समाचार

    Showing 4,861-4,870 of 15,607 items.
  • अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

    दिपायल (डोटी) । अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरुका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।शारीरिक रूपमा पूर्ण अशक्त उनीहरु नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । उनले भने, ‘हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।’जिल्ल

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 207 पटक पढिएको
  • ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै

    पर्वत । ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडक कालोपत्र हुने भएको छ । विसं २०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ । उक्त सडकखण्डअन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकामा पुनःबजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलील

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 197 पटक पढिएको
  • केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन्ः चन्द्र ढकाल

    काठमाडौं । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन् । यो केबलकारले कुनै

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 179 पटक पढिएको
  • आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजपत्र जोगिएका छन्ः मन्त्री यादव

    काठमाडौं । खानेपानीमन्त्री प्रदिव यादवले सिहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान भइरहेको प्रष्टाएका हुन् । उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरु नजलेको बताए । डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपुर्ण कागजपत्रहरु जोगिएको बताए । उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरु बचेका छन् । कुनैपनि आवश्यक कागजपत्रहरु मेरो टेबुलमा थिएन । डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ । कहिलेपनि टेबुलमा फाइल रहँदैन थियो । त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन्

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 228 पटक पढिएको
  • खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः पचास लाख बराबरको क्षति

    काठमाडौँ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीबाट दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन । आगलागीबाट मन्

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 217 पटक पढिएको
  • क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ ।वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो । स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौँ उपत्यकाको १८

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 171 पटक पढिएको
  • विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

    घोडाघोडी (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै अध्यक्ष कुँवरले भने, ‘विपन्न नागरिकका लागि यो शववाहनले सहयोग पुग्नेछ ।’शववाहन सञ्चालनसँगै सहयोग स्वरुप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत रु १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 226 पटक पढिएको
  • एक सय चालिसलाई स्वरोजगार बनाउँदै शुक्लाफाँटा

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक सय ४० जना युवालाई स्वरोजगार बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थानीय तहमार्फत सञ्चालित लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत युवालाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्य नगरपालिकाले अगाडि बढाएको छ । युवायुवतीलाई निःशुल्क रुपमा तालिम दिनका लागि आवेदन सङ्कलनको कार्य अगाडि बढाइएको कार्यक्रमका सहजकर्ता धनबहादुर चौधरीले बताए । ‘आवेदन सङ्कलनपश्चात् व्यवसाय सञ्चालन तथा लघु उद्यम सञ्चालन गर्न इच्छुकलाई पहिलो प्राथमिकतामा राखेर छनोट गर्छांै’, उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ स्वरो

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 247 पटक पढिएको
  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

    काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ ।सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । 

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 226 पटक पढिएको
  • कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको रू एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्ड

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 217 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा