समाचार

    Showing 3,781-3,790 of 26,533 items.
  • सङ्घीय संसद्का दुई वटा समितिका बैठक बस्दै

    काठमाडौं— सङ्घीय संसद्का दुई वटा समितिका बैठक आज बस्दैछन् । मंगलबार प्रतिनिधि सभातर्फको पूर्वाधार विकास समिति र राष्ट्रिय सभातर्फको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो ।पूर्वाधार विकास समितिको बैठक विहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण गरिने कार्यसूचीमा तय गरिएको छ ।यस्तै, बिहानको ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठममा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गरिने भएको छ ।यसैगरी बैठकम

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 460 पटक पढिएको
  • खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

    काठमाडौं— खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा ब्याजदरका विषयमा सरकार सकारात्मक देखिएको संकेत प्राप्त भएको छ।राष्ट्रिय स्तरमा भएको छलफलपछि सरकारले आवश्यक नीति तथा कानुनी सुधारमार्फत यस क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो।हालै राष्ट्रिय सानासहारी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नेपाल को पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र खानेपानी मन्त्रालयसँग महत्वपूर्ण बैठक तथा छलफल सम्पन्न भएको थियो।छलफलमा खानेपानी क्षेत्रमा लगाइएको २५ प्रतिशत कर, विद्युत महसुलमा छुट, ब्याजदरमा कमी तथा विद्यमान ऐन–कानून र नियमावलीमा व्यापक परिमार्जन आवश्यक रह

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 468 पटक पढिएको
  • यस्तो छ, मंगलबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 430 पटक पढिएको
  • मंगलबार यी स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ।कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिम

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 436 पटक पढिएको
  • सुकुम्बासी व्यवस्थापनको नाममा न्याय कि अव्यवस्था?—नयाँ पुस्ताको अपेक्षा र राज्यको दायित्व

    -देवेन्द्र के. ढुङगाना काठमाडौँको थापाथली, मनोहरा लगायतका क्षेत्रमा हालै भएको सुकुम्बासी बस्ती हटाउने कार्यले नेपालमा दीर्घकालदेखि जटिल बन्दै आएको भूमिहीन र अव्यवस्थित बसोबास समस्यालाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। एकातिर राज्यले सार्वजनिक जग्गा, नदी–नाला तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने दायित्व निर्वाह गर्न खोजेको देखिन्छ भने अर्कोतर्फ प्रक्रिया, कानुन र मानवअधिकारको सवाल गम्भीर रूपमा उठेका छन्। यही द्वन्द्वबीच अब प्रश्न उठेको छ—यो कदम न्यायसंगत समाधानतर्फको अग्रसरता हो वा असन्तुलित कार्यशैली?नेपालमा सुकुम्बासी समस्या कुनै नयाँ होइन। दशकौँदेखि राजनीतिक संरक्षण, प्रशासनिक क

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 348 पटक पढिएको
  • नक्सलबाडीपछि: सिलीगुडी करिडोरमा वामपन्थको पुनर्संरचना र बंगालको बदलिँदो शक्ति–सन्तुलन

    -देवेन्द्र के. ढुङगाना पश्चिम बंगालको राजनीतिक इतिहासमा नक्सलबाडी केवल एउटा भूगोल होइन, एउटा विचारधारात्मक विस्फोटको प्रतीक हो। सन् १९६७ मा सुरु भएको नक्सल आन्दोलनले भारतीय वामपन्थलाई सशस्त्र संघर्षको बाटोमा डोरयायो र राज्यको शक्तिसँग प्रत्यक्ष टकरावमा पुर्‍यायो। तर समयको चक्र घुम्दै जाँदा त्यही आन्दोलनको प्रभाव क्षेत्र अहिले राजनीतिक रूपमा लगभग निष्क्रिय देखिन्छ। प्रश्न उठ्छ—के वामपन्थ वास्तवमै समाप्त भएको हो, वा उसले नयाँ स्वरूपमा आफूलाई पुनर्संगठित गरिरहेको छ?आजको सन्दर्भमा हेर्दा, पूर्वी–मध्य भारतमा माओवादी आन्दोलनको प्रभाव उल्लेखनीय रूपमा कमजोर भइसकेको छ। सुरक्षा रणनीति, विकास कार्यक

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 281 पटक पढिएको
  • शोभा पाठकमाथि कुटपिट गर्ने ८ जना प्रहरीको नियन्त्रणमा

    काठमाण्डौ  ।   नेकपा एमालेका नेता महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी बस्नेतसहितको समूहले काठमाडौँको माइतीघरमा शोभा पाठकमाथि हातपात गरेको छ। आफूमाथि ब'लात्कार गरेको आरोप लगाउँदै बस्नेतलाई पक्राउ गर्न माग गरी अनशनमा बसेकी पाठकमाथि माइतीघरमै पुगेर हातपात गरिएको हो।अम्बिकासहित आएका केही महिलाहरूले अनशन स्थलमै पाठकको कपाल भु'त्लाउँदै हा'तपात गरेका हुन्। सो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। भिडियोमा केही महिलाहरूले पाठकलाई अचानक भौतिक आक्रमण गरेको देखिन्छ।शोभा पाठकले केही समयदेखि महेश बस्नेतमाथि गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीको माग गरी माइतीघरमा

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 321 पटक पढिएको
  • युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    कैलाली— कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका४ स्थित संजोक होटलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ‍। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 463 पटक पढिएको
  • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

    म्याग्दी— धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो ।बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण थालिएको जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 500 पटक पढिएको
  • सुनको मूल्य ३ लाख नाघ्यो कतिमा हुँदैछ कारोवार ?

    काठमाडौं— साताको सुरुवातसँगै स्थानीय बजारमा सुन-चाँदीको मूल्य उकालो लागेको छ। सोमवार सुनको मूल्य एकैदिन तोलामा १,३०० रुपैयाँले बढेको छ ।छापावाल सुनको मूल्य बढेर प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतवार भने यही सुन २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 483 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.