समाचार

    Showing 3,871-3,880 of 15,544 items.
  • प्रहरीको ब्यारिकेड तोडेर प्रवेश गर्न खोज्ने केही प्रदर्शनकारी पक्राउ

    काठमाडौं— प्रहरीले काठमाडौंको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ । बानेश्वर प्रवेश गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएक

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 245 पटक पढिएको
  • तीनकुनेमा राजावादी सभामा आएका प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोज्दा अश्रुग्यास प्रहार

    काठमाडौं— काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रममा अश्रुग्यास प्रहार गरिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।सभामा विभिन्न ठाउँबाट आएका मानिसहरु प्रदर्शनमा आइरहेका थिए । सोही क्रममा प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 385 पटक पढिएको
  • किसानलाई चैते धान रोप्न चटारो

    तानसेन (पाल्पा) । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् । पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु अहिले चैते धान रोप्न व्यस्त छिन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवारलाई भने कुलोको पानीले सिञ्चित भएको पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ । पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको कामु बताउँछिन् ।‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रै हुन्छ’, उनले

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 192 पटक पढिएको
  • सिरहा घटनाः प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

    सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको छ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए ।औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 213 पटक पढिएको
  • जेठ ९ गतेदेखि राष्ट्रिय युवासंघको महाधिवेशन हुने, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन

    काठमाडौं— नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशन २०८२ जेठ ९–१०–११ गते हुने भएको छ ।  शुक्रवार बसेको युवासंघको पदाधिकारी बैठकले युवासंघको महाधिवेशन मिति तय गरेको हो ।महाधिवेशनस्थल पोखरा हुने भएको छ ।  महाधिवेशन सम्पन्न गर्न सङ्घका अध्यक्ष क्षितिज थेवेको संयोजकत्वमा उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम सहसंयोजक र महासचिव सुमन पुरी सदस्य सचिव रहेको ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 236 पटक पढिएको
  • २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्छौं: १४ शिक्षक संगठन

    काठमाडौं— १४ वटा शिक्षक संघ-संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।संगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन ।संयुक्त विज्ञप्तिमा १४ संघ संगठनले भनेका छन्, ‘विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु पर्ने भएको छ। यसका लागि २०८१ चैत्र २० गतेबाट वारपारको लडाईंको रुपमा काठमाडौं केन्द्रित सडक आन्दोलन गरिंदैछ । यसर्थ देशभरका सबै शिक्षक-कर्मचारी साथीहरुलाई

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 172 पटक पढिएको
  • आज एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पुर्‍याइदिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्‍याउने भएको छ ।विद्यार्थीहरूको सहज यात्रा सुनिश्चित गर्नका लागि काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा सवारी साधनको व्यवस्था गरेको छ ।यसका लागि विद्यार्थीहरूले प्रहरी अधिकृतहरूलाई सम्पर्क गर्न गर्नुपर्नेछ । बानेश्वरका लागि नप्रउ दिनेश कुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६, रत्नपार्कका लागि नप्रउ मनोज प्रसाद लामिछानेको नम्बर ९८५१०९३१७६, नयाँ बसपार्कका लागि न प्रनाउ पूर्णचन्द्र भट्टको नम्बर ९८५१२३३६३३ र टेकुका लागि नप्रनि प्रकाश पण्डितको नम्बर ९८५१०५६३४६ उपलब्

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 179 पटक पढिएको
  • यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 253 पटक पढिएको
  • दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यस्तै ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संसोधन० विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 161 पटक पढिएको
  • आजको मौसमः पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

    काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 184 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा