धुलिखेल (काभ्रेपलाञ्चोक) । यहाँको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् ।यसअघि उनी मकै खेतीको भरमा थिए । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गरेका उनले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खनेका छन् । ‘यसवर्ष मात्रै चार सय किलो फल्यो’, उनले भने, ‘केही बिक्री भयो, केही बाँकी छ ।’ दाजुभाईकोसहित गरेर उनीहरुले १८ रोपनीमा कफी लगाएका छन् । कफी काँचो प्रति केजी रु एक सय ३० र सफा गरेर सुकाएपछि रु आठ सय ३० सम्ममा बिक्री गरेको उनले बताए ।करिब
काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए । पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा(एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाट
काठमाडौँ । यही चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।पक्राउ परेका ४१ जना विरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना घटाएको प्रहरीले जनाएको छ ।
जलेश्वर (महोत्तरी) । जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैतदसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदसैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताए ।उक्त मन्दिरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरु पुनःवर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो । कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । रु आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा तीन चिनियाँ र ३१ नेपाली कार्यरत छन् । कम्पनीले गुर्जो र चुत्रो सङ्कलन गरेर बिक्री गर्न ल्याउने
झापा । जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।उनले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताए । उनका अनुस
काठमाडौं— धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीमा युवक हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । आइतबार जनकपुरधाम–भिठामोड सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।झडपका क्रममा एक दर्जनभन्दा बढी स्थानीय र केही प्रहरी समेत घाइते भएका बताइएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।१५ दिनअघि होलीको दिन बिन्धीमा चक्कु प्रहार गरी १७ वर्षीय आशु यादवको हत्या गरिएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि ६ जना फरार छन् ।हत्यामा संलग्न अरू व्यक्तिलाई प्रहरीले अझै पक्राउ नगरे
काठमाडौं— विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्त्विक महत्वका मूर्ति सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पाटन सङ्ग्रहालय र राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेका हुन् । यस क्रममा मन्त्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताए । उनले भने, हाम्रा सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगोस्,नेपालीहरूले हाम्रा आफ्ना सम्पदाहरू चिन्छन् । त्यसको महत्त्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरूले योग्यता राख्दछन् ।नेपालको सम्बन्ध विश्वव्यापी भएको छ
काठमाडौं— सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो ।गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित दुईजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले पशुपक्षी खोप तथा औषधि वितरण कार्यक्रममा चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले बुद्ध भेट सेन्टर र त्यसका प्रोपाइटर लक्ष्मी बस्याललाई पनि अभियुक्त बनाएको छ । आर्थिक वर्ष २०७९र८० मा पशुपक्षीलाई खोप तथा औषधि वितरणनिम्ति गाउँपालिकाबाट रकम विनियोजन गरिएकामा पशु शाखामा कार्यरत कर्मचारीले कार्यक्रम सञ्चालनका बखत घुस लिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.