समाचार

    Showing 4,851-4,860 of 26,562 items.
  • कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि

    काठमाडौं— नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ ।नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरिएको छ ।बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 466 पटक पढिएको
  • ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज (मंगलबार) देखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयले प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो ।प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ ।उक्त निर्णयलाई सफल बनाउन मन्त्रालयले सम्बन्धित सबै निकाय र कर्मचारील

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 551 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकको आग्रहः परिपक्व बचतपत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह

    काठमाडौं— नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ ।राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई लक्षित गर्दै सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो ।विभागद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएका

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 450 पटक पढिएको
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो । बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 437 पटक पढिएको
  • एपोलो हाइड्रोपावरले चैत २६ देखि आईपीओ निष्कासन गर्ने

    काठमाडौं— एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी चैत २६ गतेदेखि चैत ३० गतेसम्म कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो ।कम्पनीद्वारा प्रकाशित निष्कासन तथा बिक्री प्रबन्धपत्रअनुसार, यो आईपीओ सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागिएको हो । तोकिएको छोटो अवधि (चैत ३० गते) भित्र माग बमोजिम आवेदन नपरेको खण्डमा मात्र निष्कासनको म्याद थप गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम तोकिएको सीमासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि लगानीकर्ताले सि–

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 486 पटक पढिएको
  • लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ

    कञ्चनपुर। जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनेमाथि प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएकोे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म लागुपदार्थ सेवन गरेका २२ जना चालकमाथि कारबाही गरिएको छ ।  सोही क्रममा हिजो मात्रै पूर्व-पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन् ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 219 पटक पढिएको
  • दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

    दाङ। गत फागुन २१ गते मा सम्पन्न भएको  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 276 पटक पढिएको
  • अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छः उपराष्ट्रपति

    काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको छ । महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन् । “महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उहाँले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ”, उपराष्ट्रपतिले

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 283 पटक पढिएको
  • जेनजी सहिद साउदको परिवारलाई रोजगारी

    बैतडी। जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीमा सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वती सहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ । शिवनाथ –२ शर्माली घर भएका दीपकको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकक

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 299 पटक पढिएको
  • पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    गुल्मी। जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ ।सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो ।निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् ।वर्षायाममा खोलामा

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 304 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.