समाचार

    Showing 5,141-5,150 of 26,562 items.
  • १६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

    काठमाडौं— खानी तथा भूगर्भ विभागले चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ।स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको अनुमति प्रदान गरेको हो। विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खानी छन्।खानी अनुमतिपत्र प्रदान गर्ने नियमअनुसार उत्खनन अनुमति माग भएका कम्पनीमध्ये खानी प्रस्ताव अध्ययन गरी आवश्यकताअनुसार प्रक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 494 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुनको मूल्यमा ६ हजार ५ सय रुपैयाले घटेर २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयमा कारोबार भएको छ । आइबार चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 511 पटक पढिएको
  • एनआरएनए फ्रान्सको विवाद अन्त्य

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ ।अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौंमा सम्पन्न १२औँ वृहत् एकता महाधिवेशनपछि डा।शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीको एकता प्रक्रिया सुरु भएको हो ।काठमाडौंमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा। शर्मा सिधै फ्रान्स पुगेका थिए । त

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 496 पटक पढिएको
  • सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

    काठमाडौं— सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो । इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ ।बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो शेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैं

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 424 पटक पढिएको
  • नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

    काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको दाबी गरेको छ ।सोमबार विज्ञप्ति जारी गर्दै एन्फाले नेपाल र हङकङबीचको खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको दाबी गरेको हो ।एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राखेपका सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको स्पष्ट पारेको छ ।एन्फाले आइतबर कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिदिएको जनाएको छ । एन

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 447 पटक पढिएको
  • हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की

    काठमाडौं— अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो ।इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन,‘हाम्रो ऊर्जा केन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 481 पटक पढिएको
  • खाद्यान्नमा बढ्दो परनिर्भरताः आठ महिनामा २८ अर्बको चामल आयात, तरकारी र फलफूलको हिस्सा पनि ठूलो

    काठमाडौं— पछिल्लो समय नेपालको खाद्यान्न आयातमा परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्यांकअनुसार धान–चामल, मकै, स्याउ र तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरूको आयातमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ ।भन्सार विभागको तुलनात्मक तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आयात हुने खाद्य वस्तुमा चामल (धान, चामल र बासमतीसहित) अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २४ अर्ब ३६ करोड रुपैयाँको चामल आयात भएकोमा यस वर्ष १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ अर्ब ५५ करोड रुपैयाँले

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 445 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ

    काठमाडौं— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्ली राम भुजेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरुङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।पक्राउ मध्ये अर्जुनले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 465 पटक पढिएको
  • कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    काठमाडौं— नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार देखि आइतबार सम्म बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो ।बठैकले सभापति गगन थापाले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको महाधिवेशन सम्पन्न गर्नु पर्ने भएकोले थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह ग

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 452 पटक पढिएको
  • नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

    काठमाडौं— बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् ।नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसाथ बङ्गलादेश क्रिरा शिखा प्रतिष्ठान दोस्रो तथा १ स्वर्ण र ३ रजतसाथ दाङ जुडो डोजो तेस्रो भए ।नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो सङ्घ नेपालद्वारा आयोजित प्रतियोगिताको क्याडेटमा टिम च्याम्पियन बनेको एमएमएसीले ६ स्वर्ण, ५ रजत र ८ कांस्य हात पार्यो । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसहित प

    • प्रकाशित मितिः चैत ९, २०८२
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.