समाचार

    Showing 4,931-4,940 of 26,562 items.
  • महेश बस्नेतविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

    काठमाडौं— नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध उजुरी दिन शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छिन् ।पाठक उजुरी दिन आइतबार बिहान माइतीघरस्थित वकिलको कार्यालय पुगेकी हुन् ।पाठकले लामो समयदेखि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । 

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 434 पटक पढिएको
  • ओली पक्राउको बिरोधमा प्रदर्शन गरेका ६ जना छुटे, एकजना बैंकिङ कसुरका फरार अभियुक्त

    काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जना रिहा भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको हो ।उक्त प्रदर्शनका क्रममा कुल ७ जना पक्राउ परेका थिए । तीमध्ये विमल धमला भने अझै हिरासतमा राखिएका छन् ।धमला प्रदर्शनका क्रममा सवारी साधन तोडफोडमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । साथै, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा पनि रहेको प्रहरीले जनाएको छ।उनलाई म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अगाडि बढाएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 501 पटक पढिएको
  • पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 430 पटक पढिएको
  • रोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन

    रामेछाप— रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ ।शुक्रबार साँझको वर्षाका कारण आएको बाढीले बगाएको डाइभर्सन मर्मत पछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ ।बाढीले रोशी क्षेत्रमा अस्थायी सडक बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध थियो। खोलामा पानीको सतह शनिबार राति अबेरसम्म सडक मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको बिपी राजमार्ग सडक खण्ड अन्तर्गत रोशी गाउँपालिका-७ घुमाउने डाँडा,रोशी गाउँपाल

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 413 पटक पढिएको
  • अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले आज सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने

    काठमाडौं— अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको हो ।गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यालयमा

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 409 पटक पढिएको
  • आइपिएलमा आरसीबीको विजयी सुरुवात, हैदरावाद ६ विकेटले पराजित

    काठमाडौं— इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) विजयी भएको छ ।शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ ।हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरेका छन् । देवदत्त पडीकल २६ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । कप्तान रजत पाटीदार ३१ रनमा आउट हुँदा टिम डेबिड १६ रन

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 426 पटक पढिएको
  • बालेन सरकारको १०० सूचीः भदौ २४ को घटना छानबिन गर्न एक साताभित्रै उच्चस्तरीय छानबिन समिति गठन गरिने

    काठमाडौं— बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको हो ।सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ ।यस्तै, सरकारले शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न विद्यालय र विश्वविद्यालयका हाताभित्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 439 पटक पढिएको
  • ओली र लेखकलाई आज अदालत लगिँदै

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आज अदालतमा पेस गर्न लागेको हो ।शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।ओली र लेखकलाई प्रहरीले शनिबार प्रक्राउ आफ्नै निबासबाट प्रक्राउ गरेको थियो ।ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 429 पटक पढिएको
  • नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने

    काठमाडौँ । सरकारले नागरिकलाई सेवा प्रवाहमा सहजता प्रदान गर्न नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था गर्ने भएको छ।मन्त्रिपरिषद्को शुक्रबारको निर्णयबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यो विषयलाई प्राथमिकताका साथ समेटिएको छ।कार्यसूचीको बुँदा नम्बर २१ मा नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने व्यवस्था तत्काल लागू गरिनेछ। यसका लागि सरकारले डिजिटल तथा एकीकृत प्रणालीको प्रयोग गर्ने योजना बनाएको छ।यसअघि यस्ता कागजात बनाउन आफ्नै गृह जिल्ला पुग्नुपर्ने वा लामो प्रक्रिया झेल्नुपर्ने बाध्यता थियो। अब भने वडास

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 269 पटक पढिएको
  • ओली पक्राउको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

    काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो ।पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइस

    • प्रकाशित मितिः चैत १५, २०८२
    • 254 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.