समाचार

    Showing 5,131-5,140 of 24,525 items.
  • ‘ऊनको स्वीटर’ ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

    काठमाडौं— नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ ।५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन् । यी हलहरूमा चलचित्रले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 486 पटक पढिएको
  • चर्चित गायक प्रशान्त तामाङको निधन

    काठमाडौं— नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो ।प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु ।’

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 499 पटक पढिएको
  • धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

    धनुषा— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको हो । सूचनाअनुसार निर्वाचन प्रहरी पदमा आवेदन दिन इच्छुक व्यक्ति १८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालयले जन

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 448 पटक पढिएको
  • इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

    विराटनगर— कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् ।लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ ।महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ ।त्यस्तै, २०८१ सालको मदन पुर

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 465 पटक पढिएको
  • माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

    बाँके— माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ ।परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो ।थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए ।कार्यक्रममा स्थानीय जनप्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 488 पटक पढिएको
  • इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक

    काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् । इक्यानको विकास र शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरणका लागि भुसालले ती एजेन्डाहरु सावर्जनिक गरेका हुन् ।इक्यान निर्वाचन २०८२ का लागि आफ्नो समूहको उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार व्यवस्थापन, शाखा विस्तार, नीतिगत सुधार तथा इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने विषयलाई प्राथमिकतामा राखेर एजेन्डा तयार गरिएको बताए ।उनले भने, “२०२६ को आगमनसँगै हाम्रो समूहले २६ वटा एजेन्डा सार्वजनिक गरेको छ । यी एजेन्डा

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 491 पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 460 पटक पढिएको
  • इक्यान संस्था मात्र नभई मेरो लागि एउटा परिवार होः लक्ष्मण पौडेल

    काठमाडौं— नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ को लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका लक्ष्मण पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन् ।शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै पौडेलले यो क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएको बताए ।पौडेलले आफ्नो अनुभव साझा गर्दै साधारण सदस्यदेखि भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा संस्थाको काम, चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर पाएको बताए ।उनले भने, ‘इक्यान मेरो लागि संस्था मात्रै होइन, यो परिवार हो । मैले यो क्षेत्रलाई मेरो जिवनको हिस्सा बनाएको दुई दशक भन्दा बढी भय

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 401 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

    काठमाडौं— नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।“अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ, यसले सहभागिता उत्साहजनक

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 482 पटक पढिएको
  • पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला

    कास्की। गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो ।नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी आयोजना गर्दैछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।सो प्रदर्शनी प्रतिस्पर्धात्मक ह

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 330 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.