समाचार

    Showing 4,781-4,790 of 26,558 items.
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 402 पटक पढिएको
  • राजश्व चुहावट नियन्त्रणमा अर्थमन्त्रीको एक्सन, उच्चस्तरीय छलफल आयोजना गर्दै

    काठमाडौं— अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, तथा राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहने छ।बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा छलफल हुने जनाइएक

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 452 पटक पढिएको
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    काठमाडौं— पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 501 पटक पढिएको
  • नयाँ नेतृत्व चयनका लागि दुई समूह प्यानलसहित मैदानमा

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) प्रतिस्पर्धामा छन् ।लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी छ ।पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव धिरेन्द्र दाहाल र कोषाध्यक्ष उज्ज्वल गौतम छन् । स्वतन्त्र रूपमा प्रमोद लामिछाने उपमहासचिव पदमा उत्रेका छन् ।महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 461 पटक पढिएको
  • ललितपुर महानगरमा ‘वातावरण प्रहरी एम्बुलेन्स’ सञ्चालन सुरु

    काठमाडौं— ललितपुर महानगरपालिकाले बिहीबारदेखि ‘वातावरण प्रहरी एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमबीच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन्।वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको महानगरले जनाएको छ। एम्बुलेन्समार्फत वातावरणसम्बन्धी आकस्मिक समस्या समाधान, फोहोर व्यवस्थापनमा सहजीकरण तथा अनुगमन कार्यलाई तीव्रता दिइने विश्वास गरिएको छ।महानगरका अनुसार, यस सेवाले वातावरण प्रहरीको कामलाई थप व्यवस्थित र छरितो बनाउँदै नागरिकलाई छिटो सेवा पुर्‍याउन सहयोग गर्नेछ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 919 पटक पढिएको
  • इनिशा विकको शव २७ दिनपछि बुझिँदै, आजै अन्त्येष्टि गर्ने तयारी

    सुर्खेत— सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव २७ दिनपछि परिवारले बुझ्ने भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा मृत अवस्थामा फेला परेकी थिइन्।घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान सुरु गरेको थियो। सुरुवातमा घटना शंकास्पद देखिए पनि पछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।यस प्रकरणमा जिल्ला अदालत सुर्खेतले चार जना अभियुक्तलाई बाल सुधार गृह पठाउने आदेश दिएपछि मात्रै परिवार शव बुझ्न सहमत भएको हो। आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 543 पटक पढिएको
  • इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर मालुकु प्रान्तस्थित तेरनाते शहरबाट करिब १२० देखि १२७ किलोमिटर दूरीमा रहेको जनाइएको छ। तेरनाते सानो भए पनि घना बस्ती भएको द्वीप क्षेत्र हो त्यहाँ दुई लाखभन्दा बढी जनसंख्या रहेको बताइएको छ।भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी प्रणालीले केन्द्रबिन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र रहेका तटीय क्षेत्रमा खतरनाक समुद

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 590 पटक पढिएको
  • हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् ।गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ ।हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ । विशेषगरी शक्ति, भक्ति, साहस

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 497 पटक पढिएको
  • निःशुल्क आयुर्वेदिक तथा आँखा स्वास्थ्य शिविर सम्पन्न, करिब २ सय जनाले लिए सेवा

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–१३ फुलासीमा बुधबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । वागती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा वडा कार्यालयको समन्वयमा आयुर्वेदिक तथा तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आँखा जाँच शिविर भएको हो ।आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब २ सय जनाले स्वास्थ्य सेवा लिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।चिकि

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 496 पटक पढिएको
  • आज विश्व अटिजम सचेतना दिवस

    काठमाडौं। आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ ।विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ ।अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ ।यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्ट

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 408 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.