समाचार

    Showing 22,891-22,900 of 26,763 items.
  • कारको ठक्करबाट ३० वर्षीया युवतीको मृत्यु , कार चालक फरार

    बाँके / बाँकेको जानकी गाउँपालिका- ६, कोठारपुरमा कारको ठक्करबाट पैदलयात्री अन्दाजी ३० वर्षीया युवतीको मृत्यु भएको छ ।  ठक्करबाट गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी छ ।बिहीबार (आज ) बिहान करिब ५ बजे बा ४ च १९७५ नम्बरको कारले युवतीलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 74 पटक पढिएको
  • भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको सामाग्री बरामद

    बिर्तामोड / मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैध रुपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका  विराटनगर महानगरपालिका- १२ स्थितबाट अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ९४ हजार मूल्य बराबरको बिभिन्न प्रकारका लत्ता कपडाहरू र बिराटनगर- ६ स्थित केसलिया रोडबाट ना ४ ख १६७८ नम्बरको ट्रकमा अन्दाजी मूल्य २३ लाख ७५ हजार मूल्य बराबरको ५०० बोरा मकै अवैध रूपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा चालक सहित  नियन्त्रणमा लिएको हो । बरामद गर

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 104 पटक पढिएको
  • झापा र इलामबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    बिर्तामोड /  झापाको बिर्तामोड नगरपालिका –५ बाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का ४८ वर्षीय डिजेन राजवंशी र पाँचथरको फिदिम नगरपालिका –७ का २२ वर्षीय सुजन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरूको साथबाट १५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँ समेत बरामद गरिएको डीएसपी पाठकले बताए । त्यस्तै इलामको

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 206 पटक पढिएको
  • १५ वर्षीया किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

    काठमाडौं / ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई  प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका- ३, दियाले घर भएका २३ वर्षीय मिलन परियार रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ती किशोरीलाई जेठ १४ गते साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ । घटनाबारे जानकारी प्राप्त हुने थाहा हुन साथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 105 पटक पढिएको
  • झापा फुटबल क्लबका खेलाडीलाई झापा गोल्ड कपले सम्मान गर्ने

    बिर्तामोड / सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ ।आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय गरेको हो । गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरूप जनही ११ हजार रुपैयाँ प्रदान गरिनेछ ।जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो । खेलाडीलाई प्रोत्साहन गर्न झापा गोल्ड कपले पुरस्कृत गर्ने निर्णय गरेको महासचिव गजेन्द्रबहादुर पौडेलले बताए ।एक विशेष कार्यक्रमको आयोजना गरी क्लबका खेलाडी तथा अफिसियल २८ जनालाई ज

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 58 पटक पढिएको
  • झापामा ११ वर्षीया बालिका बलात्कृत, अर्जुनधाराका २८ वर्षीय राई पक्राउ

    बिर्तामोड /  झापाको अर्जुनधाराबाट ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –११ बस्ने २८ वर्षीय विपिन राई रहेका छन् । मंगलबार राति मेचीनगर नगरपालिका –१३ चारआलीस्थित झिल जाने बाटोमा बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडितका परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा राईलाई बुधबार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 87 पटक पढिएको
  • भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको आरोपमा विमानस्थलबाट एकजना पक्राउ

    काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शरीरको भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९: ४५ बजे  धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिएका छन् ।भट्टराईका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।उनले विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६।५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 96 पटक पढिएको
  • ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

    झापा / प्यूठानमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र बिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर विकले बताए । पीडितलाई आरोपित बिकले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 62 पटक पढिएको
  • पाथीभरामा ‘पोर्टेबल’ शौचालयको निर्माण

    ताप्लेजुङ  / प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरामा दर्शनार्थीको लागि पोर्टेबल शौचालय निर्माण गरिएको छ ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार शौचालय नहुँदा ३ हजार ७ सय ९४ मिटर उचाइँमा रहेको पाथीभरा मन्दिर पुग्ने दर्शनार्थीलाई समस्या हुने गरेकाले पोर्टेबल शौचालय स्थापना गरिएको हो । आवश्यकताअनुसार ठाउँ परिवर्तन गर्न सकिने र शौचालय शौच गर्ने ठाउँ मात्रै सफा गर्दा हुने भएकाले यस्तो शौचालयको निर्माण गरिएको काफ्लेले बताए । मन्दिर परिसर बाहिर हाल तीन शौचालय निर्माण गरिएको छ  भने माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमिटरमा ५ वटा शौचालय जडानको क

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 73 पटक पढिएको
  • मेलम्चीमा आएको बाढीले अस्थायी संरचनामा क्षति

    सिन्धुपाल्चोक / बुधबार रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका- ११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ ।मेलम्ची नगरपालिका- ७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा  अवरुद्ध भएको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.