समाचार

    Showing 5,231-5,240 of 21,440 items.
  • टिकटक बनाउन खोलामा हाम फालेका युवक बेपत्ता

    सिमरा— बाराको प्रसौनी गाउँपालिका–५ स्थित दुधौरा खोलाले शनिबार एक किशोरलाई बगाएर बेपत्ता बनाएको छ।टिकटक भिडियो बनाउने क्रममा १७ वर्र्षीय बिक्की खोलामा हाम फालेपछि बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार, दुई जना युवक खोलामा हाम फालेका थिए। तीमध्ये एकजनालाई सुरक्षित निकालिएको छ भने विक्की भने बेपत्ता भएका हुन्।घटनापछि खोजी कार्यका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 574 पटक पढिएको
  • चट्याङ परेपछि भएको आगलागीबाट काभ्रेको एक घरमा पूर्ण क्षति

    काठमाडौं—  गएराति परेको चट्याङबाट काभ्रेको पनौती नगरपालिका-३ का राजु सापकोटाको घर जलेर क्षति भएको छ । शनिबार राति चट्याङ परेपछि भएको आगलागीमा परी तेलमालेका सापकोटाको घर पूर्ण क्षति भएको हो । वर्षासँगै परेको चट्याङपछिको आगलागीमा परेर घरमा भएका सुन चाँदी, लत्ताकपडा र अन्नपातसहितका सबै सामग्री नष्ट भएको सापकोटाले बताए । २०७२ सालको भूकम्पपछि सापकोटाले ज्याला मजदुरी गरेर बनाएको घर चट्याङपछि आगलागीमा परेको हो । सापकोटाले ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्दै आएका छन् । उनको परिवारमा श्रीमती, एक छोरा 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 572 पटक पढिएको
  • इलाममा मात्रै १८ जनाको मृत्यु

    विराटनगर । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले जानकारी दिए ।त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ ।कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केह

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 200 पटक पढिएको
  • धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा

    जनकपुर । धनुषाको महेन्द्रनगरदेखि शान्तिपुरको आवागमन ठप्प भएको छ ।निरन्तर पानी परेपछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ । दुबैतर्फबाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ ।केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 222 पटक पढिएको
  • कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?

    काठमाडौं । आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ ।नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–नारायणघाट सडकमा तुइन खोला खण्ड दुईतर्फी सञ्चालनमा छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुंगाखस्दा अवरोध भएको छ भने पूरानो पुलबाट सवारी सञ्चालन भइरहेको छ ।विभागले सिद्धार्थ राजमार्गमा कुनै अवरोध नभएको जनाएको छ । काठमाडौं–फर्पिङ–भैसे–हेटौंडा मार्गमा टेक्करमा पहिरो र सिस्नेरी बजारमा नदीले सडक कटान गरेकाले आवागमन बन्द छ । खुलेखानी

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 140 पटक पढिएको
  • गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार

    उदयपुर— बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडौं हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।बाढीले बगाएको एक जनालाई खोजी

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 409 पटक पढिएको
  • साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

     काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ ।सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो ।विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् ।यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सड्क खण्ड पनि अहिले विहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 101 पटक पढिएको
  • सुनको मूल्य तोलाको २ लाख ३० हजार नाघ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल मूल्य प्रतितोला ७ हजार ४ सयले बढेर २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि असोज १२ गते सुन मूल्य प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमासुन १२० रुपैयाँले बढी हो । गत आइतबार चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 479 पटक पढिएको
  • लाङटाङ पदयात्रामा गएका ४ जना बेपत्ता

     रसुवा— रसुवाको लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट शुक्रवार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो।गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।उनका अनुसार बेपत्ता हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ का २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ छन्।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 461 पटक पढिएको
  • मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त

    विराटनगर । लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् ।फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ ।माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पु¥याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ। यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 150 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा