बिर्तामोड / झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरीरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतकलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड / सशस्त्र प्रहरीले झापाको भद्रपुर नगरपालिका- ६ मन्त्री चोक बस्ने वर्षीय मुगलाल राजवंशीलाई एक थान बन्दुक सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल जिल्ला झापा गण नं २ बाट खटिएको विशेष टोलीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / कैलालीमा लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार राति भजनी नगरपालिका –६ महादेउलीबाट से ३ प ९४० नम्बरको मोटरसाइकल र लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका– १ बस्ने २४ वर्षीय रोहित खडका , २० वर्षीय अन्जान डगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
झापा / महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लिला वडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको हो ।आइतबार बिहान लिला महाकालीको बीच भागमा अड्कीएर रोइकराइ गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
झापा / सोलुखुम्बुमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका –१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेको भिरबाट लडेर मृत्यु भएको हो ।लामाको लबुचे भिरबाट र लामिछानेको सोताङ गाउँपालिका –१ मा रहेको हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।प्रहरीका अनुसार लामा बिहीबार छोराको घर जान्छु भनेर हिँडेका थिए । तर, तीन दिनसम्म गन्तव्यमा नपुगेपछि उनको खोजी गरिएको थियो । खोजतलास गर्दा लामाको भिरबाट लडेर मृत्यु भएको अवस्थामा
झापा / जनकपुरमा प्राकिङमा राखिएको रेलले आजदेखि ड्राइ रन गर्दैछ ।रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार चाकललाई अभ्यस्त पार्न र खराबी परीक्षणको लागि आजदेखि १४ फागुनसम्म खाली रेल कुद्नेछ । रेल खाली भए पनि प्रकिया भने सबै पूरा गरिने छ । अर्थात् तोकिएको समयअनुसार रोकिने ठाउँमा रोकिने छ भने ढोका खुल्ने तथा बन्द हुने सबै काम गरिने छ ।इनरुवाबाट आउने रेल जनकपुर स्टेसनमा केही समय रोकिएर कुर्थाका लागि जानेछ । आजदेखि रेलको परीक्षण सुरु हुने र १५ फागुनपछि यात्रुले चढ्न पाउने महाप्रबन्धक झाले जानकारी दिए ।
बिर्तामोड / झापाको शिवसतासी नगरपालिका -१ स्थित सडकको नालीमा डुबी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुश श्रेष्ठ रहेका छन । हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबी रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड/झापाको मेचीनगर नगरपालिका -१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मान बहादुर बराइली रहेका छन । हिजो बेलुका ४ बजे बराइलीले आफ्नै घरबाट विजुलीको तार जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको उपचारको लागी बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
झापा / मनसा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । झापाको मेचीनगर नगरपालिका –१४ दुहागढीस्थित उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका प्रहरीले जनाएको छ ।उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेका अनुसार बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् ।
काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः ५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः १५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।निगमले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ ९युएन०को शान्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.