समाचार

    Showing 4,891-4,900 of 26,562 items.
  • सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

    काठमाडौं— पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । सम्पत्ति श

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 476 पटक पढिएको
  • जापानको नागोयामा राहदानी तथा कन्सुलर सेवा दिन चार दिने घुम्ती शिविर सञ्चालन हुदै

    काठमाडौं— जापानको नागोया सहरमा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले चार दिने वृहत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।जापानस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा आगामी अप्रिल ४ देखि ७ सम्म शिविर सञ्चालन गर्न लागेको हो ।शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि प्रत्यक्ष विवरण दर्ता, बालबालिकाको नयाँ राहदानी आवेदन तथा नवीकरण, यात्रा अनुमति पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, जन्मदर्ता लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।दूतावासका अनुसार राहदानी नवीकरण तथा नयाँ जारीका लागि खोलिएका १६००

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 426 पटक पढिएको
  • कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

    सुर्खेत— झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो ।कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको सातौँ अधिवेशन अन्त्यको पत्र वाचन गरेर आइतबार राती १२ बजेदेखि अधिवेशन अन्त्यको घोषणा गरिन् ।प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका १० वटा बैठक बसेका छन् भने जम्मा १३ घण्टा ४२ मिनेट समय व्यथित भएको छ । विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिव

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 415 पटक पढिएको
  • पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

    काठमाडौं— लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् ।सांसद शर्मालाई आइतबार राति काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।एमालेबाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ ।प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 429 पटक पढिएको
  • असई भरत खड्कालाई फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा

    हेटौँडा— जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक (असई) भरत कुमार खड्कालाई २०८२ फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।जिल्ला प्रहरी कार्यालयको मूल्याङ्कनअनुसार असई खड्काले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनी हाल मकवानपुर जिल्लाको प्रहरी चौकी भैँसेमा कार्यरत छन् ।प्राप्त विवरणअनुसार उनले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, ऋऋत्ख् तथा प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई प्रभावकारी बनाउने तथा स

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 423 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 400 पटक पढिएको
  • लागू औषधसहित आठ जना पक्राउ

    काठमाडौं— चन्द्रागिरी नगरपालिका–२ नाग ढुङ्गाबाट नियन्त्रित लागू औषध ट्राम डोल ३६ हजार ५०० ट्याब्लेटसहित पर्सा पकहाँ मैनपुर गाउँपालिका–५ बस्ने २२ वर्षीय सतेन्द्र प्रसाद चौर सिया समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नाग ढुङ्गाबाट खटिएको प्रहरीले वीर गन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख १८०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगन्ज महानगरपालिका१६ शङ्कराचार्य गेटबाट लागू औषध गाँजा करिब ७ किलो ५०० ग्रामसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरे

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 398 पटक पढिएको
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो ।गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।यसैगरी, पूर्व लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि आजै नै हुनेछ ।प्रहरीले ओली र नेता लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 415 पटक पढिएको
  • एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश सरकारको प्रयास, यस्ता छन् योजनाहरू

    काठमाडौं— चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित र मर्यादित बनाउन मधेश प्रदेश सरकार लागि परेको छ । मधेश प्रदेश सरकारले ८ वटै जिल्लामा हुने परीक्षालाई मर्यादित बनाउन केही कडा नियमहरू अवलम्बन गर्न लागेको छ ।मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशको आठ वटै जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केही कडा नियमहरू लागु गर्ने जानकारी दिएकी छन् ।उनले यस वर्ष परीक्षा केन्द्रमा कुनै मोबाइल फेला परे जफत गरी सोझै नष्ट गर्ने चेतावनीसहितको निर्देशन दिएकी छ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 449 पटक पढिएको
  • व्यवसायी वेदबहादुर उद्योग वाणिज्य सङ्घ बागमती प्रदेशका लागि अध्यक्ष उम्मेदवार

    काठमाडौं— आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि सिन्धुपाल्चोकका एक व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ ।उनले बागमती प्रदेशभित्रका जिल्ला/नगर, वस्तुगत तथा एसोसिएसन तर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन् । प्रदेशको कार्यालय भवन निर्माण गर्ने उनको प्रमुख एजेन्डा छ । त्यो बाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना उनले सार्वजनिक गर्नेछन् ।उनको उद्योग वाणि

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 407 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.