावश खसेको फलामे अस्थिपञ्जर’ भन्दै बचाउ गरेको छ। घटनापछि वन प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन् भने प्रहरीले अनुसन्धान सुरु गरेको छ। कैलालीको गोदावरीमा वन कर्मचारीले एक महिलाको टेम्पो भिरबाट धकेलेर खसालेको घटनाले नयाँ विवाद जन्माएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कर्मचारीहरू मिलेर टेम्पो भिरतर्फ धकेलिरहेको स्पष्ट देखिन्छ।घटना गोदावरी नगरपालिका–४

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 146 पटक पढिएको
  • भारतीय अवरोधका कारण नेपाली चिया उद्योग संकटमा, असार १ देखि उद्योग बन्द गर्ने घोषणा

    काठमाडौं— भारतीय पक्षले नेपाली चिया आयातमा लागू गरेको नयाँ प्रशासनिक व्यवस्थाका कारण चिया निर्यात प्रभावित बनेपछि इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरूले असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ ले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ। गुणस्तर परीक्षण प्रक्रिया लामो हुनु, परीक्षण प्रतिवेदन ढिलो आउनु तथा भण्डारणसम्बन्धी जटिलताले ठूलो परिमाणमा चिया बिक्री ह

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 526 पटक पढिएको
  • परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल आइतबारदेखि औपचारिक चीन भ्रमणमा निस्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा उनले बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहकार्यका क्षेत्र विस्तारबारे विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय राजनीतिक ब्युरोका सदस्यसमेत हुन्।मन्त्री खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थि

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 482 पटक पढिएको
  • नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    एजेन्सी । नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् ।उनीहरुले ऊर्जा, व्यापार र कनेक्टिभिटी जस्ता क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार सिर्जना गर्न र साझा समृद्धि हासिल गर्न मद्दत गर्ने बताएका छन्। एएनआईसँग कुरा गर्दै, नेपाल फाउन्डेसनका विज्ञ अर्थात उर्जाविद् विवेकराज कँडेलले यस क्षेत्रका देशहरूले अब एक्लो रहन नसक्ने र पारस्परिक आर्थिक लाभमा आधारित साझेदारी निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘म त्रिपक्षीय सहयोगको धेरै सम्भावना देख्छु । किनभने हामी यस्तो ठाउँमा छौं जहाँ एक्लोपन सहन सक्दैनौं। त्यो भनेक

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 189 पटक पढिएको
  • भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा, अनुसन्धान जारी

    संखुवासभा— संखुवासभाको पाँचखपन नगरपालिका–६ मगरटोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जेठ २९ गते इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले पाँचखपन नगरपालिका–६ निवासी ३५ वर्षीय विनय मगरको घरछेउमा रहेको कागतीको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान लोड गरिएको भरुवा बन्दुक बरामद गरेको हो।भरुवा बन्दुक बरामद भएपछि प्रहरीले विनय मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 435 पटक पढिएको
  • ७ वाणिज्य बैंकको ब्याजदर घट्यो

    काठमाडौं— असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा औसत निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ ।नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठमा ४.३४ प्रतिशत थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेको छ ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले जेठकै दरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड, कुमारी, एनआईसी एशिया, हिमालयन, प्राइम कमर्सियल, लक्ष्मी सनराइज र एनएमबी बैंक रहेका छन् ।अब क

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 444 पटक पढिएको
  • सहआयोजक अमेरिकाको सानदार जितबाट सुरुआत

    वासिंटन, (एजेन्सी)— बेल्जियम र पोर्चुगल तथा जर्मनीसँग अभ्यास खेलमा पराजित भएको अमेरिकाले सानदार जितबाट विश्वकप २०२६ को सुरुआत गरेको छ ।सहआयोजक अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । यो जितको साक्षी हलिउडका प्रतिष्ठित कलाकारहरू टम क्रुज र लियोनार्दो डिकाप्रिओ तथा फुटबल लेजेन्ड डेभिड बेकहामका साथै लस एन्जेलसको स्टेडियममा उपस्थित करिब ७० हजार दर्शक साक्षी बनेका थिए । यो जितससँगैं अमेरिकाले समूह डी मा महत्वपूर्ण तीन अंक पनि जोड्यो ।यसले अमेरिकालाई अन्तिम ३२ मा पु¥याउने संभावना पनि बलियो बनाएको छ । यस समूहमा अरू दुई टोलीमा टर्की र अस्टे«लिया

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 465 पटक पढिएको
  • सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ

    काठमाडौं— दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–७ सुनपतरी नाका निवासी ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्मा निवासी २२ वर्षीय दिलिप परियार रहेका छन्।इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले होटलको एक कोठामा तलासी गर्ने क्रममा २१४ ग्राम ५ सय मिलिग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको थियो।प्रहरीले बरामद गरिएको धातु र पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 399 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।आज  सुनको मूल्य प्रतितोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी तोलामा ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो। 

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.