समाचार

    Showing 3,751-3,760 of 26,533 items.
  • गोल्छा पक्राउ प्रकरण: बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आजै आउने संकेत

    बिर्तामोड— उद्यमी शेखर गोल्छाको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। अब इजलासबाट आदेश आउने प्रतीक्षा गरिएको छ।गोल्छालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सिमा गोल्छाले सोमबार रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ प्रक्रिया सकिएकाले आजै आदेश जारी हुन सक्ने सम्भावना रहेको छ।यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत बिहीबार गोल्छालाई पक्राउ गरेको थियो। पक्राउपछि अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै सोमबार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 506 पटक पढिएको
  • वडादेखि केन्द्रसम्म सुदृढीकरणः झापा ५ मा कांग्रेसको जरा अभियान सम्पन्न

    बिर्तामोड— नेपाली कांग्रेसको जरा अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक अभिमुखीकरण कार्यक्रम झापा क्षेत्र नं–५ को दमकमा सम्पन्न भएको छ। केन्द्रीय समितिको आह्वानमा गत बैशाख १ गतेदेखि सुरु भएको एकमहिने अभियान अन्तर्गत झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन्।राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउने उद्देश्यसहित सुरु गरिएको अभियान अब वडा तहमा केन्द्रित हुने भएको छ। १५ औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ आवेदन प्रक्रिया पूरा गरिसकेका र नगरेका सबैलाई समेट्दै वडा तहबाटै सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिने जनाइएको

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 452 पटक पढिएको
  • झापामा कांग्रेसको “जरा अभियान” तीव्र, चार क्षेत्रमा प्रविधिमैत्री अभिमुखीकरण सम्पन्न

    बिर्तामोड— क्रियाशील सदस्यता अद्यावधिक गर्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले सुरु गरेको “जरा अभियान” अन्तर्गत झापामा क्षेत्रस्तरीय प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ।झापाका पाँच क्षेत्रमध्ये हालसम्म क्षेत्र नं–१, २, ३ र ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ भने क्षेत्र नं–५ मा सोमबार कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ।क्षेत्र नं–१ मा केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वास्तविक क्रियाशी

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 528 पटक पढिएको
  • पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

    काठमाडौँ। सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ ।सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् ।काठमाडौँमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सोह्रखुट्टे सडकबाट ओहोरदोहोर गर्न बाध्य भएका छन् । करिब तीन दशकदेखि कान्तिपथ सडकबाट गुड्दै आएका पर्यटक बस २०७५ सालदेखि सोह्रखुट्टे सडकमै पार्किङ गरी सञ्चालन हुँदै आएका छन् ।टुरिस्ट बस

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 170 पटक पढिएको
  • उपल्लो मुस्ताङमा नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ प्रशिक्षण

    मुस्ताङ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्षण दिइएको छ ।‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रमअन्तर्गत लोघेकर दामोदरकुण्ड–१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिइएको हो । गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 160 पटक पढिएको
  • ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

    मध्यविन्दु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु१ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पु¥याएकामा उपचारकै क्रममा चिकित्सकले उनलाई

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 114 पटक पढिएको
  • जलेका गाडीको नाममा इन्धन दुरुपयोग: अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए ।पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 415 पटक पढिएको
  • कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस

    सुर्खेत— कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बैशाख २८ गतेका लागि आव्ह्रान गर्न कर्णाली प्रदेश सरकारले सिफरिस गरेको छ ।मंगलबार बसेको बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त निर्णय प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन यहीँ बैशाख २८ गते सोमबार दिउँसो ३ बजेका लागि आव्ह्रान गरिएको जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 425 पटक पढिएको
  • ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 399 पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदी सिक्किमको गान्दोकमा

    एजेन्सी— भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि लोकभवनसम्मको ऐतिहासिक रोड शोमा लाखौँ सिक्किमवासीलाई हात हल्लाएर सम्बोधन गरेका छन् ।मंगलबार उनी गान्तोकस्थित अर्किडेरियमको भ्रमण गरेका छन् । जहाँ उनले राज्यको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गरे ।भ्रमणको क्रममा प्रधानमन्त्रीसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित थिए ।पहिलो दिन सोमबार मोदीले पद्म पुरस्कार विजेताहरू र विभिन्न क्षेत्रहरूमा प्रतिष्ठित व्यक्त

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 441 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.