समाचार

    Showing 4,991-5,000 of 26,562 items.
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    घोराही। टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले घोराही रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक निजलाई ठक्कर दिएको हो । टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 287 पटक पढिएको
  • शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं—  नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 480 पटक पढिएको
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा

    काठमाडौं— जेनजी आन्दोलनपछि चुनाव गराउने कार्यादेशसहित गठित अन्तरिम सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका प्रकाश कुमार श्रेष्ठले १०१ दिनको कार्यकाल पूरा गरी पदबाट विदा भएका छन् । श्रेष्ठले आफ्नो कार्यकालमा सम्पादन भएका मुख्य कार्यहरू, र आगामी दिनका लागि आवश्यक सुधारका विषयहरू समेटिएको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी र कार्य अनुभवको अवसर दिएकोमा अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र मन्त्रिपरिषद्लाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।छोटो समय, निर्वाचन आचारसंहिता र कर्मचारीहरूको निर्वाचनमा स

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 498 पटक पढिएको
  • बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने

    जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा शुक्रबार उत्सव मनाइने भएको छ ।बालेनले आज प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएको र यस अवसरमा बालेनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका छन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् ।कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।एकडारा गाउँका बच्चादेखि वृद्धसम्म सबै खुसी छन् । स्थानीय सुशीला देवीका अनुसार आज उनले

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 434 पटक पढिएको
  • कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

    काठमाडौं— प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३ बाट विजयी सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्ति भइसकेका बालेन्द्रले सोबितालाई कानुन मन्त्रालयमा लैजाने कुरा पक्का भएको उनको सचिवालयले जनाएको छ।सुरूमा सोबितालाई प्रतिनिधि सभाको सभामुखमा लैजाने चर्चा थियो । तर सभामुखका लागि उनी परिपक्व नभएको भन्दै कानुन मन्त्रालयमा पठाउन लागिएको हो। सोबिता अधिवक्ता पनि हुन् ।सोबितालाई कानुन मन्त्रालयमा पठाएपछि सभामुखमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’लाई पठाइने भएको छ ।कानुन मन्त्रालय सम्हाल्ने गरी तयारी अवस्थामा र

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 458 पटक पढिएको
  • सडक विभागको लापरवाहीले पत्रकार पौडेल दाजुभाइ घाइते, उपचारको पूर्ण व्यवस्था गर्न महासंघको माग

    सर्लाही— महोत्तरीमा सडक विस्तारको क्रममा ढलेको रुखले पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएका छन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाले यस घटनालाई सडक विभागको लापरवाहीका कारण भएको ठहर गर्दै घाइते पत्रकार दाजुभाइको उपचारको पूर्ण व्यवस्था गर्न जोडदार माग गरेको छ ।महासंघले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा घाइते पौडेल दाजुभाइको सम्पूर्ण उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ ।हरिवन नगरपालिका–४ निवासी पौडेल दाजुभाइ बुधबार सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा महोत्तरीको लक्ष्मीनियाँ चोक नजिक पूर्व–पश्चिम लोकमार्गमा दुर्घटनामा परेका थिए। सडक विभागले काट्दै गरेको

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 510 पटक पढिएको
  • बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 509 पटक पढिएको
  • सरकारका ४ मन्त्रीको निधो, सुदन गुरुङलाई गृह मन्त्रालयको जिम्मा

    काठमाडौं— रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा बन्न लागेको सरकारमा चार जना मन्त्री फाइनल भएका छन् । गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङलाई दिइएको छ ।लामो रसाकस्सीपछि सुदनको नाम फाइनल भएको हो । जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङ सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन् । रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए । तर, सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि दुवै लचक भएको बुझिएको छ ।उनीबाहेक अर्थमन्त्रीमा डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल र कानूनमन्त्रीमा सोविता गौतम फाइनल भ

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 555 पटक पढिएको
  • सिंहदरबारमा स्वास्थ्य मन्त्रीको पदभार ग्रहण, रामशाहपथमा निर्देशन बैठक

    काठमाडौं— बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार नयाँ मन्त्रिमण्डल बन्दैछ। नयाँ मन्त्रीमण्डलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कसले प्राप्त गर्ने भन्ने अझै तय भएको छैन।जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवन जल्दाको समस्या भने अब बन्ने स्वास्थ्य मन्त्रीले पदबहालीलगत्तै झेल्नेछन्। मन्त्रीको पदबहाली सिंहदरबारमा गराउने तयारी रहेको छ भने त्यसपछिको  परिचय तथा निर्देशनात्मक बैठकका लागि रामशाहपथस्थित नेपाल हेल्थ रिसर्च काउन्सिलको भवनमा तयारी गरिएको छ। सिंहदरबारमा हल नहुँदा रामशाह पथमा पदबहाली पछिको कार्यक्रम तय गरिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।मन्त्रालयको भवन

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 510 पटक पढिएको
  • भिरबाट लडेर वडासदस्यको मृत्यु

    कैलाली— गएराति चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । 

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 473 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.