समाचार

    Showing 5,071-5,080 of 26,562 items.
  • रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोध

    रामेछाप— रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।मंगलबार स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 479 पटक पढिएको
  • ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसले आज शपथ लिने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ११ः१५ बजे ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका थिए ।ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 500 पटक पढिएको
  • लागू औषधसहित चारजना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१६ बालाजु चोकबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम, ५६ हजार नेपाली रुपैयाँ र २ हजार ८०० भारतीय रुपैयाँसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनुषा, धनुषा धाम नगरपालिका–९ घर भएका १९ वर्षीय आदित्य मण्डल, ४१ वर्षीय शम्भु कार्की र भारत सितामणि घर भएका २७ वर्षीय जितु कुमार रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका–२ छिमेकीलाईबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१० मिलिग्राम र नियन्त्रित लागू

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 509 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए ।बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको उनले बताए ।यसैगरी, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 489 पटक पढिएको
  • नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

    रौतहट— प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 485 पटक पढिएको
  • एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।  सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ । 

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 289 पटक पढिएको
  • पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

    काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ ।हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 331 पटक पढिएको
  • बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

    म्याग्दी। भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढी जस्तो तहको ढाँचारमा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ ।बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधनका लागि अल्पकालीन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रुपमा सिरुबारीको पहिरो रोकथाम गरेर आगामी वर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 300 पटक पढिएको
  • चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    गलकोट। गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ । कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको सङ्ख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । शुक्रबारदेखि नवदुर्गा सुरु भएको र त्यस यत्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरिएको छ । चैते दसैँमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ । चैते दसैँको मुख्य दिन चैत १२

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 347 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ  । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी र हिमाली भूभागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई भूभागमा  मौसम मुख्यतया सफा रहने छ। राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 322 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.