समाचार

    Showing 22,791-22,800 of 26,762 items.
  • बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु

    झापा / सङ्खुवासभामा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ । जिल्ला कारागार खाँदबारीमा पाँचखपन नगरपालिका- २ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।असार १ गते साँझ खाना खाएर सकुशल सुतेका तामाङ राति अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा असार २ गते बिहान ५ बजे मृत्यु भएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले बताएका छन् ।  

    • प्रकाशित मितिः असार २, २०७९
    • 83 पटक पढिएको
  • आफ्नै पसलमा काम गर्ने बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

    रूपन्देही / रूपन्देहीमा आफ्नै पसलमा काम गर्ने १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैन नगरपालिका- ३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापा रहेको प्रहरीले जनाएको छ । बुधबार पक्राउ गरेको छ । ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका थापा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 118 पटक पढिएको
  • १६ वर्षीया किशोरी बलात्कृत , २२ वर्षीय युवक पक्राउ

    झापा / कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका- २ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरी रहेको प्रहरीले जनाएको छ ।चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार २, २०७९
    • 76 पटक पढिएको
  • काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ५० केजी हेरोइन बरामद

    काठमाडौं  / काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५० केजी हेरोइन बरामद गरेको छ । लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ । यसबारे विस्तृत विवरण आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 100 पटक पढिएको
  • सुनसरीबाट कटुवा पेस्तोल र लागूऔषध सहित १९ वर्षीय युवक पक्राउ

    बिर्तामोड / सुनसरीको कोशी गाउँपालिका २ स्थितबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उप- महानगरपालिका- ३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राई रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान कोशी गाउँपालिका- २ स्थितबाट राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागूऔषध डाइजापाम १० एम्पुल, नाइट्रोजन १० ट्याबलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिस सहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागुऔषध सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाए

    • प्रकाशित मितिः असार २, २०७९
    • 138 पटक पढिएको
  • निगुरो टिप्न गएकी रेखा बाघको आक्रमणबाट बेपत्ता

    चितवन / सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणमा परी बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका –२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई  बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न आएकामध्ये उनलाई बिहीबार बिहान करिब ७ बजेतिर बाघले आक्रमण गरको प्रहरीले जनाएको छ ।बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जङ्गलतर्फ लगेको सूचना अधिकारी नरहरि अधिकारीले बताए । बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना सहितको टोलीले खोजीकार्य जारी राखेको छ । ह

    • प्रकाशित मितिः असार २, २०७९
    • 72 पटक पढिएको
  • झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापाको झापा गाउँपालिका- ३ कल्लामारी स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीय अख्तर अलि रहेको प्रहरीले जनाएको छ । बुधबार दिउसो सवा २ बजे  मे. १ त ४४१८ नम्बरको ट्याक्टरले  मे ११ प २८२२ नम्बरको  मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा  घाईते भएका अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 94 पटक पढिएको
  • बिहीबार प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।त्यस्तै तेजाबी सुनको मूल्य पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः असार २, २०७९
    • 63 पटक पढिएको
  • रूवाखोलाको पुलबाट ट्रिपर खस्दा चालकको मृत्यु

    झापा / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी - मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।आँबुखैरेनी गाउँपालिका वडा नम्बर -४ रूवाखोलाको पुलबाट बिहीबार बिहान खोलामा ट्रिपर खसेको थियो ।मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको ट्रिपर तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।ट्रिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लग

    • प्रकाशित मितिः असार २, २०७९
    • 116 पटक पढिएको
  • लगातार परेकाे वर्षाका कारण यी स्थनमा बाढी पहिरोको जोखिम बढ्दै, सचेत रहन आग्रह

    झापा  / देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेको छ ।प्रदेश नम्बर १ र बागमती प्रदेशमा केही दिनदेखि वर्षा नरोकिएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र प्रदेश १ का धेरै स्थानमा सामान्य वर्षाको हुनेछ भने राति भने ठूलो पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै देशका विभिन्न भागमा हुने वर्षाका कारण केही नदी तथा खोलामा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मौसम विभागका अनुसार मोरङ, झापा, पाँचथर, खोटाङ, भोजपुर, सुनसरी, उदयपुर, सङ्खुवासभा र ताप्लेजुङ भएर बहने नदी तथा खोलामा बहाव बढ्ने छ

    • प्रकाशित मितिः असार २, २०७९
    • 63 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.